सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सीजी मोबाइल्स्को ओरिअन सेरिज अन्तर्गत दुई नयाँ मोडल बजारमा

आइतबार, १० असार २०७५, १७ : ०८
आइतबार, १० असार २०७५

काठमाडौं । नेपाली बजारको प्रमुख मोबाइल वितरक मानिने सि. जी. मोबाइल्स्ले आफ्नो फिचर फोन विधामा दुई नयाँ मोडल थप गरेको छ । यी फोनहरु धेरै फिचरका साथैं सस्तो मूल्यमा ल्याएइको सीजीले जनाएको छ ।

सस्तो मानिएको ओरिअन १८१ डब्ल्यूमा १.८ ईन्चको स्क्रीन, डिजिटल क्यामरा, ८ जिबि सम्म थप गर्न सकिने मेमोरी, डुवल सिम र १००० एम.ए एचको ब्याट्री रहेको छ । यसमा वायरलेस एफएम ब्लूटुथ, म्यूजिक र भिडियो प्लेयर जस्ता थप विशेषता रहेको छ भने यसको बजार मूल्य रू. १,१९९ तोकिएको छ ।

यसै गरी नयाँ ल्याइएको छ ओरिअन २४१डब्ल्यूमा २.४ ईन्चको स्क्रीन, डिजिटल क्यामरा, ८ जिबि सम्म थप गर्न सकिने मेमोरी, डुवल सिम र १००० एम.ए एचको ब्याट्री रहेको छ । यसमा पनि वायरलेस एफएम ब्लूटुथ, म्यूजिक र भिडियो प्लेयर जस्ता थप विशेषता छ । यसको बजार मूल्य भने रू. १,४९९ तोकिएको छ ।

यी फोन विभिन्न आकर्षक रंगहरुमा उपलब्ध छ । कम्पनीले यो नयाँ मोडलहरुमा १०० दिनको सटही नितिको सुविधा पनि ल्याइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप