मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

अस्पतालमा एपोइन्टमेन्ट लिन ‘हाम्रो हस्पिटल’ मोबाइल एप्प

आइतबार, ०१ साउन २०७४, १६ : ३०
आइतबार, ०१ साउन २०७४

काठमाडौं–रोग अनुसार चिकित्सक र उपचारका लागि अस्पताल खोज्न सर्वसाधारणलाई सघाउने स्वास्थ्य सम्बन्धी मोबाइल एप्प ‘हाम्रो हस्पिटल’ को नयाँ संस्करण सार्वजनिक भएको छ । 

बिटेक सलुसन प्रालिले हाम्रो हस्पिटल एप्प २०७२ मा संचालनमा ल्याएको थियो । ओम हस्पिटलमा परीक्षणकाल सुरु भई निरन्तर सेवा प्रदान गर्दै यो एप्पको नयाँ संस्करण ल्याएको कम्पनीले जनाएको छ । 

स्वास्थ्य सम्बन्धि लेख, समाचार, टिप्स एंव अन्य महत्वपूर्ण गतिबिधि पनि यस एप्पमा समावेश गरि वेवसाइटको पनि नयाँ संस्करण सुरु गरिएको जनाइएको छ । प्रयोगकर्ताको सहज उपयोगीतालाई ध्यानमा राखि समय अनुकुल मोबाइल एप्पको नयाँ संस्करण गरेको हो । 

हस्पिटल एप्प अझ सरल एवम् अति उपयोगी हुने कम्पनीको विश्वास छ । हाम्रो हस्पिटल एप्पको मुख्य उद्देश्य भनेको प्रयोगकर्तालाई उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्नु रहेको जनाइएको छ । यस एप्पमा हस्पिटल, डाक्टर र औषधिबारे पूर्ण जानकारी रहेको र अस्पतालमा एपोइन्टमेन्ट लिने सुबिधा रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप