सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मुस्लिम महिला हज गर्न जाँदा हिन्दु महिलाले रोएर विदाई गरे

शुक्रबार, ११ साउन २०७५, १८ : ४७
शुक्रबार, ११ साउन २०७५

गुल्मी–मान्छेले  मान्ने ईश्वर र गुरु फरक होलान् । मन्दिर,मस्जिद र चर्चहरु फरक होलान् तर मान्छेको मन उहि रहेछ । मानवियता र आत्मियता जात–जातबीच र धर्म धर्मबीच फरक रहेनछ । आज गुल्मीको सदरमुकाम तम्घासमा देखिएको दृश्यले यहि कुरा स्पष्ट पारेको छ ।

यहाँबाट मुस्लिम समुदायकी एउटी बृद्धा महिला र उनका छोरा सउदी अरबमा हर्ज गर्न जानका लागि विदाई कार्यक्रम थियो । अर्घाखाँची पुर्खेयौली घर भई ३२ वर्षदेखि सदरमुकाममा ब्यवसाय गर्दै स्थायी वसोवास समेत गर्दै आई रहेकी ६४ वर्षीया खातिजा बेगम सुहानी, उनका जेठा छोरा जिउल्ला वेगम सुहानी हर्ज गर्नका लागिसाउन १६ गते काठमाण्डौंबाट साउदी अरव उड्दैछन्  ।

त्यसका लागि आज विहानैदेखि मस्जिदमा  सामुहिक भोज भतेरपछि  यहाँका मुिस्लम समुदायले आफ्नो धार्मिक विधि अनुसारको विदाई कार्यक्रम आयोजना गरेका थिए ।  विदाई गर्ने बेलामा सोही समुदायले मात्र नवाज पढेर अँगालो हाल्दै र आँशु झार्दै विदाई गरेपनि भिमचोकमा विदाइको पुष्पा दिन कुरेर बसेका हिन्दु र वौद्ध धर्म मान्ने समुदायका महिला र पुरुषहरुका आँखामा समेत आँशु बग्ने स्थिति बन्यो । भिमचोकमा पसल गर्ने सिता पाण्डे  ती आमा छोरालाई विदाई गर्न आउँदै गर्दा उनको आँखाबाट आँशु बगिरहेका थिए । आमा... राम्रै सञ्चै हज गरेर आउनु होला , स्वास्थ्यको ख्याल गर्न होला भन्दै उनले हाम हालिन ।

उताबाट झविन्द्र सुनार र उनकी श्रीमती गंगा सुनार  पनि आँशु खसाउँदै उनीहरुलाई खादा र पुष्पागुच्छाले विदाई गर्दै थिए । ३२ वर्षअघि करिव ३० हजारका चुरा बेच्न बसेकी भिमचोककी खिमकुमारी श्रेष्ठको त्यति वेलाको कच्ची घरको एउटा साँघुरो कोठाबाट जीवनको यात्रा सुरु गरेकी थिइन् सुहानीले ।

अहिले सदरमुकाम तम्घासमा व्यस्त सडक छेउमा चारतले पक्की घरकि मालिक बनेकी छन् उनी । लाखौंको कारोवार गर्ने तिन तिन वटा फेन्सी पसलकी मालिक पनि भईन उनी । आज  हर्ज गर्न गुल्मीबाट दोश्री महिलाको अवसर समेत पाएकी उनी विगतको त्यो दुःख कष्ट सम्झिँदा रोइन् ।
 
सुहानीका ५० वर्षीय छोरा श्रेष्ठ परिवारसँग हिजो डेरा बस्ने ताकाको बालापनमा जस्तै दुधे वालकका रुपमा प्रस्तुत भइरहेका थिए । बृद्धा सुहानीलाई फेरि महेशकुमार श्रेष्ठका तोते बालकलाई चुम्न मन लाग्यो । वुहारीको काँखमा थिए, ती तोते बालक  धैरेबेरसम्म चुम्दै बुहारीलाई आशिवाद दिइन् उनले । सो दृष्यलगत्तै ती आमाछोरा गाडीमा चढेर काठमाडौंतिर लाग्दा हिन्दु, मुस्लिम संगै उभिएर आँशु बगाउँदै  थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप