सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कमाउन गएका श्रीमानको शव आएपछि श्रीमति बेहोस, शोकमग्न दाङ

आइतबार, २४ असार २०७५, ११ : २४
आइतबार, २४ असार २०७५

बुटवल –शुक्रबार मुस्ताङमा भएको ट्रिपर दुर्घटनामा परि एकै गाँउका ३ जनाको मृत्यु भएपछि दाङको राप्ती गाँउपालिका ३ सुकुमवासी टोल शोकमा डुबेको छ ।

राप्ती गाउँपालिका ३ सुकुम्वासी टोलकी ३१ वर्षिय कविता घर्ती ,कैलाली घर भइ सुकुम्वासी टोलमा माइतीघर भएकी २२ वर्षिया विन्ती घर्ति र सोही गाउँ निवासी ६५ नम्वर टोलका ३५ वर्षिय सुवेर चौधरीको ट्रिपर दुर्घटना परी मृत्यु भएको थियो । एउटै गाउँका तीन जनाको दुर्घटनामा मृत्यु हुदाँ सिंगो गाँउ शोकमग्न  बनेको हो  । 

दैनिक मजदुरी गरी जीविका चलाउदै आएका कविता र सुवेर दैनिक ६ सय रुपैया दिने सहमतिमा वैशाख महिनामा मुस्ताङ पुगेको कविताकी छोरी श्रृजनाले बताइन् । त्यस्तै सुवेरकी पत्नी देवन्ती चौधरी श्रीमानको मृत्यूको खबरले बेहोसी अवस्थामै छिन् । भखैर मात्र टिनको छाना लगाइ घर बनाएर मजदुरी गर्न गएका श्रीमानको काम गर्ने क्रममा मृत्यु भएपछि परिवार संकटमा परेको छ ।
 उनिहरुसंगै राजपुर गाँउपालिकाका २ जनाको पनि  दुर्घटना परि मृत्यु भएको छ ।  राजपुर गाउपालिका १ निवासी ३० बर्षिय बालकुमार घर्ति र राप्ती गाउपालिका–३ निवासी २५ वर्षिय कमल बुढाको मृत्यु भएको थियो ।

उक्त दुर्घटनामा २० जनाको मृत्यु भएको थियो । दाङ , कैलाली र कपिलवस्तुका मृतक मजदुरहरुको शव शनिवार दिउ्रँसो नेपाली सेनाको हेलिकेप्टरद्धारा लमहीमा ल्याएको थियो । उनीहरुको शव लमही अस्पतालमा पोष्टमाटम पछि आफन्तलाइ बुझाइएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरक्षक अरुण कुमार सिहले बताएका छन् ।

उनीहरु मुस्ताङमा राम्रो कमाई हुने आशामा मजदुरी गर्न गएका थिए  । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप