बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

किन बदलियो प्रधानमन्त्रीको भाषणशैली ? (भिडियो)

मङ्गलबार, १२ असार २०७५, १५ : २८
मङ्गलबार, १२ असार २०७५

काठमाडौं । सधै विपक्षीमाथि आक्रमक र हाँसीमजाकसहित मंचमा देखिने प्रधानमन्त्री केपी ओली मंगलवार संसद सम्बोधन निकै ‘कुल’ देखिए ।

कतिपय सांसदले प्रधानमन्त्रीको मंगलवारको संसदको सम्बोधनलाई ‘अस्वभाविक’ जस्तो ठानेका छन् । उखान–टुक्का मिश्रित सम्बोधन रुचाउने प्रधानमन्त्री ओलीमा मंगलवार उत्साह पनि देखिएको थिएन् । उनले भ्रमणको प्रगति सुनाए ।

तिखो र व्यङ्ग्यात्मक शैलीमा आफ्ना कुरा राख्ने प्रधानमन्त्री ओलीको मंगलबारको प्रस्तुती प्रत्यक्ष देखेका र सुनेका सांसद यसलाई चासोसाथ हेरेका छन् ।

६ दिने लामो चीन भ्रमण सकेर फर्केका प्रधानमन्त्री ओली थाकेकै कारण उनको सम्बोधन ‘कुल’ देखिएको हो वा उनको स्वास्थ्यमा फेरि केही समस्या देखियो ? वा प्रधानमन्त्रीले आफ्नो शैली बदले ? तर, उनको ढिला प्रस्तुतिले चाहिँ उनी थकानमा थिए जस्तो देखाउँथ्यो ।

विगतमा आफ्ना प्रायः हरेक भाषण या सम्बोधनमा कँहि न कँहि उखान टुक्का प्रयोग गर्ने र कार्यक्रममा सहभागिहरुलाई हसाउँने प्रधानमन्त्री ओलीले मंगलबार प्रतिनिधि सभामा सार्वजनिक महत्वको वक्तव्य दिने क्रममा भने कँहिकतै त्यस्ता शव्दावली प्रयोग गरेननन् ।

काँग्रेस सांसद दीलेन्द्र बडुले अन्य दिनको तुलनामा मंगलबार प्रधानमन्त्रीको सम्बोधन र प्रस्तुति नरम देखिएको बताए । उनले ओलीको सम्बोधन थकान र निराशपुर्ण रहेको टिप्पणी गरे ।

‘अनुहार पनि अन्य दिनको तुलनामा मलिन र थकानपूर्ण जस्तो देखिन्थ्यो । शव्दहरु पनि सरल थिए’ कांग्रेस सांसद बडुले रातोपाटीसँग भने,‘ स्वास्थ्यका कारण पनि हुनसक्छ अन्य दिनको तुलनामा भन्दा मंगलबार उहाँको प्रस्तुति अर्कै थियो ।’

सार्वजनिक महत्वको वक्तव्य दिन प्रधानमन्त्री ओलीले मंगलबार बिहान ११ बजेका लागि समय मागेका थिए । तर, निर्धारित समयभन्दा आधा घण्टा ढिलो मात्रै संसदमा पुगेका ओलीले झण्डै आधा घण्टा नै वक्तव्य दिएका थिए । यस अघि प्रधानमन्त्री ओलीले संसदमा लामो भाषण गर्ने गर्थे ।

प्रधानमन्त्रीले आफ्नो चीन भ्रमणवारे सोमवार दुई बजे नै संसदलाई जानकारी गराउने संसद सचिवालयको कार्यसूचिमा थियो । तर, अन्तिममा प्रधानमन्त्रीको सम्बोधनका लागि तयारी नपगेको भन्दै मंगलवारका लागि सारिएको थियो । यसलाई पनि प्रधानमन्त्रीले ‘आराम’ खोजेको हुन सक्ने रुपमा हेरिएको थियो ।

आफ्नो वक्तव्य राखिसकेपछि नियामावली अनुसार प्रतिपक्षका सांसदले गरेको प्रश्नमा पनि प्रधानमन्त्री ओलीले विगतका तुलनामा अत्यन्तै नरम र सरल शैलीमा जवाफ दिए ।

चीन भ्रमणबाट नेपाल फर्केका बेला त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उनले पत्रकार सम्मेलन नै गरेका थिए ।

त्यहाँ चिनियाँ रेल ल्याउने रेलमार्ग निर्माणको लगानीबारे पत्रकारले सोधेको प्रश्नमा भनेका थिए, ‘जोसँग धेरै पैसा छ, उसैले लगानी गर्छ ।’

प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले प्रधानमन्त्री धपेडीमा परेका कारण मंगलबारको प्रस्तुती अन्यको तुलनामा केही कमजोरजस्तो देखिएको हुन सक्ने बताए ।

‘तिब्वतमा हाइ अल्टिच्युड छ, त्यहाँबाट भर्खरै यहाँ आउनुभएको छ । त्यसमा पनि लगातार कार्यक्रममा व्यस्त हुनुपरेकाले त्यस्तो देखिएको हुनसक्छ,’ ती सदस्यले भने ।


 
संसदमा प्रधानमन्त्रीले के भने ?
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनको सम्बन्ध नयाँ उचाइमा पुगेको बताएका थिए ।

गत असार ५ देखि १० गतेसम्म भएको आफ्नो चीन भ्रमणको बिषयमा  संघीय संसदलाई जानकारी दिंदै प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा देशलाई फाइदा पुग्ने यस्ता थुप्रै सहमति र सम्झौता भएको जानकारी दिए ।

भ्रमणका क्रममा सरकारी तर्फबाट १३ वटा र निजी क्षेत्रको तर्फबाट ९ वटा गरी २२ वटा सम्झौताभएको प्रधानमन्त्रीले बताए ।

प्रधानमन्त्री ओलीले निर्वाचन पछि बनेको सरकारबाट चीन सरकार धेरै आशावादी रहेको,सुखी नेपाली र समृद्ध नेपालको लक्ष्य पुरा गर्न यो सरकार सक्षमहुने विश्वास चीनले व्यक्त गरेको प्रधानमन्त्रीओलीले बताए ।

“नेपाल कसैका विरुद्ध कसैलाई उचाल्ने वा तत्कालिन हितका लागि गैह्र जिम्मेवार ढंगले प्रष्तुत हुने काम गर्दैनौ” प्रधानमन्त्री ओलीले भने “देशको हितलाई ध्यानमा राखेर मात्र हामी काम गछौं ।”

नेपाल र चीनबीच मित्रता र सद्ध्भावमा थप अभिवृद्धि गर्ने, दुई देशका बीचमा विगतमा भएका सम्झौता र समझदारीहरुको कार्यन्वयनको प्रक्रिया र ढाँचा तयार गर्ने ,सरकारका आगामी प्राथमिकता चिनियाँ नेतृत्वलाई अवगत गराउने आफ्नो भ्रमणको उद्धेश्य रहेको प्रधानमन्त्री ओलीले बताए ।

यसैगरी राष्ट्रिय एजेण्डाको रुपमा रहेको आर्थिक समृद्धि हासिल गर्नका लागि चिनियाँ सरकारसँग विभिन्न क्षेत्रमा सहयोग तथा सहकार्य गर्नु पनि भ्रमणको उद्धेश्य रहेको प्रधानमन्त्री ओलीले बताए ।

हाम्रो भ्रमणका अधिकांस उद्धेश्य पुरा भएको हामीले महसुष गरेका छौं ” प्रधानमन्त्री ओलीले भने ।

चीनमा रहंदा आफूले राष्ट्रपति सी जिनपिङ्ग,प ्रधानमन्त्री ली खच्याङ्ग, राष्ट्रिय जनकंग्रेसका स्थायी समिति अध्यक्ष ली झान्सुसँग भेट भएको प्रधानमन्त्री ओलीले जानकारी दिए ।

यसैगरी तिब्बतको ल्हासामा तिब्बत जनसरकारका प्रमुख अध्यक्ष छि तालासँग पनि भेटघाट भएको प्रधानमन्त्री ओलीले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले चीनमा उर्जा सहयोग सम्बन्धी समझदारी पत्र,मितेरी पुल र रसुवा पुल पुननिर्माण सम्बन्धी सम्झौताहरु,मालसामान ढुवानीका लागि नेपालले चीनको तिब्बती राजमार्ग उपयोग गर्ने सम्बिन्ध प्राटोकल,लगानी तथा उत्पादन क्षमताका सहयोग सम्बन्धी समझदारी पत्र,नुवाकोट दरबार पुननिर्माण,रसुवा,दोलखा र सिन्धुपाल्चोकमा विद्यालय पुननिर्माण सम्बन्धि सम्झौतापत्रमा  हस्ताक्षर भएको जानकारी दिए ।

यसैगरी पूर्वा तराइ नदी नियन्त्रण आयोजना अन्तरगत झापा जिल्लाका ९ वटा नदी नियन्त्रण सम्बन्धी समझदारी पत्रमापनि हस्ताक्षर भएको प्रधानमन्त्री ओलीले जानकारी दिए ।

आफू भारत भ्रमणबाट फर्केपछि  यस भ्रमणका सकारात्मक असर क्रमश देखिने छन् भनेको स्मरण गरांउदै प्रधानमन्त्री ओलीले भने, ‘विराटनगरको भारतीय सम्पर्क अफिस हट्नु,थपहवाइ रुट नेपालले पाउनु, डुबानको बिषयमा नेपालभारतको संयुक्त टिमले अध्ययनगर्नु त्यस भ्रमणका सकारात्मक पक्ष थिए । जो केही समय पछि देखिए । अरु पनि यस्ता सकारात्मक पक्ष क्रमश देखिदै जानेछन् । चीन भ्रमणका पनि यस्ता सकारात्मकपक्ष अब क्रमश देखदिै जानेछन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप