टीभीएसले ल्यायो टीभीएस अपाचे आरटिआर, कस्ता छन् सुविधा ?
काठमाडौं । टीभीएस मोटर कम्पनीले टिभिएस अपाचे आरटिआर २००४ भी नेपाली बजारमा ल्याएको छ ।
रेस एडिसन २.० नामको अपाचे आरटिआर २००४ भी मा एन्टि रिजर्भ टर्क स्पिलपर क्लज प्रविधि जडान गरिएको छ ।
यसमा रहेको रेसिङ इस्पायर्ड ग्राफिक्सले मोटरसाइकललाई आकर्षक रुप दिएको छ ।
यो मोटरसाइकलमा फ्लाइ स्क्रिन पनि लगाइएको छ ।
यो मोटरसाइकल एआरटी स्लिपर क्लज भएको आफ्नो वर्गको पहिलो मोटरसाइकल हो ।
स्पिर क्लज प्रविधिले मोटरसाइकलको क्षमतालाई बढाउँछ ।
क्लच फोर्सलाई २ प्रतिशत घटाउँछ ।
यसले छिटो अपसिफ्ट गर्न मदत गर्छ ।
कार्यक्रममा टीभीएस कम्पनी अन्र्तराष्ट्रिय व्यापारका उपाध्यक्षले टीभीएसको परर्फमेन्स रुचाउनेका लागि रेस मेसिन निर्माण गर्ने बताए ।
उनले टीभीएस अपाचे सिरिज ३५ वर्षे यात्राको विरासत भएको स्पष्ट पारे ।
यो मोटरसाइकलमा १९७.७५ सिसि सिङ्गल सिलिण्डर मोटर छ जुन ५ स्पिड गेयर बक्ससँग जोडेको छ ।
यसको मूलय ३ लाख २४ हजार ९०० रहेको छ ।
यो जगदम्बा मोटर्सबाट उपलब्ध गराइन्छ ।