सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

११ वर्षीया बालिकाले आफै गरिन् २० वर्षे युवासँग बिहे !

बिहीबार, २१ असार २०७५, १४ : १६
बिहीबार, २१ असार २०७५

गुल्मी –गुल्मीको मुसिकोट नगरपालिकाको एक दलित बस्तीमा ११ बर्षे बालिकाले २० बर्षे युवासँग आफै विवाह गरेकी छन् । जनप्रतिनिधिहरुले ल्याएको परिवर्तनका रिर्पोटिङ्ग गर्न मुसिकोट पुग्दा नगरपालिकाका एकजना बृद्धलाई परिवर्तनको कुनै मतलब थिएन । बरु,उनी ११ वर्षकी छोरी २० वर्षको केटासँग बिहे गरेर गएको चिन्ता गरिरहेका थिए ।

कुरा हो, मुसिकोट नगरपालिका वडा नम्वर ९ अर्लाङ्गकोटस्थित उर्लेनीको दलित बस्तीको ।  विकास निर्माणतर्फको रिर्पोटिङ्ग गर्न उक्त वस्तीमा  पुगेको यस सम्वाददातालाई ती बृद्धको यही कचकचले ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ जस्तै बनाइदियो ।

म एउटा प्रश्न गर्छु उनी अर्को कुरा दोहराउँदै थिए । ‘ए हजुर पहिला मेरो कुरा त सक्न दिनुस्, मेरो छोरी त होईन वितेको मेरो भाईकी छोरी हो, मैले पालेको थिएँ तर २० वर्षको केटासँग ११ वर्षकी त्यो छोरी अस्ती ब्या ( विहे ) गरेर हिँडी हजुर के गरम ?’

नावालिका छोरीले विहे गरेर हिँडेको चिन्ता गर्ने व्यक्ति हुन् ५५ वर्षिय तिर्थ बिक । यहि असार १७  गते छिमेकी जिल्ला वाग्लुङ्गको गल्कोट नगरपालिका  वडानम्वर ८ थालेपोखराका १८ वर्ष उमेरका दलबहादुर बिकसँग विहे गरेर जाने बालिका थिइन् अनुजा बिक (नाम परिवर्तन )

यो विषयमा सामाजिक अगुवा नन्द बिकलाई सोध्दा उनले भने, ‘हो त,  ललाई फर्काई ११ वर्ष पुगेर १२ मा टेकेकी ति बालिकालाई बिहे गरेर लगेको पुष्टि भई सकेको छ ।’

केही महिलाहरु भन्दै थिए –‘त्यति सानी  वालिका कसरी विहे गरेर जान सकेकी होला ?’  सोही गाउँकै १४ वर्षमा विहे गर्ने अर्की एक बालिका भने विहेको सात दिन नपुग्दै सम्वन्ध विच्छेद गरेर माईतीमा अलपत्र छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप