आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आहा ! क्या सुन्दर तिब्बती पठार (फोटोफिचर)

बिहीबार, १४ असार २०७५, ०८ : ४९
बिहीबार, १४ असार २०७५

छेन्दु । सिचुवान प्रान्तको छेन्दु यस्तो  प्राप्त हो  जुन भौगोलिक विविधताले भरिपूर्ण छ ।  प्राकृतिक स्रोतले भरिपूर्ण सिचुवानको एक महत्वपूर्ण  भूभाग हो, हङ्युन । यो क्षेत्रमा  विशाल पठार रहेका छन् । 

विशाल पठार क्षेत्रमा निकै सुन्दर र मनमोहन दृश्यावलोकन गर्न सकिन्छ ।

समुन्द्र सतहबाट करीब ३८ सय मिटर उचाईमा रहेको यो  पठार क्षेत्रमा जहाँतही चौरी र भेडीगोठ देख्न सकिन्छ भने  चौरीका बथान पठारभरी छरिएर चरिरहेको दृश्य देख्न सकिन्छ । 

यो क्षेत्रको पर्यटन विकासमा जोड दिएको चीनले यहाँसम्म पुग्नको लागि पक्की बाटोको व्यवस्था गरेको छ भने पर्याप्त सुविधा सम्पन्न होलटहरु पनि सञ्चालनमा रहेका छन् । 

 निकै उचाईमा रहेपनि  पानीका प्रसस्त स्रोतहरु देख्न सकिन्छ । तिब्बतीय समूदायको बसोबास रहेको यस क्षेत्रको बस्ती समेत निकै योजनाबद्ध ढंगले बसाइएको छ । 

सिचुवान प्रान्तको राजधानी छेन्दुबाट करीब ९ घण्टाको सडक यात्रापछि तिब्बत नजिकैको यो विकट इकालामा पर्ने यो पठार क्षेत्र हङ्युन पुगिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप