बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

आज राति खग्रास चन्द्रग्रहण लाग्ने, यि राशि भएका व्याक्तिलाई लाभ मिल्ने

शुक्रबार, ११ साउन २०७५, ०८ : ०९
शुक्रबार, ११ साउन २०७५

काठमाडौं - २०७५ साल साउन ११ गते राति  पूर्णिमा तिथिका दिन तदनुसार २०१८ जुलाई २७/२८ मा खग्रास चन्द्र ग्रहण लाग्नेछ । एक्काईसौ शताब्दिको सबैभन्दा लामो चन्द्रग्रहण नेपाल लगाएत भारत, एशिया, रुस, युरोप, अस्ट्रेलिया,  लगायत केहि अफ्रिका र उत्तरी अमेरिका सहित विश्वका अधिकांश ठाउँबाट देखिनेछ । केहि समय फिक्का रातो र केहि समय पुरै रातो देखिने भएकोले यसलाई ब्लडमुन पनि भनिएकोछ । यो संयोग लगभग १०० वर्षपछि आएको हो । 

नेपाली समय अनुशार रातको १२ बजेर ९ मिनेटमा स्पर्श हुन्छ र रातको १ बजेर २५ मिनेटदेखि खग्रास चन्द्रग्रहण सुरु भई रातको २ बजेर ८ मिनेटमा मध्य हुदै २ बजेर ५९ मिनेटमा सकिने खग्रास चन्द्रग्रहण १२ गते बिहान ४ बजेर ६ मिनेटमा मोक्ष हुनेछ । खग्रास चन्द्रग्रहणको अवधि १ घण्टा ४४ मिनेटको हुनेछ । 

साउन ११ गते नेपाली समय अनुशार दिउँसो ३ बजेर ९ मिनेट देखि बालक, बृद्ध, रोगी तथा गर्भवती महिलाहरू बाहेक अरुलाई भोजन निषेध गरिएको छ । ग्रहणको समयमा भोजन निषेध हुनुका साथै पकाउने, काट्ने, बिभिन्न औजारको प्रयोग गर्ने, भूमी खनन गर्ने, शुभ कार्यको प्रारम्भ गर्ने, मलमूत्र त्याग गर्ने, कपाल कोर्ने, दन्तमञ्जन गर्ने, चेक तथा अन्य महत्त्वपूर्ण निर्णयहरु  आदिमा हस्ताक्षर गर्ने कार्य तथा देवताहरूको मूर्ति तथा तुलसीको वृक्ष स्पर्श गर्ने कार्य पूर्णरुपले निषेध गरिएको छ ।यसका साथै विशेषगरी ग्रहणको समयमा गर्भवती महिलाहरू घर बाहिर निस्कनु हुँदैन, यदि निस्कनै परेमा तुलसीपत्र, कुश, चन्दन साथमा राखेरमात्र घर बाहिर निस्कनु पर्दछ । 

ग्रहणको समयमा तन्त्र मन्त्रको जप गर्ने,ध्यान गर्ने तथा आफ्नो जन्म कुण्डली अनुशार कुन दशा ग्रह चलेको छ त्यसको जप शान्ति गर्नाले हजारौ गुण फल मिल्ने शाश्त्रमा उल्लेख गरिएकोछ ।  ग्रहणको समयमा बिभिन्न शाश्त्र जस्तै चारवेद, पुराण,गिता तथा उपनिशद जस्ता शाश्त्रको अध्ययन तथा मनन गर्नु लाभदायक हुनेछ । 

ग्रहणको समयमा हामी बस्ने ठाउँमा बिकिरण तथा नकारात्मक उर्जा तथा किरण घरभित्र प्रवेश गर्ने हुनाले खानेकुराहरु पकाएर खाने तथा राख्नु हुदैन । बाल बच्चा,बृद्ध तथा अशक्तहरुको लागि राख्नै परे घरको मुल गेटमा तथा खानेकुराको छेवैमा गाईको गोवर राख्नाले ग्रहणबाट आउने बिकिरण तथा नकारात्मक उर्जा रोक्दछ । 

उत्तरषाढा र श्रवण नक्षत्रमा परेको हुनाले कम्तिमा ६ महिना उत्तरषाढा र श्रवण नक्षत्रमा शुभ तथा मांगलिक कार्य बर्जित छ ।  उत्तरषाढा र श्रवण नक्षत्रमा जन्मने व्याक्तिहरुका लागि र मकर राशिमा ग्रहणको योग परेककाले विशेषगरी मकर राशि तथा मकर लग्न भएका जातकलार्इ प्रतिकूल हुने देखिन्छ ।

१२ राशि भएका व्याक्तिहरुका लागि ग्रहण फल एस प्रकार रहेकोछ । 

मेष : सुख 

वृष : माननाश वा मानहानी हुने 

मिथुन :  कष्ट हुने 

कर्कट : स्त्री पीडा 

सिंह : सुखदायी हुने 

कन्या : चिन्ता बढ्ने 

तुला : व्यथा बढ्ने

बृश्चिक : श्री प्राप्ति हुने

धनु : क्षति हुने

मकर : घात हुने

कुम्भ : खर्च बढ्ने

मीन : लाभ हुने

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप