बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

राशिअनुसार आजको आफ्नो भाग्य हेर्नुहोस्

बुधबार, ०९ साउन २०७५, ०५ : ३८
बुधबार, ०९ साउन २०७५

आजको राशिफल

वि.सं.२०७५ साल साउन ०९ गते । बुधबार । ईश्वी सन् २०१८ जुलाई २५ तारिख । नेपाल सम्बत् ११३८ । बिरोधकृत् संवत्सर । उत्तरायणं । वर्षा ऋतु । श्रीशाके १९४० । आषाड शुक्ल पक्ष । तिथि त्रयोदशी ३८ घडी ३७ पला,बेलुकी ०८ बजेर ५० मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र मूल ३५ घडी १७ पला,बेलुकी ०७ बजेर ३० मिनेट उप्रान्त पूर्वाषाडा । योग ऐन्द्र १४ घडि ०९ पला,बिहान ११ बजेर ०३ मिनेट उप्रान्त वैधृति  । 

 

करण कौलव,बिहान ०८ बजेर ०१ मिनेट उप्रान्त तैतिल,बेलुकी ०८बजेर ५० मिनेट उप्रान्त गर । आनन्दादिमा ध्वज योग । चन्द्रराशि धनु । प्रदोष व्रत।

काठमाडौंमा सूर्योदय ५ बजेर २४ मिनेट,सूर्यास्त बेलुकी ६ बजेर ५५ मिनेट । दिनमान ३३ घडी ४९ पला । 

 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) यात्रा तथा मनोरञ्जनमा समय खर्च हुनेछ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्रा मार्फत मनग्गे लाभ लिन सकिनेछ । सानो सानो लगानि गर्दा पनि व्यापार व्यावसाय फस्टाएर जानेछ । माया प्रेमको ठोरो कसिनुको साथै घर परिवार तथा आफन्तबाट भनेजस्तो सहयोग पाईनेछ । सरकारी क्षेत्रमा सम्मानजनक सहभागिता रहने योग रहेकोछ । सरकारि तथा प्रशासनिक क्षेत्रमा सेवा गर्नेहरुलो तपाईको काम समयमा काम गर्दिनाले मन प्रशन्न हुनेछ । 

 

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) समय तथा परिस्थितिको राम्रो सँग अध्ययन गरेर मात्र कुनै पनि कामको थालनि गर्नुहोला कामहरु बिग्रने अधिक सम्भावना रहेकोछ । आफन्त तथा आफुले  मन पराएको मानिससँग दुरि बढ्ने योग रहेकोछ । व्यापार व्यावसायमा प्रशस्त समय लगानि गरेपनि आम्दानि थोरै हुँदा आर्थिक व्यावस्थापन गर्न गाह्रो हुँनेछ । अध्ययनमा मन नजादा गुरुवर्ग तथा आफन्तको गालि खाईनेछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला समय मध्ययम छ । 

 

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) लामो दुरिको व्यावसायिक यात्रा हुनेछ भने व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक रुपमा सम्पन्न हुने योग रहेकोछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने जीवन साथिको सहयोग पाईनेछ । अध्ययनमा बिद्यार्थी हरुले चाहेजस्तो नतिजा हात पार्न सक्नेछन् । बिलाशी बस्तुको प्रयोग मार्फत अरुको मन तान्न सकिनेछ । प्रिजजन भेट हुनेछ भने आथित्यपुर्ण सम्मान पाईने योग रहेकोछ ।

 

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) वादबिवाद तथा प्रतिश्पर्धामा  जित निश्चित छ । मुद्दा मामिलामा तथा न्यायलयबाट हुँने निर्णयहरु तपाईकै पक्षमा हुँनेछ । ब्यापार ब्याबसाय फस्टाएर जानेछ । माया प्रेम तथा दाम्पत्य जिवनको गाठो झन् मजभुत भएर जानेछ । कुरा काट्नेहरु प्रशंसा गर्दै हिड्नेछन् । पुरानो रोग निको भएर जानेछ । बिद्यामा सफलता प्राप्त हुँनेछ । मावलि पक्षबाट तपाईको काममा आर्थिक हुँनेछ ।

 

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) आकश्मिक धन तथा सम्पति लाभ हुँने योग रहेकोछ भने शेयर बजार तथा सट्टको व्यावसायबाट प्रशस्त नाँफा कमाउँन सकिनेछ । पढाई लेखाईमा सुधार भएर जानेछ भने शिक्षा क्षेत्रमा गरिएको लगानिबाट मनग्गे धन लाभ हुँनेछ । भौतिक सम्पति तथा बिलाशि बस्तुहरुको प्रयोग गर्न पाईने हुँनाले मन प्रशन्न हुँनेछ । नयाँ ठाउँबाट प्रेम प्रस्ताब आउँने तथा मायामा सामिप्यता बढेर जानेछ । 

 

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा)  घर जग्गा तथा सवारि साधनको खरिदबिक्रि गर्दा ध्यान दिनुहोला घाटा लाग्न सक्छ । बिद्यामा सन्तोष जनक प्रगति भएर जानेछ । राजनिति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । कृषि तथा पशुपालन ब्याबसाय भने फस्टायर जानेछ । आमा तथा आमासरहका मानिस सँग मनमुटाब बढ्नेछ । बिस्वास गरेकाहरु बाट धोका हुँन सक्छ सजक रहनुहोला । बाहिरि बाताबरण सँग जुध्न नसक्दा छाति सम्बन्धि समस्या आउँन सक्छ ।

 

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) छोटो तथा रमाईलो आन्तरिक यात्राको तय हुँनेछ भने सकारात्मक उपलब्धि हात लाग्नेछ । माया प्रेममा सामिप्यता बढ्नेछ भने पति पति बिचको समन्धमा प्रगाडता बढेर जानेछ । उद्योग तथा व्यावसायमा लगानि गरि मनग्गे धन संग्रह गर्न सकिनेछ । खेलकुद तथा यस्तै क्षेत्रमा समय खर्चिने हरुले नाम तथा दाम कमाउँन सकिनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउँने हुँनाले मन प्रशन्न हुँनेछ ।

 

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) अध्ययनमा अभिरुचि बढ्नेछ भने उल्लेख्य सफलता प्राप्त हुँनेछन् । आफन्त तथा परिवारको साथ रहने हुँदा उपलब्धिमुलक कामहरु समयमा नै सम्पन्न हुँनेछन् । होटल तथा रेष्टुरेन्ट व्यावसायमा समय खर्चिने हरुले प्रशस्त नाँफा कमाउँन सक्नेछन् । प्रेममा रमाउँन चाहनेहरुका लागि समयले साथ दिने हुँनाले एक अर्कालाई बिश्वास गर्दै जान सकिनेछ । बोलिको प्रभाव बढ्ने हुँनाले बोलेरै राम्रा कामहरु गर्न सकिनेछ ।

 

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्यापार व्यावसायमा  लगानि गरि प्रशस्त आम्दानि गर्न सकिनेछ । राजनिति तथा समाजसेवामा गरिएको लगानि खेर जाने छैन भने पद पाउँने योगलाई नकार्न सकिदैन । सामाजिक कामहरु समयमा सम्पादन हुँने हुँनाले मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । पारिवारिक माहोलमा दिन बित्नेहुँदा मन प्रशन्न हुँनेछ । प्रेममा सफलता तथा सामिप्यता बड्नेछ । बिद्यामा गरिएको लगानिबाट राम्रै प्रतिफल प्राप्त हुँनेछ ।

 

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आत्मिय मित्र तथा सहयोगिको सहयोग नपाउँदा थालेका कामहरु बिचमा छोड्नु पर्ने हुँन सक्छ । व्यापार व्यावसायमा समय दिन सकिने छैन भने सोचे जस्तो आम्दानि नहुँदा दैनिक खर्च जुटाउँन कुस्किल पर्नेछ । समय प्रतिकुल बन्नेछ भने यहि बेलामा आय आम्दानिका बाटाहरु साँघुरा हुँनेछन् । लामो दुरिको बिदेश यात्राको प्रशस्त सम्भावना रहेकोछ भने बिदेशमा बसेर काम गर्नेहरुले मनग्गे धन आर्जन गर्न सक्नेछन्  । प्रेम प्रशङगमा चिसोपनले जरा गाड्नेछ ख्याल गर्नुहोला ।

 

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)  आफन्त जन तथा दाजुभाईबाट प्रशस्त सहयोग पाईनेछ । माया प्रेममा सामिप्यता बडेर जानेछ । ब्यापार ब्याबसायबाट मनग्गे आम्दानि हुँनेछ । तरल पदार्थ जस्तै हाईड्रो, पानि जस्ता उद्योग ब्याबसायमा लगानि गर्दा उचित प्रतिफल पाईनेछ । सवारि साधन प्राप्तिको गतिलो सम्भावना रहेकोछ । परिवार तथा सन्तानको प्रगतिमा मन प्रशन्न हुँनेछ । बिद्यामा तपाईले गरेको मेहनेत खेर जाने छैन ।

 

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आज गरिएको लगानि फस्टाएरु जने हुँनाले व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ । नयाँ काम खोज्दै हुँनुहुँन्छ भने समयले रोजगार दिलाउँने तथा कामका बढुवा हुँने योग रहेकोछ । पढाई लेखाईमा तपाईको नाम अग्र स्थानमा आउँनेछ । माता पिताको सहयोगले राम्रा कामगरि समाजमा नाम तथा दाम दुवै कमाउँन सकिनेछ । गीत संगित क्षेत्रमा रुचि बढ्ने हुँदा केहि समय रमाईलोतिर पनि समय खर्च हुँनेछ । समयको गतिसँगै अगाडि बढ्न सकिने हुँनाले आर्थिक रुपमा सम्पन्न हुँन सकिनेछ ।

तपाईको दिन शुभ रहोस् । 

यूवा ज्योतिषि डिपि भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र

काठमाडौं फोन न.९८०८३०७२७५

नोट : चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप