बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

राशिअनुसार आजको आफ्नो भाग्य हेर्नुहोस्

शनिबार, १२ साउन २०७५, ०५ : ४१
शनिबार, १२ साउन २०७५

आजको राशिफल

वि.सं.२०७५ साल साउन १२ गते । शनिबार । ईश्वी सन् २०१८ जुलाई २८ तारिख । नेपाल सम्बत् ११३८ । बिरोधकृत् संवत्सर । उत्तरायणं । वर्षा ऋतु । श्रीशाके १९४० । श्रावण कृष्ण पक्ष । तिथि प्रतिपदा ५३ घडी ०९ पला,रातको ०२ बजेर ४१ मिनेट उप्रान्त द्वितीया । नक्षत्र श्रवण ५४ घडी २० पला,रातको ०३ बजेर ०९ मिनेट उप्रान्त धनिष्ठा । योग प्रिती १८ घडि २४ पला,दिउसो १२ बजेर ४७ मिनेट उप्रान्त आयुष्मान । करण वालव,दिउसो १ बजेर ४२ मिनेट उप्रान्त कौलव ,रातको ०२ बजेर ४१ मिनेट उप्रान्त तैतिल । 

 

आनन्दादिमा स्थिर योग । चन्द्रराशि मकर । श्रावण कृष्ण पक्ष आरम्भ । 

काठमाडौंमा सूर्योदय ५ बजेर २५ मिनेट,सूर्यास्त बेलुकी ६ बजेर ५४ मिनेट । दिनमान ३३ घडी ४१ पला । 

 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) नया काम पाउँने तथा नोकरिमा बढुवाको प्रशस्त सम्भावना रहेकोछ । व्यापार व्यावसायमा लगानि गरि मनग्गे आम्दानि गर्न सकिनेछ भने नया प्रकृतिको काम गर्ने बाताबरण बन्नेछ । पढाई लखाईमा तपाईको नाम अग्र स्थानमा आउनेछ । आमा बुवाको सल्लाह तथा सुझाबलाई आत्मसाथ गर्दै अगाडि बढ्दा मनग्गे लाभ लिन सकिनेछ । सरकारी तथा  प्रशासनिक कामहरु समयमा सम्पादन हुदा मन प्रशन्न हुनेछ ।

 

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) आफ्नो रितिरिवाज जोगाउने काममा समय खर्च हुँनेछ । सामाजिक काम गरि समाजमा नाम तथा दाम दुबै कमाउँन सकिनेछ । पढाई लेखाईमा सुधार भएर जाने तथा आफन्तहरुलाई खुसि पार्न सकिनेछ । नयाँ काम पाउने तथा बढुवा हुँने योग रहेको छ । व्यापार व्यावसायमा लगानि वढाई प्रसस्त नाँफा कमाउँने समय रहेको छ । प्रेम प्रशङगमा रमाउँन चाहनेहरुका लागि दिन उत्तम रहेकोछ ।

 

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) व्यापार व्यावसायमा भनेजस्तो आम्दानि नहुँने तथा घर परिवार तथा पति पत्निबिच घरायसि कुरामा विवाद सिर्जना हुँनेछ । गोप्य सुचनाहरु बहिरिने हुँदा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहने छैन । मनोबल कमजोर हुँने हुँनाले बिद्या तथा प्र्रतिश्पर्धामा अरु भन्दा पछि परिनेछ ।

 

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यापार व्यावसाय फस्टाएर जाने हुँनाले मनग्गे धन तथा धातु संग्रह गर्न सकिनेछ । पढाई लेखाईमा सफलता प्राप्त हुँनेछ भने अध्ययनकै लागि राम्रो स्थानमा स्थानान्तरण हुँने अधिक सम्भावना रहेकोछ । माया प्रेममा एक अर्काको भावना बुझ्न सकिने हुँदा एउटै बाटो हिड्न सकिनेछ । भौतिक सम्पति जुट्नुको साथै बिलाशि जीवन व्यातित गर्न सकिनेछ ।

 

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) न्यालयबाट हुँने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुँनेछन् भने सत्रुलाई परास्त गर्ने उपाए फुर्नेछ । पुराना रोग तथा ऋणबाट मुक्त भई नयाँ काम गर्ने अवसर प्राप्त हुँनेछ । व्यापारमा लगानि गरि मनग्गे धन आर्जन गर्न सकिने तथा परिवारका आवस्यक्ताहरु पुरा गर्न सकिनेछ । अध्यानमा प्रतिष्पर्धिहरुलाई साईड लगाउँदै एक दुई कदम अगाडि बढ्न सकिनेछ । नया ठाउँबाट प्रेम प्रस्ताब आउँने तथा प्रेमका कोपिलाहरु पक्रिएर जानेछन् ।

 

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) पढाई लेखाईमा शुक्ष्म तरिकाले गरिएको अध्ययनले सकारात्मक नतिजा ल्याउन सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रबाट आउने आम्दानिले आर्थिक अवस्था मजभुत हुनेछ । आफ्नो मानिसबाट भनेजस्तो सहयोग पाईने हुनाले मन प्रशन्न रहनेछ । प्रेममा एक अर्कालाई बिश्वास गर्न सकिने हुनाले आत्मियता बढेर जानेछ । सन्तान पक्षबाट भनेजस्तो सहयोग तथा सल्लाह पाईने तथा बंश बृद्धिको गतिलो योग रहेकोछ । 

 

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) सामाजिक पद पतिष्ठा प्राप्त भएपनि भनेको समयमा काम गर्न नसक्दा आलोचना खेप्नुपर्नेछ । पढाई लेखाईमा समय दिएपनि चाहेजस्तो सफलता प्राप्त नहुँदा मन खिन्न हुँनेछ । आमा वा आमा सरहका मानिसबाट टाडिएर लामो दुरिको यात्रा हुँने अत्याधिक सम्भावना रहेकोछ । कृषि शहकारि व्यावसायलाई नयाँ तरिकाले बिस्तार गरि मनग्गे लाभ लिन सकिनेछ भने अन्य व्यावसाय मन्दी आउँनेछ ।

 

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) बादबिवाद तथा प्रतिस्पर्धामा तपाईकै जित हुँनेछ भने मुद्दा मामिला तथा न्यालयबाट हुँने न्याय सम्पादन तपाईकै पक्षमा हुँनेछन् । दाजुभाई तथा छिमेकिसँगको सम्बन्ध सुदृड भएर जानेछ । बिद्या बिद्यार्थीहरुले सफलता प्राप्त गर्न सक्नेछन् । छोटो तथा रमाईलो यात्राको तय हुँनेछ । माया प्रेम तथा पति पत्नि बिच बिश्वासको बाताबरणमा थप प्रगाडता आउनेछ । जिवन शैलिमा सुधार हुनुको साथै समयको महत्व बुझ्दा अगाडि बढ्न सहज हुँनेछ ।

 

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आफन्त तथा परिवारका सदस्यहरु तपाईको कामदेखि खुसि हुँनेछन् । सभा सभारोहमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ । व्यापार व्यावसाय फस्टाएरु जाने हुँनाले आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ । बोलिको प्रभाव बढ्ने हुँदा बोलिकै भरमा कामहरु हुँनेछन् । कार्यक्षेत्रमा तपाईको निर्णयको उच्च कदर हुँनेछ ।

 

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) समयमा कामहरु सम्पन्न हुँने तथा अरुको काम गरि नाम तथा दाम दुवै कमाउँन सकिनेछ । व्यापार व्यावसायमा प्रसस्त नाँफा कमाउँन सकिनेछ भने लगानि गर्ने बाताबरण बनाउँन सकिनेछ । तपाईको लुवाई ख्वाई देखेर सबैजना मोहित हुँनेछन् । माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रशन्न हुनेछ । सामाजिक काम गरि समाजमा सम्मानित हुँने योग रहेकोछ ।

 

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउँन सक्छ खानपानमा ध्यान दिनुहोला । व्यापार व्यावसायमा बैदेशिक क्षेत्रसँग सम्बन्धित कारोबार फस्टाएर जानेछ भने बेदेशिक यात्राको तय गर्न सकिनेछ । परिवार तथा आफन्तजन तपाईदेखि टाडिनेछन् । राज्यबाट दण्ड तथा जरिवाना हुँन सक्छ काम गर्दा सजक भएर गर्नुहोला । माया प्रेममा धोका हुँनेछ । अनाबस्यक ठाउँमा बल प्रयोग हुँनुको साथै बिद्या तथा प्रतिश्पर्धामा अरु भन्दा पछि परेको भान हुँनेछ ।

 

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आउने आम्दानिले उत्साह जगाउनेछ । पानी तथा खनिज पदार्थको व्यावसायबाट मोटो रकम हात लागि हुने योग रहेकोछ । प्राकृतिक स्रोत तथा पैत्रिक सम्पतिको प्रयोग गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । पढाई लेखाईमा अरुभन्दा अग्र स्थानमा तपाईको नाम आउनेछ भने शिक्षा क्षेत्रसँग सम्बन्धित काममा बिषेश रुचि बढ्नेछ । 

 

तपाईको दिन शुभ रहोस् । 

यूवा ज्योतिषि डिपि भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र

काठमाडौं फोन न.९८०८३०७२७५

नोट : चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप