आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सांकेतिक ‘शव’ बनाएपछि डाक्टरहरुको बालुवाटार पदयात्रा टिचिङको गेटमा रोकियो (फोटोफिचर)

बिहीबार, १० साउन २०७५, ११ : ३७
बिहीबार, १० साउन २०७५

काठमाडौं– महाराजगञ्जस्थित टिचिङ अस्पतालबाट बालुवाटार जान खोजेका डा. गोविन्द केसी समर्थकलाई प्रहरीले अस्पतालको मुल गेटमै रोकेपछि प्रहरी र केसी समर्थकबीच धकेलाधकेल भएको छ । 

त्यसपछि प्रहरीले १५ डाक्टहरुलाई गेटबाटै पक्राउ गरेर लगेको छ ।

डा. केसीका माग पूरा गराउन दबाब स्वरुप केसी समर्थक डाक्टरहरु बिहीबार बिहान टिचिङ अस्पतालमा भेला भएर र्यालीसहित बालुवाटार जाने तयारी गरेका थिए ।

तर, प्रहरीले र्यालीलाई मुल सडकबाट जान नदिएपछि केहीबेर भनाभन भएको थियो । प्रहरीसँगको भनाभन पछि केहीबेर केसी समर्थक सडकमै बसेर अवरोध गरेका थिए ।

अहिले केसीपक्षको प्रदर्शनका कारण नारायाण गोपाल–टिचिङ सडकखण्ड अवरुद्ध छ ।  सडक अवरोध भएपछि उनीहरुलाई प्रहरीले अस्पताल परिसरतर्फ जान आग्रह गरेको थियो ।

प्रहरीको आग्रह नमानेपछि प्रदर्शनकारीलाई प्रहरीले धकेल्दै अस्पतालतर्फ लगेको थियो । डाक्टरहरुले प्रदर्शन जारी राखेपछि उनीहरुलाई पक्राउ गरिएको थियो ।

सो क्षेत्रमा प्रशासनले उल्लेख्य सङ्ख्यामा प्रहरी तैनाथ राखेको छ ।

सरकार र डा.केसी पक्षधरबीचको वार्ता असफल, डा.केसीको ज्यान जोखिममा पारेको आरोप

तस्विर : सुवास श्रेष्ठ
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप