सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

विवाहित भएको थाहा पाउँदा पाउँदै प्रस्ताव राख्नेदेखि दुःख लाग्छ : मनिषा

शुक्रबार, ३० असार २०७४, १३ : ५९
शुक्रबार, ३० असार २०७४

मनिषा पोखरेल पछिल्लो समयकी चर्चित गायिका हुन् । २०६९ मा रेडियो नेपालले गरेको देशव्यापी गायन प्रतियोगितामा सहभागी भएपछि गायन सुरु गरेकी उनले अहिलेसम्म पछाडि फर्किएर हुर्नुपरेको छैन । पाश्र्व गायनमा समेत रुचाइएकी उनले नेपाली, थारु, मैथिली, भोजपुरी, मराठी, पन्जाबी र हिन्दी गीतमा समेत स्वर दिएकी छन् । ‘नाच्न म जान्दिनँ’, ‘काली तिम्रो नजरैले गोली मार्यो’ लगायत उनका धेरै गीत हिट छन् । ५ सयभन्दा बढी गीत रेकर्ड गराइसकेकी उनी स्टेज कार्यक्रममा पनि त्यतिकै छाउँने गरेकी छन् । यिनै गायिका मनीषालाई रातोपाटीको दस प्रश्न :

गायिकाले सौन्दर्यमा कतिको ध्यान दिनुपर्छ ?
– म पहिला महिला हुँ । महिला भएपछि सौन्दर्यमा ध्यान दिनु त पर्छ नै तर मलाई सधँै मेकअप गर्नुपर्छ । यसमा चासो राख्नुपर्छ भन्ने लाग्दैन ।  तर पनि विषेश समारोह, कार्यक्रमलगायतमा सहमागी हुनुपर्दा मेकअप गरेर नै निस्कन्छु ।

फेसनप्रति कतिको रुचि छ ?
– धेरै चासो छ । म फेसनेबल हुन रुचाउँछु । आफ्नो गेटअप पनि चेन्ज गरिरहेकी हुन्छु । ड्रेसअपमा पनि आफूलाई सुहाउने, बजारमा चलेको फलो गर्न मनलाग्छ । 

पहिलो गीत कहिले गाउनुभयो ?
– २०६० सालमा पहिलो गीत गाएको थिए । रेयुकाई आइडियलका लागि गाएको उक्त गीतले प्रथम पुरस्कारसमेत जित्यो । पारिश्रमिक लिएर गाएको गीत भने थारु भाषाको चलचित्रका लागि थियो । तीन हजार पारिश्रमिक लिएकी थिएँ । सबै मामुलाई बुझाएँ । 

मनपर्ने हिरो ? 
– दयाहाङ राई धेरै मनपर्छ । उहाँको अलवा थिएटर आर्टिस सबै ।

घुम्न मनपर्ने ठाउँ ?
–प्राकृतिक सौन्दर्यले भरिएको सबै ठाउँ मनपर्छ । भन्नुपर्दा पोखरा ।

पूरा नभएको सपना  ?
– धेरै छन् । चर्चित गीतहरूले भरिएको एउटा फरक खालको एल्बम निकाल्ने सपना छ । त्यो अहिलेसम्म पूरा गर्न सकेकी छैन ।

धेरै रोएको क्षण ?
– भर्खर भर्खर सङ्गीतमा लागेको समय धेरै रुन्थँे । त्यो बेला सबै चाहनाहरू पूरा हुँदैनथ्यो । सङ्गीत रियाज गर्न पनि हारमोनियम थिएन । आफूसँग सङ्गीतका सामान नहुँदा धेरै हुन्थे ।

गायिकाको खुसी के ?
– वरिपरि चारैतिर प्रसंशकले घेरिएर स्टेजमा गीत गाउँदाको क्षण र ती प्रसंशकले आफ्नो प्रस्तुतिलाई वान्स मोर भनिरहेको अवस्था खुसीको पल हो । 

कस्तो अवस्थामा दुःख लाग्छ ?
– आफूले गाएको गीत नमिल्दा । गीतबाट चर्चा नपाउँदा भने जस्तो नहुँदा  धेरै दुःख लाग्छ । 

फ्यानले कतिको दुःख दिन्छन् ?
– फ्यानले प्रायः सुख नै दिन्छन् । तर जुन समयमा पनि फलो गरिरहने फ्यानबाट दुःख लाग्छ । सेलिब्रेटी भएपछि फ्यानका ती क्रियाकलाप सहनुपर्दाे रहेछ । म विवाहित भएको थाहा पाउँदा पाउँदै पनि विवाहको प्रस्ताव राख्नेदेखि दुःख लाग्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप