बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

राशिअनुसार आजको आफ्नो भाग्य हेर्नुहोस्

मङ्गलबार, १९ असार २०७५, ०६ : २५
मङ्गलबार, १९ असार २०७५

आजको राशिफल

वि.सं.२०७५ साल असार १९ गते । मंगलबार । ईश्वी सन् २०१८ जुलाई ०३ तारिख । नेपाल सम्बत् ११३८ । बिरोधकृत् संवत्सर । उत्तरायणं । बसन्त ऋतु । श्रीशाके १९४० । आषाड कृष्ण पक्ष । तिथि पञ्चमी ३३ घडी २४ पला,बेलुकी ६ बजेर ३५ मिनेट उप्रान्त षष्ठि । नक्षत्र शतभिषा २४ घडी १८ पला,बेलुकी १२ बजेर १८ मिनेट उप्रान्त पूर्वाभाद्रपदा । योग आयूष्मान ५९ घडि ४३ पला । करण कौलव,बिहान ५ बजेर ५५ मिनेट उप्रान्त तैतिल ।  

 

आनन्दादिमा मृत्य योग । चन्द्रराशि कुम्भ । 

काठमाडौंमा सूर्योदय ५ बजेर १३ मिनेट,सूर्यास्त बेलुकी ७ बजेर ०१ मिनेट । दिनमान ३४ घडी १९ पला । 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आउने आम्दानिले उत्साह जगाउनेछ । पानी तथा खनिज पदार्थको व्यावसायबाट मोटो रकम हात लागि हुने योग रहेकोछ । प्राकृतिक स्रोत तथा पैत्रिक सम्पतिको प्रयोग गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । पढाई लेखाईमा अरुभन्दा अग्र स्थानमा तपाईको नाम आउनेछ भने शिक्षा क्षेत्रसँग सम्बन्धित काममा बिषेश रुचि बढ्नेछ । 

 

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) क्षमता प्रयोग गरि अरुलाई सजिलै प्रभावमा पारेर कामहरु लिन सकिनेछ । नयाँ व्यावसाय थालनि गर्न सकिने तथा भनेजस्तो आम्दानि गर्न सकिनेछ । पढाई लेखाईमा प्रतिष्पर्धिहरु आफै किनारा लाग्ने तथा सफलताको सिडि चड्न सकिनेछ । राजनिति गर्नेहरुले सर्वसाधारणको मत पाउँने हुँदा सामाजिक पद पाउँने ग्रहयोग रहेकोछ । प्रेममा रमाउँन चाहनेहरुले एक अर्कालाई बिश्वास गर्दै अगाडि बढ्ने समय रहेकोछ ।

 

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको अधिक सम्भावना रहेकोछ । नोकरिमा बढुवा हुँने तथा अनुकुल स्थानमा स्थानान्तरणको अधिक सम्भावना रहेकोछ । खोज तथा अनुशस्धानमा खर्चिएको समयबाट भनेजस्तो नतिजा आउँने हुँदा मन खुसि रहनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने घरमा पति पत्निबिच बिश्वासको बाताबरण बढेर जानेछ 

 

कर्कट (ही, हू ,हे, हो, डा, डी, डु, डे, डो) समय तथा परिस्थितिको राम्रो सँग अध्ययन गरेर मात्र कुनै पनि कामको थालनि गर्नुहोला कामहरु बिग्रने अधिक सम्भावना रहेकोछ । आफन्त तथा आफुले  मन पराएको मानिससँग दुरि बढ्ने योग रहेकोछ । व्यापार व्यावसायमा प्रशस्त समय लगानि गरेपनि आम्दानि थोरै हुँदा आर्थिक व्यावस्थापन गर्न गाह्रो हुँनेछ । अध्ययनमा मन नजादा गुरुवर्ग तथा आफन्तको गालि खाईनेछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला समय मध्ययम छ । 

 

सिहं (मा, मी, मू ,मे,मो, टा, टी, टू ,टे) यात्राका क्रममा उपलब्धि मुलक कामहरु गर्न सकिनेछ । व्यापारमा लगानि गरि मनग्गे आम्दानि गर्न सकिने तथ आर्थिक रुपमा सम्पन्न हुने समय रहेकोछ । पढाई लेखाईमा प्रतिष्पर्धिहरुलाई किनारा लगाउदै सफलता हात पार्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । भौतिक सम्पति तथा सवारि साधन प्राप्तीको गतिलो योग रहेकोछ ।

 

कन्या (टो,पा,पी,पू ,ष,ण,ठ,पे,पो) न्यालयबाट हुँने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुँनेछन् भने सत्रुलाई परास्त गर्ने उपाए फुर्नेछ । पुराना रोग तथा ऋणबाट मुक्त भई नयाँ काम गर्ने अवसर प्राप्त हुँनेछ । व्यापारमा लगानि गरि मनग्गे धन आर्जन गर्न सकिने तथा परिवारका आवस्यक्ताहरु पुरा गर्न सकिनेछ । अध्यानमा प्रतिष्पर्धिहरुलाई साईड लगाउँदै एक दुई कदम अगाडि बढ्न सकिनेछ । नया ठाउँबाट प्रेम प्रस्ताब आउँने तथा प्रेमका कोपिलाहरु पक्रिएर जानेछन् ।

 

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते¬) आकस्मिक धन तथा सम्पति लाभ हुँने समय रहेकोछ । शेयर बजार तथा चिठ्ठाको व्यावसाय फस्टाएर जानेछ भने व्यापार व्यावसायमा लगानि गरि मनग्गे धन सम्पति कमाउँन सकिनेछ । माया प्रेममा नजिक हुँने समय रहेकोछ भने आत्मिय मित्रको साथ रहने हुँनाले महत्वपुर्ण उपलब्धि हासिल गर्न सकिनेछ । आफन्त तथा सन्तानबाट तपाईको काममा सहयोग हुँने हुँदा मन प्रशन्न रहनेछ ।

 

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) प्रयत्न गर्दा महत्पपुर्ण कामहरु सम्पादन हुनेछन् । पछि सम्म लाभ हुने व्यापार व्यावसाय सुरु गर्न सकिनेछ । आम्दानि बढ्ने हुदा लगानि गर्ने अवसर जुर्नेछ । माया आफन्त तथा जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । प्रेम प्रशङगमा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । कृषि सहकारी व्यावसायलाई समय सापेक्ष परिमार्जन गरि मनग्गे आम्दानि बढाउन सकिनेछ ।

 

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)  पुराना समस्याहरुलाई केहि समय दिएर सल्टाउँन सकिनेछ भने नयाँ नयाँ काम गरि रोजगारिका अवसरहरु सिर्जना गरेर मनग्गे आम्दानि गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने छोटो दुरिको व्यावसायिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । बिद्यार्थिहरुले आफ्नो प्रतिष्पर्धिहरुलाई सजिलै हराउँन सक्नेछन् भने पढाई लेखाईमा भनेजस्तो नतिजा ल्याउँन सकिनेछ । अदालति निर्णयहरु तपाईकै पक्षमा आउँने हुँनाले मन प्रशन्न रहनेछ ।

 

 

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी¬) दमदार बोलिको प्रभावले नसोचेको कामहरु हुँने तथा सबैले तपाईको तारिफ गर्नेछन् । न्यून श्रमबाट मनग्गे आम्दानि गर्न सकिने समय रहेकोछ । पढाई लेखाईमा राम्रो प्रगति गर्न सकिने समय रहेकोछ । प्रेममा सफलता प्राप्त हुँने तथा नया योजनाका साथ अगाडि बढ्न सकिनेछ । साथिभाई तथा आफन्तसँग सँगै रहेर स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा पहिले गरेका लगानिबाट मनग्गे भन लाभ हुँने योग रहेकोछ । 

 

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) अध्ययनमा समय दिन नसक्दा अरुभन्दा परिनेछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानि हुनेछैन । आर्थिक रुपमा कमजोर हुदा दैनिक आवस्यक्ताहरु परिपुर्ति गर्न सकिने छैन । राजनिति तथा समाजसेवामा जनताको कमजोर सहभागित रहनेछ । आफन्त थता साभिभाईहरुको सहयोग नपाईदा मन खिन्न हुनेछ । माया प्रेममा एक अर्कालाई अबिश्वास बढ्नाले केहि समयको लागी समस्या आउन सक्छ ध्यान दिनुहोला ।

 

मीन (दी दू थ झ ञ दे दो चा ची) लामो दुरिको बैदेशिक यात्राको तय गर्न सकिनेछ भने बिदेशमा श्रम गर्नेहरुले मनग्गे धन तथा सम्पति जोड्न सक्नेछन् । व्यापार व्यावसाय फस्टाएरु जानेछ भने बिदेशमा उत्पादित सामानको व्यापार बाट भनेजस्तो नाँफा कमाउँन सकिनेछ । अध्ययनमा मन सुधार हुँदै जानेछ भने आफन्त तथा सहयोगिहरुको सहयोगले शरिरमा थप उर्जा बढ्नेछ ।  माया प्रेममा रमाउँन चाहनेहरुका लागि समयले साथ दिनेछ ।

तपाईको दिन शुभ रहोस् । 

यूवा ज्योतिषि डिपि भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र

काठमाडौं फोन न.९८०८३०७२७५

नोट चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप