सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

जसको दाहसंस्कार गरियो, तर फर्केर घर आए

सोमबार, २५ असार २०७५, १३ : १७
सोमबार, २५ असार २०७५

बुटवल–दाङमा यस्तो अनौठो घटना बाहिर आएको छ । 

तपाईं यो खवर पढेर आश्र्चयमा पर्न सक्नुहुन्छ । 

दाहसंस्कार गरिएका एक व्यक्ति घर फर्केका छन् । 

उनलाई गाउँमा भव्य स्वागत गरिएको छ । 

कथा हो, महेन्द्रप्रसाद चौधरीको । 

राप्ती गाउँपालिका वडा नम्बर ४ मौरीघाटका ४५ वर्षीय चौधरीको मृत्यु भएको भन्दै  परिवारले प्रहरीबाट शव बुझेर दाह संस्कार गरेका थिए ।

असार २१ गते सोही गाउँपालिका वडा नम्बर २ लालमटियास्थित कालिका सामुदायिक वनमा सडेगलेको अवस्थामा एउटा शव फेला परेको थियो । 

नचिन्ने अवस्थामा रहेको उक्त शव चौधरीका परिवारजनले उनैको हो भन्ने ठहर गर्दै बुझेर अन्तिम दाह संस्कार गरेका थिए । 

महेन्द्रप्रसादका छोरा अनुप चौधरी र दाजु इन्द्रप्रसाद चौधरीले शव सडेगलेको अवस्थामा फेला परे पनि कपडा र जिउडालका आधारमा पहिचान गरी शव लगेर अन्तिम संस्कार गरेका थिए । 

उक्त शव महेन्द्रप्रसाद चौधरीका आफन्तले महेन्द्रप्रसादकै भएको अनुमानसहित घर लगेर अन्तिम संस्कार गरेका थिए ।

स्थानीय भद्रभलाद्मीको रोहबरमा शव बुझेर उनीहरूले हिन्दु संस्कार अनुसार अन्तिम संस्कार गरी सकेर परिवारका सदस्य किरिया बस्ने तयारी गर्दा कसैले महेन्द्रप्रसाद जीवितै रहेको भन्ने सूचना दिएपछि बल्ल उनको खोजी सुरु भएको दाजु इन्द्रप्रसादले जानकारी दिए ।

महेन्द्रप्रसाद मदिराका अम्मली रहेको तथा उनी यसअघि पनि हप्ता दश दिन बेपत्ता हुने गरेको हुँदा परिवारजनले उनको खोजी कार्यमा कुनै वास्ता गरेको थिएन ।

महेन्द्रप्रसाद बेपत्ता भएको बारेमा परिवारजनले आफैंले पनि नखोजेको र प्रहरीमा समेत कुनै जानकारी नदिएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख रवीन्द्र पाण्डेले बताए ।

महेन्द्रप्रसादको मृत्यु भइसकेको भन्ने खबरपछि परिवारका सबै सदस्य तथा आफन्त शोकमा थिए ।

तर आइतबार देउखुरीको लालमटिया निवासी सुवास भुसालले भारतको इटुवामा महेन्द्र चौधरी काम गर्न गएको भन्ने सूचना दिएपछि छोरा अनुप चौधरी र दाजु इन्द्रप्रसाद चौधरी खोजीमा इटुवा गएका थिए ।

इटुवामा भाइलाई भेटेपछि दाजु महेन्द्रप्रसादले भाइलाई घरमा ल्याए ।

उनी घर आएपछि घरपरिवारमा खुसियाली छाएको छ ।

शोकमा डुबेको उनको परिवारले सकुशल घर फर्किएका व्यक्तिलाई अबिर मालाले स्वागत गरेका छन् ।

दाङ देउखुरीको राप्ती गाउँपालिका–मौरीघाट निवासी ४५ वर्षीय  चौधरी सकुशल घर फर्किएपछि घरसँगै गाउँमा खुशियालीसँगै उनलाई अबिर र माला लगाएर परिवारजनले खुसी मनाएका हुन् ।

असार २१ गते राप्ती गाउँपालिका–२ लालमटियास्थित कालिका सामुदायिक वनमा सडेगलेको अवःथामा एक व्यक्तिको शव फेला परेको थियो ।

‘भाइ पनि धेरै दिनदेखि हराइरहेको र सडेगलेको शव हेर्दा भाइको जस्तै देखिएकाले हामीले भाइको मृत्यु भएको निश्चयका साथ अन्तिम संस्कार पनि पुरा गरेका थियौँ ।’ दाजु इन्द्रले भने, ‘तर आज मेरो भाइ सकुशल घर आएको छ, यो एउटा अचम्मैको घटना भयो ।’

भाइको आगमन शोकमा डुबेका आफन्त तथा घर परिवारमा खुसियाली छाएको छ ।

भाइ भनी अर्कै व्यक्तिको शवको अन्तिम संस्कार गर्दासम्म २५ हजारभन्दा बढी खर्च भएको बताए ।

महेन्द्रप्रसाद चौधरी पत्नीको मृत्युपछि एक्लै बस्दै आएका थिए ।

उनका छोरासमेत भिन्दै बस्दै आएको हुँदा उनी झनै मदिराका अम्मली बन्न पुगेको हुनाले उनलाई परिवारले वास्ता गर्न छोडेको थियो ।

त्यही समयमा उनी भारतको इटुवासम्म पुगेका थिए । 
 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप