बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

राशिअनुसार आजको आफ्नो भाग्य हेर्नुहोस्

आइतबार, १० असार २०७५, ०६ : २०
आइतबार, १० असार २०७५

आजको राशिफल

वि.सं.२०७५ साल असार १० गते । आईतबार । ईश्वी सन् २०१८ जुन २४ तारिख । नेपाल सम्बत् ११३८ । बिरोधकृत् संवत्सर । उत्तरायणं । बसन्त ऋतु । श्रीशाके १९४० । ज्येष्ठ शुक्ल पक्ष । तिथि एकादशी ०१ घडी ५२ पला,बिहान ०५ बजेर ५६ मिनेट उप्रान्त दुवादशी । नक्षत्र स्वाती १ घडी ४५ पला,बिहान ०५ बजेर ५३ मिनेट उप्रान्त बिशाखा । योग सिद्ध ५३ घडि ४४ पला । 

 

करण भद्रा,बिहान ५ बजेर ५६ मिनेट उप्रान्त वव,बेलुकी ५ बजेर ५८ मिनेट उप्रान्त वालव । आनन्दादिमा लुम्ब योग । चन्द्रराशि तुला,रातको १२ बजेर ३१ मिनेट उप्रान्त बृश्चिक । 

काठमाडौंमा सूर्योदय ५ बजेर ११ मिनेट,सूर्यास्त बेलुकी ७ बजेर ०१ मिनेट । दिनमान ३४ घडी ३६ पला । 

 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) शुभचिन्तक तथा आफन्तको सुझाबलाई मनन गरि काम गर्दा गन्तब्य पहिल्याउँन सहज हुँनेछ । साझेदारहरु मिलेर गरिने कुनैपनि व्यापार व्यावसाय फस्टाएर जानेछ भने मनग्गे रुपैया पैसा कमाउँन सकिनेछ । भौतिक सम्पति तथा बिलाशि बस्तुको प्रयोग मार्फत भनजस्तो आम्दानि गर्न सकिनेछ । माया प्रेममा एक अर्काबिच नजिक हुँने समय रहेकोछ भने जीवन साथिको सहयोगले राम्रा कामहरु गर्न सकिनेछ । पढाई लेखाई प्रगति पथमा लगाडि बढ्ने हुँदा मन प्रशन्न रहनेछ ।

शुभ अंक — १

शुभ रंग — रातो

 

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) स्वास्थले साथ दिनेहुँदा शाहसिलो काम गर्न सकिनेछ । व्यापार बिश्तार गरि प्रशस्त रुपैया पैसा कमाउँनेछ । नयाँ ठाउको भ्रमण गरि संगितको सुमधुर धुनमा रमाउँन सकिनेछ । प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हराई परिणाम मुखि नतिजा निकाल्न सकिनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा राम्रो प्रगति भएर जानेछ । मामा तथा मावलिबाट तपाईको काममा सहयोग हुनेछ ।  

शुभ अंक — २

शुभ रंग —  खरानि

 

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) आकश्मिक धन तथा सम्पति लाभ हुँने योग रहेकोछ भने शेयर बजार तथा सट्टको व्यावसायबाट प्रशस्त नाँफा कमाउँन सकिनेछ । पढाई लेखाईमा सुधार भएर जानेछ भने शिक्षा क्षेत्रमा गरिएको लगानिबाट मनग्गे धन लाभ हुँनेछ । भौतिक सम्पति तथा बिलाशि बस्तुहरुको प्रयोग गर्न पाईने हुँनाले मन प्रशन्न हुँनेछ । नयाँ ठाउँबाट प्रेम प्रस्ताब आउँने तथा मायामा सामिप्यता बढेर जानेछ । 

शुभ अंक — ३

शुभ रंग — निलो

 

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) पहिलेका कमिकमजोरिहरुलाई सुधार्ने अवसर आउनेछ । ठुला तथा बिशिष्ट योजनाहरु कार्यान्वयन गर्नको लागि केहि समय पर्खनुनै राम्रो हुनेछ । आफन्त तथा आमासँग सानो सानो कुरामा बिवाद बढ्ने योग रहेकोछ । पढ्ने लेख्ने कामका खासै मन नजादा अरुभन्दा पछि परिनेछ । व्यापार व्यावसायमा समय दिएपनि खासै उपलब्धि हासिह हुने छैन भने घर जग्गाको कारोबारबाट केहि मात्रामा लाभ लिन सकिनेछ ।

शुभ अंक — ५

शुभ रंग — सेतो

 

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) नोकरिमा सम्मान तथा राजनितिमा लाग्नेहरले बिषेश पद पाउँने समय रहेकोछ । छोटो तथा अर्थपुण उपलब्धिमुलक यात्राको तय गर्न सकिनेछ भने गन्तब्य पहिल्याउँदै अगाडि बढ्न सकिनेछ । न्यालयबाट हुँने न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउँनेछन् भने पराक्रम बढेर जाने हुँनाले शाहशिलो काम गर्न जोस जागर बढेर आउँनेछ । अध्ययनमा सुधार भएर जाने हुँनाले साथिहरुलाई किनारा लगाउँदै अगाडि बढ्न सकिनेछ ।

शुभ अंक — ६

शुभ रंग —  कफि

 

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) समयले साथ दिने हुँनाले थोरै लगानिबाट भनेजस्तो आम्दानि गर्न सकिनेछ भने दैनिकि सुधार भएर जानेछ । व्यापारमा लगानि गरि मनग्गे लाभ लिन सकिनेछ । आफन्त तथा सहयोगिको साथ पाईने हुँनाले जस्तोसुकै परिस्थितिहरुको पनि सामना गर्न सहज बाताबरण बनेर जानेछ । पढाई लेखाईमा थोरै समय दिदा पनि नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । प्रेम प्रशङगमा रमाउँन चाहनेहरुका लागि लामो समय सँगै बसेर भलाकुसारि गर्ने अवसर प्राप्त हुँनेछ ।

शुभ अंक — ६

शुभ रंग  — हरियो

 

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन पाईने हुदा नाम कमाउन तथा पद प्राप्तीको योग रहेकोछ । बिभिन्न बिलाशी बस्तुको प्रयोग गरि मनग्गे आम्दानि हुनेछ । आर्थिक रुपमा सम्पन्न हुने चालिएका कदमहरु  बाट भनेजस्तो नतिजा आउने हुनाले मन प्रफुल्लित हुनेछ । माया प्रेममा एक अर्कालाई बिश्वास गर्ने बाताबरण बन्नेछ । पढाई लेखाईमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ ।

शुभ अंक — ३

शुभ रंग — सेतो

 

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) आफन्त तथा परिवारकै सदस्यहरुबाट सहयोग नपाईने हुँदा कामहरु थाति रहनेछ । व्यापारमा लगानि गर्ने समय नरहेकोले केहि समय पर्ख र हेरको रणनिति अपनाउँनुहोला । माया प्रेममा अरुकै नकारात्मक टिका टिप्पणिले मनमुटाव बढ्ने योग रहेकोछ भने पति पत्निबिच अबिश्वास बढ्ने योग रहेकोछ । खानपानमा ध्यान दिनुहोला समान्य स्वास्थ्य सम्बन्धि समस्या आउँनेछ । लामो दुरिको बिदेश यात्राको तय हुँनेछ ।

शुभ अंक — ४

शुभ रंग  — कफि

 

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) ईमान्दारिता पुर्वक गरिएको प्रयासबाट सकारात्मक नतिजा आउँने हुँनाले मन प्रशन्न हुँनेछ । सरकारि धन तथा पैत्रिक सम्पतिको प्रयोग मार्फत मनग्गे आम्दानि गर्न सकिनेछ । बिद्या तथा प्रतिष्पर्धामा पतिष्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा हात पार्न सकिनेछ भने शिक्षा क्षेत्रसँग सम्बन्धित कामहरु फस्टाएर जानेछन् । चाहको बस्तु तथा मनोकामनाहरु पुरा हुँनाले मन प्रफुल्ति हुँनेछ ।

शुभ  अंक — ३

शुभ रंग — सुन्तला

 

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) कानुन सम्बत गरिने कुनै पनि कामहरु सौहार्दपुर्ण बाताबरणमा सम्पन्न हुँने हुँदा मान सम्मानमा बृद्धि भएर जानेछ । नयाँ काम पाउँने तथा व्यापार व्यावसायमा लगानि गरि रोजगारिका अवसर सिर्जना गर्न सकिने हुँनाले आर्थिक रुपमा सुदृड होईनेछ । राजनिति तथा समाजसेवामा समय दिनेहरुले राज्यबाट पद प्रतिष्ठा पाउँने योग रहेकोछ । प्रेम प्रशङमा सामिप्यता बढेर जानेछ ।

शुभ अंक — २

शुभ रंग — हरियो

 

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) साथिभाई तथा आफन्तको सहयोगले राम्रा काम गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा धर्म तथा सस्कृति सँग सम्बन्धित सामानको कारोबार फस्टाएर जानेछ । अध्ययनमा सुधार हुने तथा शिक्षा सँग सम्बन्धित कामहरु समयमा नै सम्पन्न हुनेछन् । माया प्रेमको डोरो कसिलो भएर जानेछ । प्रशासन तथा सेवा सम्बन्धित कामहरु समयमा नै सम्पन्न हुने हुदा मन प्रशन्न रहनेछन् ।

शुभ अंक — ३

शुभ रंग — खरानि

 

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) बाटो हिड्दा वा सवारि चलाउँदा ख्याल गर्नुहोला समय मध्ययम रहेकोछ । पानिसँग सम्बन्धित व्यावसाय खस्केर जाने योग रहेकोछ । स्वास्थ्यमा समस्या देखापर्ने तथा औषधि उपचार खर्च बढ्ने योग रहेकोछ । मन कमजोर हुँने हुँदा पढाई लेखाईमा मन जाने छैन भने अरुभन्दा पछि परिनेछ । परिस्थितिले ऋण लगाउँने तथा बिभिन्न समस्याहरुको सामना गर्नुपर्नेछ । घर परिवारमा आफन्तबिच मनमुटाव बढ्ने तथा माया प्रेममा गलत बुझाईले समस्या निम्त्याउँन सक्छ सचेर रहनुहोला ।

शुभ अंक — ६

शुभ रंग — सुन्तला

 

तपाईको दिन शुभ रहोस् । 

यूवा ज्योतिषि डिपि भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र

काठमाडौं फोन न.९८०८३०७२७५

नोट : चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप