सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

गुल्मीमा  गजवको अभियानः गर्भवतीको घरघरमा झण्डा !

सोमबार, २५ असार २०७५, १० : ५२
सोमबार, २५ असार २०७५

बुटवल–  गुल्मी दरबार गाउँपालिकाले त्यहाँका गर्भवती महिलाहरुलाई  सुरक्षित प्रसुति  सेवा उपलव्ध गराउन  उनीहरुको घरघरमा झण्डा गाड्ने पृथक खालको अभियान थालेको छ  । 
हरेक गर्भवती महिलालाई चिनौ र उनीहरुलाई संस्थागत रुपमा   प्रसुती सेवा उपलव्ध गराऔं भन्ने उद्देश्यका साथ गाउँपालका कार्य समितिले यस्तो अभियान थालेको स्वास्थ्य शाखा संयोजक नारायणप्रसाद अर्याले बताए  । 
   जिल्लामा  गर्भवती महिलाहरुका लागि  पूर्ण सस्थागत प्रसुती क्षेत्र घोषणा  गर्ने गुल्मी दवरवार गाउँपालिका पहिलो हो । उसले आईतवार  भब्य समारोहका बीच ‘गर्भवती झण्डा’  बितरण  समेत गरेको छ ।  सो गाउँपालिका अन्तरगत दरवार  देबिस्थान स्वास्थ्य चौकीद्वारा सञ्चालित  बर्थिङ सेन्टरमा पायक पर्ने  वडा नम्वर  ५, ६ र ७ मा रहेका गर्भवती, महिला  स्वास्थ्य स्वयम सेविका, जनप्रतिनिधी, राज्नैतिक दलका प्रतिनीधी  र स्वास्थ्यकर्मिहरुको उपस्थितिमा गर्भवती झण्डा वितरण गरिएको थियो । 
 
 कार्यक्रममा गाउँपालिका अध्यक्ष अशोककुमार थापाले अभियान संगै  अबदेखि प्रसुति  गराउनका लागि बर्थिङ सेन्टर सम्म आउनका लागि एम्बुलेन्स सेवा निशुल्क रुपमा उपलब्ध गराउने र गर्भवतीलाई ल्याब सेवामा लाग्दै आएको सेवा शुल्कलाइ ५० प्रतिसतमा झार्ने ब्यबस्था गाउँपालिकाले मिलाउने बताए । उनले , बर्थिङ सेन्टरलाई आबश्यक  पर्ने सबै भौतिक ब्यबस्थापन गाउँपालिकाले गर्ने घोषणा  समेत गरे ।  
   
   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप