सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

समाचार प्रभाव : रिघाका जनप्रतिनिधीले दलित महिलालाई दिलाए न्याय !

बुधबार, १३ असार २०७५, १० : ४३
बुधबार, १३ असार २०७५

बागलुङ–रातोपाटीले समाचार प्रकाशन गरेपछि बाग्लुङ्ग रिघा  गाउँका जनप्रतिनिधीहरुले यसअघिको निर्णय सच्चाउँदै त्यहाँकी एक दलित महिलालाई न्याय दिलाएका छन् ।

गलकोट नगरपालिका वडा नम्वर ११ मा पर्ने रिघाका वडाध्यक्ष डम्वरबहादुर श्रीसको अगुवाईमा अन्यायमा परेकी दिलमाया बिकलाई त्यहाँका जनप्रतिनिधीहरुले न्याय दिलाएका हुन् ।

स्थानीय  खगी बिकलाई दिलमायाले २०७४ माघ २८ गते साँझ आपत्तिजनक गाली वेईजती गरेको भन्दै वडा कार्यालयमा उजुरी दिएकी थिईन् । 

त्यसको १४ दिन पछि  दिलमायालाई खुट्टा ढोगाउने विपाक्षीको मागअनुसार लिखित क्षमायाचना गराईएको थियो । 

उनीहरु आपसमा एकै घरका चेली माईती थिए ।  

त्यस्तै सोही मौकामा खगी बिक र उनका श्रीमान श्याम बिकले लेनदेनको कुरा उठाएका थिए । 

हिसाव किताव गर्ने क्रममा दिलमायाले खगी बिकलाई सावा भन्दा ब्याज बढि तिर्नु पर्ने कागज गराईएको थियो । 

स्थानीय सरकारकै सामु दलित महिलालाई ‘सजाय’ कालोमोसो

लगत्तै साँझपख दिलमाया कार्यालयबाट बाहिर निस्कने क्रममा उनलाई खगी विकले कालो मोसो दलेर दुव्यवहार गरेकी थिईन ।

त्यसबाट विक्षप्त बनेकी उनले रातोपाटीसँग न्यायका पक्षमा समाचार उठान गरीदिन आग्रह गरेकी थिईन ।

सोही अनुरुप  स्थानीय सरकारकै सामु दलित महिलालाई ‘सजाय’ कालोमोसो’ शीर्षकमा समाचार प्रकाशन भएको थियो ।

समाचारआएपछि  वडाध्यक्ष श्रीस मेलमिलाप गराउन खटेका थिए । 

मंगलबार साँझ अवेरसम्म छलफल गराउँदा सुरुमा गाली बेईजती गर्नु दिलमायाको गल्ती र पछि कालोमोसो दल्नु खगी  बिकको गल्ती भन्ने ठहर गर्दै दुवै पक्षलाई क्षमायाचना गराईएको छ ।

त्यसवेला २ लाख ९७ हजार ९८ रुपैयाँ दिलमायाले खगी बिकलाई तिर्नु पर्ने कागज गराईको थियो । 

मंगलबार १ लाख ९० हजार मात्रै तिर्नु पर्ने कागज गराईएको छ । 

त्यसमा दुवै पक्ष राजी भएको वडाध्यक्ष श्रीसले बताए । 

दिलमायाले वडाध्यक्ष श्रीस र साविक रिघाका पुर्व गाविस अध्यक्ष बाबुराम नेपाली र अन्य जनप्रतिनिधीहरुले आफुलाई न्याय दिलाएको भन्दै खुशी ब्यक्त गरिन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप