बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

राशिअनुसार आजको आफ्नो भाग्य हेर्नुहोस्

सोमबार, १४ साउन २०७५, ०६ : ०२
सोमबार, १४ साउन २०७५

आजको राशिफल

वि.सं.२०७५ साल साउन १४ गते । सोमबार । ईश्वी सन् २०१८ जुलाई ३० तारिख । नेपाल सम्बत् ११३८ । बिरोधकृत् संवत्सर । उत्तरायणं । वर्षा ऋतु । श्रीशाके १९४० । श्रावण कृष्ण पक्ष । तिथि तृतीया,अहोरात्र । नक्षत्र धनिष्ठा,० घडी १९ पला,बिहान ५ बजेर ३४ मिनेट उप्रान्त शतभिषा । योग सौभाग्य २० घडि ५२ पला,दिउसो १ बजेर ४७ मिनेट उप्रान्त शाोभन । करण वणिज,बेलुका ५ बजेर १६ मिनेट उप्रान्त भद्रा । 

 

आनन्दादिमा शुभ योग । चन्द्रराशि कुम्भ । पञ्चक । 

काठमाडौंमा सूर्योदय ५ बजेर २६ मिनेट,सूर्यास्त बेलुकी ६ बजेर ५३ मिनेट । दिनमान ३३ घडी ३६ पला । 

 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सरकारि तथा पैत्रिक धन सम्पति हात लागि हुँने सम्भावना रहेको छ भने व्यापार व्यावसायमा लगानि गरि आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । पढाई लेखाईमा सुधार हुँने हुनाले अरु भन्दा अगाडि बढ्न सकिनेछ । ईच्चा आकांक्षा तथा मनोकामना पुरा हुँने समय रहेको छ । दाजुभाई तथा आफन्तबाट भने जस्तो सहयोग हुँने हँनाले दैनिकी सहज मार्गमा अगाडि बढ्नेछ । सवारि साधन तथा अन्य सम्पतिहरु लाभ हुँने योग रहेकोछ ।

 

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) राज्यबाट अनाबस्यक झै झमेला भोग्नु पर्नेछ भने सेवा प्रबाह गर्नेहरुले तपाईको काम समयमा नगर्दिनाले महत्वपुर्ण उपलब्धि गुम्न सक्छ । व्यापार व्यावसाय खस्केर जानेछ भने आम्दानिका स्रोतहरु साघुरा भएर जानेछन् । अध्ययन अध्यापनमा मन नजाने हुँनाले उपलब्धि अरुकै पोल्टोमा पर्नेछ । माया प्रेममा सामान्य अबिश्वास सिर्जना हुँने योग रहेकोछ । आफ्नो धन सम्पतिमा अरुले नै अधिकार जमाउँन खोज्नेछन् ध्यान दिनुहोला ।

 

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) भाग्लेले साथ दिनेहुँदा सानो प्रयत्नले ठुलो काम बन्नेछ । धर्म तथा अध्यात्मतिर ध्यान जाने हुँनाले शरिरले सकारात्मक उर्जा ग्रहण गर्नेछ । आफन्तहरुको सहयोगले उपलब्धिमुलक कामहरु बन्नेछन् भने दैनिकीलाई सहज रुपमा परिणत गर्न सकिनेछ । लामो दुरिको धार्मिक तथा अध्ययन यात्राको अधिक सम्भावना रहेकोछ । नयाँ काम गरि आम्दानिका स्रोत बढाउँन सकिनेछ । प्रेममा सामिप्यता बढेर जानेछ । 

 

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) ऋण,रोग तथा संकटको सामना गर्नुपर्नेछ भने यहि बेलामा आयस्रोतका बाटाहरु साघुरा हुँनेछन् । व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेकोछ । खानपानमा बिशेष ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्याले सताउँन सक्छ । प्रेम प्रशङगमा रमाउँन चाहनेहरुका लागि समयले साथ दिनेछैन । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । 

 

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) काममा अनयासै हस्तक्षेप गर्नेहरुलाई किनारा लगाउँदै अगाडि बढ्न सकिनेछ । अदालति निर्णयहरु तपाईकै पक्षमा आउँनेछन् भने बिवादित बिषयहरु आफ्नै पक्षमा फैसला गराउँन सकिनेछ । अध्ययनमा प्रगति भई भनेजस्तो नतिजा हात लगाउँन सकिनेछ । व्यवसाय फस्टाएर जानेछ भने आम्दानिका स्रोतहरु फराकिला हुदै जानेछन् । प्रेम तथा मित्रताको बन्धन कसिलो हुँनेको साथै जीवनसाथिको हरेका पाईलामा समर्थन पाईने योग रहेकोछ ।

 

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) व्यापार व्यावसायमा लगानि गरे अनुशार प्रतिफल प्राप्त नहुदा आर्थिक रुपमा कमजोर भएको महशुष हुनेछ । स्वास्थ्य सम्बन्धि समस्या आउने तथा दैनिक खर्च बढेर जानेछ । पढाई लेखाईमा कमजोरि हुने तथा अरु भन्दा पछि परिनेछ । माया प्रेममा नजिक हुन खोजे पनि एक अर्काको भावना नबुझ्दा मनमुटाब बढ्नेछ । न्यायिक निर्णयहरु तपाईको पक्षमा नआउने हुनाले आजको दिन कुनै पनि बिवादमा सामेल नहुनु होला ।

 

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) पढाई लेखाईमा मन जाने हुँनाले प्रतिष्पर्धिहरुलाई पछि छोड्दै एक कदम अगाडि बढ्न सकिनेछ । माया प्रेमका कोपिलाहरु फक्रिएर जानेछन् भने नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउँनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आकस्मिक धन सम्पति हात लागि हुँने योग रहेकोछ । पदिए दायित्व बढ्ने तथा काम गर्ने ठाउँमा तपाईको काम गर्ने शैलिको धेरैले प्रशंसा गर्नेछन् ।

 

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) राजनिति तथा समाजसेवामा समय लगानि गर्नेहरुले सर्बसाधारण सँग सन्तुलित व्याबहार गर्नुहोला काम बिग्रने हुँदा मान सम्मानमा आघात पुग्नेछ । अध्ययन अध्यापनमा तपाईको कमजोर उपश्थितिको फाईदा अरुले उँठाउँन सक्छन् ध्यान दिनुहोला । आमा वा आमा सरहका मानससँग टाडिएर देश परदेशको यात्रा गर्दा मन बिचलित हुँनेछ । व्यापार व्यावसायमा न्यून नाँफा हुँने हुँनाले दैनिकि कष्टकर हुँनेछ भने कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । माया प्रेममा मनमुटावको अवस्था सिर्जना हुँनेछ ।

 

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) दाजुभाई तथा छिमेकि सँग मनमुटाब बड्नेछ । बादबिवाद तथा मुद्दा मामिलामा सहभागि नहुनुहोला नकरात्मक नतिजा आउँनेछ । सकसपुर्ण तथा झन्झटिलो यात्रा हुँनेछ । व्यापार व्यावसायमा सन्तोष जनक प्रगति हुँनेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्याले सताउने हँुदा काम गर्न असजिलो महशुष हुँनेछ । बिद्यामा सफलता पाउँन कडा मेहनेत गर्नु पर्नेछ ।

 

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) दमदार बोलिको प्रभावले नसोचेको कामहरु हुँने तथा सबैले तपाईको तारिफ गर्नेछन् । न्यून श्रमबाट मनग्गे आम्दानि गर्न सकिने समय रहेकोछ । पढाई लेखाईमा राम्रो प्रगति गर्न सकिने समय रहेकोछ । प्रेममा सफलता प्राप्त हुँने तथा नया योजनाका साथ अगाडि बढ्न सकिनेछ । साथिभाई तथा आफन्तसँग सँगै रहेर स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा पहिले गरेका लगानिबाट मनग्गे भन लाभ हुँने योग रहेकोछ । 

 

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) शुभचिन्तकको सहयोगले चिताएको कामरु सम्पादन हुँनेछ । पढाई लेखाईमा मन जाने हुँनाले चाहेजस्तो नतिजा ल्याउँन सकिनेछ । राजनिति तथा समाजसेवामा समय दिनेहरुले जनताको पक्षमा काम गर्न सक्दा मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुँनाले आर्थिक स्थिति सुदृड हुँनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने बिलाशि बस्तुको प्रयोग मार्फन अरुको मन आफुतिर तान्न सकिनेछ ।

 

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) स्वास्थ्य क्षेत्रमा लगानि गरि आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । लामो दुरिको बिदेश यात्राको गतिलो सम्भावना रहेकोछ भने बिदेशसमा बसेर समय खर्चिनेहरुले प्रशस्त रुपैया पैसा कमाउँन सक्नेछन् । पढाई लेखाईमा मन जाने हुँनाले अन्य दिन भन्दा सुधार भएर जानेछ । माया प्रेममा रमाउँन चाहनेहरुका लागि भने समय मध्ययम रहेकोछ । अग्रज तथा आफन्तको सुझाबलाई मान्दै अगाडि बढे चाहेको गन्तब्य पहिल्याउँन सकिनेछ ।

 

तपाईको दिन शुभ रहोस् । 

यूवा ज्योतिषि डिपि भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र

काठमाडौं फोन न.९८०८३०७२७५

नोट : चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप