सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

आफ्नै छोरीसँग ‘दुष्कर्म’ गर्ने एउटा बाबु जेलमा अर्को हिरासतमा

बुधबार, १३ असार २०७५, १५ : २५
बुधबार, १३ असार २०७५

गुल्मी – गुल्मीको छिमेकी जिल्ला प्युठानमा गत केही दिनमै दुई छोरी आफ्नै बाबुबाट ‘दुष्कर्म’ भएका घटना बाहिर आएको छन् ।

यसले मानवीय संवेदनामाथि नै प्रश्न उठाउने ठाँउ दिएको छ । 

केही दिन अगाडि १७ वर्षकी छोरीलाई ‘दुष्कर्म’ गर्ने एक बाबु जेल चलान भएका छन् ।

अर्को वर्षकी छोरीलाई ‘दुष्कर्म’ गर्ने अन्दाजी ४० बर्षका बाबुलाई मंगलवार मुद्धा दर्ता गरी हिरासतमा लिईएको त्यहाँको प्रहरीले जनाएको छ ।

प्युठान प्रहरी प्रमुख डीएसपी राजेन्द्र पोखरेलले जानकारी दिए अनुसार पक्राउ गर्न जाँदा बाबुले विष सेवन गरी आत्महत्या गर्न खोजेका थिए ।

प्रहरीले पहिला उनलाई अस्पतातमा पुराएको र पछि जेल चलान गरेको डीएसपी पोखरेलले बताए । 

प्रहरीका अनुसार ती बाबुले तीन बर्षदेखि यस्तो ‘दुष्कर्म’ गर्दै आएका थिए । 

छोरीसँग ‘दुष्कर्म’ गर्ने दुवै बाबुका श्रीमति छन् ।  

हिजो मुद्दा दर्ता भएका अर्का बाबुले  १६ बर्षकी छोरीसँग ‘दुष्कर्मर्’  गरेको प्रहरीको भनाई छ । 

डीएसी पोखरेलले यस्ता घटना बाहिर आएलगत्तै आफुहरुले कारवाही प्रक्रिया अगाडि बढाएको बताए । 

केहि दिन अघि प्युठानमै दाजु वहिनीबीच प्रेम सम्वन्ध भएको र पछि भागी विवाह गरेको समाचार आएको थियो ।

परिवारजनले छुटाउन चाहेपछि उनीहरुले विष सेवन गरी एकै साथ देह त्याग गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप