सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

७० वर्षीया बृद्धाले यौन सम्पर्क राख्न नमानेको भन्दै हत्या

सोमबार, ०७ साउन २०७५, १७ : ४९
सोमबार, ०७ साउन २०७५

गुल्मी– गुल्मीको चन्द्रकोट गाउँपालिकामा एक पुरुषले बृद्धा महिलासँग यौन सम्पर्कको प्रस्ताव राख्दा  इन्कार गरेपछि बृद्धाको हत्या गरेका छन् । साउन ४ गते छोरा उमेरको पुरुषले मदिराको नशामा आमा उमेरकी ७० वर्षीया बृद्धासँग यौन सम्पर्कको प्रस्ताव राखेको र सो प्रस्तावको इन्कार गरेपछि हत्या भएको प्रहरीले खुलासा गरेको हो ।

चन्द्रकोट गाउँपालिका वडा नम्वर ४, शान्तिपुर, डाँडा बनकी ७० वर्षीया बृद्धालाई सोही स्थानको ४२  वर्षीय गोकुल सार्कीले त्यसरी हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी प्रमुख एसपी अनुरागकुमार द्धिवेधीले जानकारी दिए ।

प्रहरीका अनुसार साँझ ७ बजे सार्कीले बृद्धसँग यौन सम्पर्कको प्रस्ताव राखेका थिए । ती बृद्धाले अस्वीकार गरेपछि उनले कन्चट र छातीमा मुक्का प्रहार गरी हत्या गरेका थिए । बृद्धाको शव सई शिवबहादुर खत्रीको नेतृत्वमा पुगेको प्रहरी टोलीले घटना स्थलमा पुगेर पोष्टमार्टमका लागि सदरमुकाम ल्याएको छ ।

सार्कीलाई पक्राउ गरी थप अनुसन्धान प्रक्रिया अगाडी बढाइएको प्रहरी प्रमुख द्धिवेद्धीले बताए । मृतकका आफन्तका अनुसार बृद्धाका श्रीमानको ९ अघि मृत्यु भएको थियो । सार्की अधिकांश समय तिनै बृद्धाको घरमा काम गर्ने र त्यही बस्ने गर्दै आई रहेका थिए ।

सार्कीका घरमा श्रीमतीसहित चार छोरा र नाती समेत रहेको स्थानीयले बताए । मृतकका भने तीन छोरी र एक छोरा रहेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप