सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

‘फिल्म क्षेत्रबाटै प्रेमको अफर धेरै आउँछ तर प्रेममा  अल्झिन सक्दिनँ’

शुक्रबार, ११ साउन २०७५, १२ : ५५
शुक्रबार, ११ साउन २०७५

सुजाता थापा चलचित्र क्षेत्रमा भर्खर पाइला बढाउँदै गरेकी अभिनेत्री हुन् । केही समय अघि प्रदर्शनमा आएको चलचित्र ‘स्वर्ग मेरो गाउँ’ बाट अभिनयमा होमिएकी थापाको दोस्रो चलचित्र ‘झमकबहादुर’ १८ साउनबाट प्रदर्शनमा आउँदैछ । चलचित्रको प्रदर्शन मिति नजिकिएसँगै उनी पनि चर्चामा छाउन थालेकी छन् । चलचित्रको प्रचारप्रसारले पनि उनको चर्चा चुलिएको हो । अहिले स्नातक पहिलो वर्षमा अध्यनरत उनीसँग करिब आधा दर्जन म्युजिक भिडियो अभिनय अनुभव पनि छ । ५ फिट ५ इन्च हाइट भएकी थापा निकै हँसिली छिन् । अध्यात्मिक कुरा सुन्न र ध्यान गर्न रुचाउने उनी मानिसले हर हमेसा सकारात्मक सोच राख्नुपर्ने बताउँछिन् । सकारात्मक सोचले मानिसलाई प्रगतीको पथमा हिँडाउने धारणा राख्ने सुजातासँग रातोपाटीको दश प्रश्न ।

‘झमकबहादुर’ का कारण चर्चामा हुनुहुन्छ, होइन त ?

– हो । चलचित्रको प्रदर्शन मिति नजिकिएसँगै प्रचार प्रसार पनि राम्रो भइरहेको छ । प्रचार प्रसारले गर्दा चलचित्रको चर्चा त छ नै सँगसँगै मेरो पनि चर्चा भइरहेको छ । यो मेरो दोस्रो चलचित्र हो । मैले जानेसम्म र सकेसम्म राम्रो अभिनय गर्ने कोसिस गरेकी छु । चलचित्र पनि राम्रो बनेको छ । परिणाम पनि राम्रो आउने आश छ ।

सौदर्यमा रुचि त पक्कै होला नि ?

– केही अगाडिसम्म सौदर्यमा म त्यति ध्यान दिन्नँ थिए । किनभने त्यतिबेला म अस्पतालमा काम गर्थेँ । अहिले अभिनयमा आएपछि भने सौदर्यमा ख्याल राख्न थालेकी छु । क्रिम, पाउडर, गाजल र सुहाउँदो लिपिस्टिक लगाउन मनपर्छ । केटी मानिस हुँ । ठाँटिएरै हिँड्नुपर्छ भन्ने लाग्छ । हेयर स्टायल साधारण मनपर्छ ।

आफूलाई कसरी फिट राख्ने ?

– फिट रहने धेरै उपाय छन् । योग, ध्यान, जिम, आदि । म चाँहि योग गर्छु । नियमित योगा र बेला बेलामा ध्यानले मलाई अहिलेसम्म फिट राखेको छ ।

फेसन तिर रुचि छ कि छैन ?

– किन नहुनु । छ नि । चलेको फेसनको फलो गर्ने गरेकी छु । मलाई कुर्ता सुरुवाल पनि सुहाउँछ । वान पिस र गाउनले मलाई  हट एण्ड सेक्सी देखाउँछ ।

फुर्सदको समय ?

– किताबहरु अध्ययन गर्छु । नयाँ ठाउँहरु घुम्छु । मलाई उपन्यास मनपर्छ ।  

मनपर्ने गीत संगीत ?

– रोमान्टिक गीत संगीत सबै मनपर्छ । बजारमा आएका धेरै गीत संगीतले मेरो मनछुने गरेको छ । जसले मन छुन्छ त्यो नै बढी सुन्छु ।

मनपर्ने केटा ?

– इमान्दार, मिहिनेती, सबैलाई सम्मान गर्ने, अरुको कामलाई सम्मान गर्ने हौसला बढाउने, संस्कारी केटा मनपर्छ ।

प्रेम छ कि छैन ?

– अहिलेसम्म छैन । अहिले करियर बनाउने दौडमा छु । त्यसैले प्रेममा  अल्झिन सक्दिनँ । प्रेमका अफर त धेरै आउँछ । बाहिरको मात्र होइन, फिल्म क्षेत्रबाटै पनि प्रेमको अफर धेरै आउँछन् । तर म प्रेममा सिरियस छैन ।  

डेटिङ प्लेस ?

एकान्त, प्राकृतिक सौदर्यले भरिएको, जहाँ सुनसान होस्, चरा चुरुङ्गीको आवाज सुनियोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप