बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

कुन राशि भएका व्याक्तिले आज कस्तो रङ र अंक प्रयोग गर्ने ?

शनिबार, ०५ साउन २०७५, ०९ : १७
शनिबार, ०५ साउन २०७५

कुन राशि भएका व्याक्तिहरुले आज कस्तो रङ र अंक प्रयोग गर्ने । 

मेष राशि हुनेहरुका लागि आजको दिन उत्तम रहेकोछ । व्यापार भावमा गोचर गर्ने चन्द्रमा र राज्य भावमा गोचर गर्ने  राशि स्वामी मंगलले ट्राभल,पर्यटन तथा खनिज पदार्थको व्यापार व्यावसाय फस्टाएर जानेछ भने राजनिति तथा समाजसेवामा जनताको समर्थन पाईनेछ । आजको लागि शुभ रंग प्रयोग गर्दे हुनुहुन्छ भने रातो रंगको योग गर्नुहोला । आजको लागि शुभ अंक ५ र ७ रहेकोछ भने ॐ वक्रतुण्डाय नम मन्त्रको १०८ पल्ट जप गर्नुभयो भने आजको दिन फलदायि रहनेछ । 

बृष राशि भएका व्याक्तिहरुका लागि छैटौ भावमा गोचर गर्ने चन्द्रमा र चौथो भावमा गोचर गर्ने राशि स्वामी शुक्रले बिलाशी तथा फेन्सि सामानको व्यापारमा समय दिुनुभयो भने मनग्गे आम्दानि हुनेछ । विद्या तथा प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई किनारा लगाउदै अग्र स्थानमा तपाईको नाम आउनेछ । आज सेतो रङको प्रयोग गर्नुहोला । आजको लागि  शुभ अंक ३ र ६ रहेकोछ भने ॐ वनदुर्गाय नम मन्त्रको १०८ पल्ट जप गर्नुभयो भने आजको दिन फलदायि रहनेछ । 

मिथुन राशि भएका व्याक्तिहरुका लागि पञ्चम भावमा गोचर गर्ने चन्द्रमा र राशि स्वामी बुध धन भावमा गोचर गरिरहेको हुनाले पढाई लेखाईमा थोरै समय लगानि गर्दा राम्रो नतिजा आउनेछ । व्यापारमा थोरै लगानि गरि मनग्गे आम्दानि हुने दिन रहेकोछ । पत्रकारिता,गीत,संगित तथा मोडलिङ पेशा व्यावसायमा सम्लग्न व्याक्तिहरुका लागि समयले साथ दिनेछ । निलो रङको प्रयोग गर्नुहोला । ॐ देवमाताय नम मन्त्रको १०८ पल्ट जप गर्नुभयो भने आजको दिन फलदायि रहनेछ भने ३ र ९ अंकको प्रयोग गर्नुभयो भने आजको दिन शुभ रहनेछ । 

कर्कट राशि भएका व्याक्तिहरुका लागि सुख भावमा गोचर गर्ने चन्द्रमाले कृषि तथा सहकारि व्यावसायमा काम गर्नेहरुलाई समयले साथ दिनेछ । समाजसेवा,राजनिति तथा कुटनितिको क्षेत्रमा काम गर्नेहरुका लागि समय राम्रो रहेकोछ । आजको लागि सेतो रङको प्रयोग गर्नुहोला । ॐ सदाशिवाय नम मन्त्रको १०८ पल्ट जप गर्नुभयो भने आजको दिन फलदायि रहनेछ भने १ र ४ अंकको प्रयोगले आजको दिन शुभ रहनेछ । 

सिंह राशि भएका व्याक्तिहरुले आज छोटो तथा रमाईलो यात्राको तय गर्नुहोला समय राम्रो रहेकोछ । लेखन,साहित्य लेखन तथा खेलकुद जस्ता क्षेत्रमा राम्रो प्रगति गर्न सकिनेछ ।  आज कफि रङ प्रयोग गर्नुहोला । ॐ दिगम्बराय नम मन्त्रको १०८ पल्ट जप गर्नुहोला आजको दिन फलदायि रहनेछ भने २ र ५ अंकको प्रयोगले आजको दिन शुभ रहेकोछ । 

कन्या राशि भएका व्याक्तिहरुका लागि समय राम्रो रहेकोले होटल तथा रेष्टुरेन्ट जस्ता क्षेत्रमा समय खर्चिदा मनग्गे धन तथा सम्पति लाभ हुनेछ । आफन्त तथा कुटुम्बको सहयोग लिनुहोला । भौतिक सम्पति तथा खनिज पदार्थ हात लागी हुनेछ । आजको लागि ॐ अनेकवर्णाय नम मन्त्रको १०८ पल्ट जप गर्नुहोला आजको दिन फलदायि रहनेछ  । निलो हरियो रङको प्रयोग गर्नुहोला । ३ र ९ अंक प्रयोगले आजको दिन फलदायि रहनेछ ।

तुला राशि भएका व्याक्तिहरुका लागि राजनिति तथा समाजसेवामा जनताको समर्थन पाईने हुनाले अलि बढि समय खर्चनु होला । प्राबृधिक क्षेत्रमा तपाईको क्षमता भरपुर प्रयोग गर्नुहोलाल समयले साथ दिनेछ । आजको लागि ॐ नवदुर्गाय नम मन्त्रको १०८ पल्ट जप गर्नुहोला आजको दिन फलदायि रहनेछ । प्याजी रङ प्रयोग गर्नुहोला । ३ र ७ अंकको प्रयोगले आजको दिन फलदायि रहनेछ । 

बृश्चिक राशि भएका व्याक्तिहरुका लागि बाह्रो भावमा गोचर गर्ने चन्द्रमाले खर्च बढ्न सक्छ ध्यान दिनुहोला । अन्य काम धाति राख्नु राम्रो हुनेछ धने यात्रा तथा बिदेश सँग सम्बन्धित कामहरुबाट आम्दानि बढाउन सकिनेछ । आज कफि रङको प्रयोग गर्नुहोला । ॐ गौरिसुतय नम मन्त्रको १०८ पल्ट जप गर्नुहोला आजको दिन फलदायि रहनेछ । ४ र ९ अंकको प्रयोगले आजको दिन फलदायि रहनेछ । 

धनु राशि भएका व्याक्तिहरुका लागि आए भावमा गोचर गर्ने चन्द्रमाले लामो समयदेखि पुरा गर्न नसकेका कामहरु आज सम्पन्न गर्न सकिनेछ । शिक्षा पेशा तथा सरकारि स्रोत साधनको प्रयोग मार्फत मनग्गे धन सम्पति जोड्न सकिनेछ ।  सुन्तला रङ प्रयोग गर्नुहोला । ॐ सहस्रपादय नम मन्त्रको जप १०८ पल्ट गर्नाले आजको दिन फलदायि रहनेछ ।  ३ र ९ अंकको प्रयोगले आजको दिन फलदायि रहनेछ । 

मकर राशि भएका व्याक्तिहरुका लागि आजको समय उत्तम रहेकोछ । कर्म स्थानमा गोचर गर्ने चन्द्रमाले फाली फलाम तथा हार्डवयेर सँग सम्बन्धित काममा समय दिनेहरुका लागि राम्रो रहनेछ । राजनितिमा प्रयत्न गर्दा पद पाईनेछ भने नयाँ काम पाईने योग रहेकोछ । खरानि रङ प्रयोग गर्नुहोला । ॐ सहस्राक्षाय नम मन्त्रको प्रयोग गर्नाले आजको दिन फलदायि रहनेछ । १ र ४ अंकको प्रयोगले आजको दिन फलदायि रहनेछ । 

कुम्भ राशि भएका व्याक्तिहरुका लागि धर्म भावमा गोचर गर्ने भन्द्रमाले अध्यात्म तथा धार्मिक क्षेत्रमा सहभागि हुन सकिनेछ ।  पढाई लेखाईमा नतिजा तपाईको पक्षमा आउनेछ भने खोज तथा अनुशन्धानको क्षेत्रमा समय दिनुहोला । ॐ कृत्तिवासाय  नम  मन्त्रको १०८ पल्ट प्रयोग गर्नाले आजको दिन फलदायि रहनेछ ।  हरियो रंगको प्रयोग गर्नुहोला २ र ७ अंकको प्रयोगले आजको दिन फलदायि रहनेछ । 

मिन राशि भएका व्याक्तिहरुका लागि अष्टम भावमा गोचर गर्ने चन्द्रमाले ऋण तथा रोगको बृद्धि गराउनेछ ध्यान दिनुहोला । समुन्द्रपारीको यात्राको लागि आजको दिन राम्रो रहेकोछ । पहेलो रङको प्रयोग गर्नुहोला । ॐ अनिश्वराय नम मन्त्रको जप १०८ पल्ट गर्नाले आजको दिन फलदायि हुनेछ । १ र ६ अंकको प्रयोगले आजको दिन फलदायि रहनेछ ।

यूवा ज्योतिषि डिपि भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र

काठमाडौं फोन न.९८०८३०७२७५

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप