गुडलाईफ म्याङ्गो जुस अब अमेरिकामा
काठमाडौं । गुडलाईफ बेभरेजको उत्पादन गुडलाइफ म्याङ्गो जुसलाई अमेरिकामा निर्यात गरेको छ । छोटो समयमा नै नेपालमा रहेका नेपालीहरुको मन जित्न सफल यो जुसले आफ्नो लोकप्रियतालाई ध्यानमा राखी अमेरिकामा पनि निर्यात गरेको जनाएको छ ।
अब गुडलाइफ म्याङ्गो जुसको स्वाद अमेरिकामा पनि लिन सकिनेछ । उत्कृष्ट म्याङ्गो पल्पहरु छनौट गरी बनाइएको यस म्याङ्गो जुसको स्वादलाई स्वदेशमा जसरी विदेशमा पनि रुचाइने विश्वास कम्पनीले लिएको छ । नकुहिने गरी सुरक्षितसँग टेट्रा प्याकमा प्याकिङ्ग गरिएको यस गुडलाइफ म्याङ्गो जुसलाई गुडलाईफ बेभरेजद्वारा नेपालमै उत्पादन गरिएको हो ।
नेपाली बजारमा २०० एम.एल. गुडलाइफ म्याङ्गो जुसको मूल्य रु.२५ तोकिएको छ । नेपाली उत्पादनहरुले यसरी आफ्नो उत्पादनहरु अमेरिका जस्तो देशमा निर्यात गर्नु भनेको नेपाली उद्योग क्षेत्र र सारा नेपालीहरुको लागि एउटा गर्वको विषय भएको कम्पनीले बताएको छ । गुडलाइफको जुस मात्र नभई बिस्कुट र चकलेटहरु पनि नेपाली बजारमा उतिकै लोकप्रिय छन् ।