क्रिकेटर सन्दीप लामिछाने बने गायक
बिहीबार, ०३ साउन २०७५, १२ : ४४
काठमाडौं– क्रिकेटर संदीप लामिछाने पनि गायक बनेका छन् । उनले ‘उदाश थियो’ बोलको गीत गाएका हुन् ।
उनकै संगीत तथा विनोद तिमिल्सिनाको शब्द रहेको गीतको भिडियो पनि बनेको छ । भिडियोमा जीवन भट्टराई र सृष्टि खड्काले अभिनय गरेका छन् ।
सनिश सुनुवारको म्युजिक एरेन्ज रहेको गीतमा अनिल धितालको संगीत सृजना छ ।
भिडियो निशान घिमिरेले निर्देशन गरेका हुन् भने अर्जुन तिवारीको छायांकन तथा विकाश दाहालको सम्पादन रहेको छ ।
भिडियोमा जीवन र सृष्टिको रोमान्स राम्रो देख्न सकिन्छ ।