सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

गुल्मीमा एक लाख घुस सहित सव–इञ्जिनियर रंङ्गेहात पक्राउ

शनिबार, १२ साउन २०७५, ११ : ०१
शनिबार, १२ साउन २०७५

 गुल्मी– गुल्मीको एक सडकमा काम गर्न सेवाग्राहीबाट एक लाख घुस लिँदै  गरेको अवस्थामा सब इन्जिनियर रंङ्गेहात पक्राउ परेका छन् ।

तम्घास सिमलटारी प्युठान सडक आयोजनामा काम गर्ने सव ईञ्जिनियर प्रकाश झा अख्तियार दुरुपयोग अनुसन्धान आयेग  क्षेत्रिय कार्यालय बुटवलको टोलीद्धारा आज विहान  पक्राउ परेका हुन् ।

सदरमुकाम तम्घासको बसपार्कमा डेरा गरी बसेका उनले शनिवारको दिन पारेर निर्माण कार्यमा संग्लग्न ब्यवसायीलाई  ‘रनिङ्ग विल’ भुक्तानीका लागि एक लाख घुस मागी भुक्तानी दिन बोलाएका थिए ।

उक्त कुराको सुचना प्राप्त गरी वुटवलबाट आएको टोलीले कोठाबाटै पक्राउ गरेको हो । 

तम्घास सिमलटारी प्युठान सडक आयोजना पिज गर्ने क्रममा अर्खलेमा केहि महिना अगाडी कम गुणस्तरको काम भई रहेको भन्दै स्थानियले विरोध गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप