सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

श्रीमानले अर्को विवाह गर्न नमान्दा श्रीमतीले रोजिन् यस्तो बाटो

सोमबार, २५ असार २०७५, १३ : ४२
सोमबार, २५ असार २०७५

छोरा जन्माउन पटक पटक श्रीमानलाई अर्को विवाह गराउन दवाव दिई रहेकी बाग्लुङ्गकी एक महिलाले श्रीमानले अर्को विवाह गर्न नमानेपछि आत्महत्या गरेकी छन् ।  

बडीगाड गाउँपालिका वडा न ९, साविकको दर्लिङ गाबिस वडा न १ निबासी डिल बहादुर मल्लकी ४३ बर्षिया श्रीमती गीता मल्लले झुण्डिएर आत्माहत्या  गरेकी हुन् । 
 

मल्ल हिजो साँझ  श्रीमानसँगै खाना खाएर श्रीमानलाई बिस्तारा समेत लगार्इिदएर ‘तपाईं सुत्नुस् म टिभी हेर्छु’ भनी कोठाबाट बाहिरिएकी थिइन् । सधै टिभी हेरेपछि सुत्ने मल्लले हिजो भने अर्कै बाटो राजिन् । बिहान ३ बजे ब्युझेर श्रीमानले हेर्दा श्रीमतीलाई नदेखेपछी घर नजिकै रहेको गोठको माथिल्लो तलामा मृत अवस्थामा फेला पारेपछि स्थानीयसँग हार गुहारगर्दै  बोलाएका थिए ।  वडा अध्यक्ष कृष्ण केसीका अनुसार घटनालगत्तै सबैजना जम्मा भै ४ बजे इलाका प्रहरी कार्यलय भिमगिठेमा खबर गरिएको थियो ।

बुर्तिबाङ ईलाका प्रहरी कार्यालयको प्रहरी टोलीले मुचुल्का उठाई शब पोस्टमार्टमका लागि बुर्तिबाङ स्वाथ्य केन्द्रमा  लगिएको प्रहरी निरिक्षक ओम प्रकाश यादवले जानकारी दिए ।

उनले सुसाइट नोटमा आफू आफ्नो स्वेच्छाले मर्न चाहेको बताउँदै श्रीमानलाई अर्को बिवाह गर्न अनुरोध गरेको बताइएको छ । 

उनीहरुको एक छोरी मात्र रहेको र उनको पनि केही समय पहिले गुल्मीमा बिहे भैसकेको थियो । गीताले आफूबाट थप बच्चा नभएको भन्दै आफ्ना श्रीमानलाई पटक पटक अर्को बिवाह गर्न अनुरोध गरेपनि

श्रीमानले अर्को बिवाह गर्न आवश्यक नरहेको भन्दै बिवाह गरेका थिएनन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप