सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

फलाएरै छाडे रिडीका युवाले बगरमा तरकारी !

बिहीबार, १० साउन २०७५, ११ : ५२
बिहीबार, १० साउन २०७५

गुल्मी–गुल्मीको रिडी बजारमा यति बेला लटरम्म फलिरहेको तितेकरेलाहरु । जुन स्थान गत माघ महिनासम्म बालुवा उडेर उभिनै नसक्ने वगर थियो ।  त्यति वेला सम्म त्यो स्थान गुल्मीको रिडी वजारको फोहोर र अनावश्यक  वस्तु मिल्काउने डम्पिङ्ग साइड थियो ।

    जब गत माघे सक्रान्तिको साताव्यापी रिडी मेला सकियो ।  तब रिडी बजारका  केहि युवाहरुले त्यहाँ प्रयोग गरिएका स्टलका बाँस र जस्तापाता दोहोरो प्रयोग कसरी गर्ने ? भन्ने बारे  विचार विमर्श गरे  ।
   रिडी वजारमा युवा उजिर खान नयाँ नयाँ  प्रयोगको तरकारी खेती गर्नमा विगत लामो सयम देखि शौखिन ब्यक्ति हुन् ।

  यसअघि दुई तीन वटा तरकारी फम खोलेर अनुभव संगालेका उनले त्यस वगरमा पनि तरकारी फल्न सक्ने साथी भाइबीच चर्चा चलाए ।   वर्षौँअघि खोलाले नबगाउनु पुर्व त्यो वगर  लहलह धान फल्ने खेत थियो ।
  माथी पो वगर छ  तल गहिराईमा पुग्ने हो भने त उर्वर भुमि नै छ भन्ने चर्चा ब्यापक रुपमा चलाए त्यहाँका १४ जना  युवाले । त्यसका लागि जिल्लामा डोप खन्ने मेशिन भित्र्याए । त्यस मेशिनले   तिते करेला रोप्ने डोव खन्न  थालियो ।

   माघेसक्रान्ति मेलामा प्रयोग भएका स्टलहरुका जस्तापाताहरुले कम्पाउण्ड बार बन्देज गरियो । कपाउण्ड भित्र बाँस गाडेर माथि छत समेत बाँस कै बनाईयो । मेशिनले वगरका धेरै तल रहेको तत्कालिन खेतको उर्वरभूमिसम्म डोवहरु बनायो ।

  मान्छेका उर्वर खेत र वारी बाँझै भई रहेका वेला बुढापाकाहरुले उल्लाउन समेत थाले युवाहरुलाई ।  तर, ९ वर्ष सम्म वैदेशिक रोजकारको अनुभव संगालेका अर्का युवा प्रेम भण्डारीले मेशिन चलाएर डोव पार्न थाले करिव ४ सय बोट तिते करेलाका ।

 भण्डारी भन्छन्–‘ यो हाम्रो नौलो  प्रयोग थियो ।  तर त्यति बेला धेरैले हामीलाई खिस्याए ।  बगरमा पनि खेती ? भनेर उल्ल्याए । तर उनीहरुले  बालुवामा उम्रिदैन भन्थे उमारेरै छाड्यौं । फुल्दैन भन्दै फुलाएरै छाड्यौं र फल्दैन भन्थे फलाएरै छाड्यौं । ’

उनले थपे–‘ त्यस्तै ४–५ क्विटल जति बेचिसक्यौं र बेच्दै पनि छौं, अर्गानिक तितेकरेला भएकाले मूल्य पनि रामै दिएका छन् ।  आगमी माघ महिना पछि फेरी थप वगर विस्तार गर्ने सोचमा छौ । ’

१४ जना युवाहरु मध्येका उजिर खान भन्छन् –‘ हिजो डम्पीङ्ग साइडका रुपमा रहेको खाली वगर र माघे सक्रान्ति मेलाका बाँस र जस्ता पातको प्रयोग पनि भयो । टाइम पासका लागि क्यारम्वोट र तास खेल्ने युवाहरुले काम पाउँदा धेरै राम्रो भएको छ , हामी खुशी छौं यो नौलो प्रयोग सफल भएकोमा ।’

 उनले डोव खन्ने उक्त मेशिना पनि जिल्लामा पहिलो पटक भित्रिएको र त्यसले धेरै छोटो खन्ने बताए  । उनले सन्तोष ब्यक्त गर्दै भने –‘ करिव सवा लाख जति हामीले खर्च गरेका छौं । पहिलो सिजनमा घाटा नै परे पनि बगरमा तरकारी फलाउन सफल भएकोमा आनन्द मिलेको छ । ’ 

 करिव ६ रोपनी क्षेत्रफलमा लहलह तितेकरेला फलेको देखेर हिजो खिस्याउने वुढापाकहरु प्नि अचम्मित हुँदै ठिकै गरेका रहेछन् भनेर भन्न थालेका छन ।
 

  रुरु गाउँपालिका वडा नम्वर १ मा पर्ने रिडी बजारका युवाहरुले त्यसरी बगरमा तरकारी खेती गरेर देखाएकोमा गाउँपालिकाले उनीहरुलाई थप प्रोत्साहित  गर्ने जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप