बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

राशिअनुसार आज प्रयोग गर्नुहोस् यी रङ र अंक

मङ्गलबार, १५ साउन २०७५, ०८ : ३६
मङ्गलबार, १५ साउन २०७५

कुन राशि भएका व्याक्तिहरुले आज (२०७५-०४-१५) कस्तो रङ र अंक प्रयोग गर्ने ?

मेष राशि हुनेहरुका लागि समय उत्तम रहेकोछ । प्राकृतिक स्रोत साधन तथा सरकारि संयन्त्रको नजिक भई काम गर्नेहरुका लागि समयले साथ दिनेछ । खनिज पदार्थ तथा तरल पदार्थको व्यापार व्यावसाय फस्टाएर जानेछ । आजको लागि शुभ रंग कफि रहेकोछ । आजको लराागि शुभ अंक २ र ५ रहेकोछ भने ऊँ श्री यज्ञपतय  नम मन्त्रको १०८ पल्ट जप गर्नुभयो भने आजको दिन फलदायि रहनेछ । 

बृष राशि भएका व्याक्तिहरुका लागि व्यापार व्यावसायमा लगानि गर्नको लागि केहि समय पर्खनुहोला समय मध्यमय रहेकोछ । आफन्त तथा अग्र्रज सँग विवाद  हुने योग रहेकोछ । नोकरि तथा राज्यको नजिक भई काम गर्नेहरुका लागि समय राम्रो रहेकोछ । सेतो रङको प्रयोग गर्नुहोला ।  आजको लागि शुभ अंक २ र ५ रहेकोछ भने ॐ उमायै नम मन्त्रको १०८ पल्ट जप गर्नुभयो भने आजको दिन फलदायि रहनेछ । 

मिथुन राशि भएका व्याक्तिहरुका लागि समय उत्तम रहेकोछ । धर्म सस्धृति तथा रितिरिवाजको जगेर्ना गर्ने कामबाट सन्तुष्टि मिल्नेछ । राजनितिकर्मी,पत्रकार,खोज तथा अनुशन्धानको क्षेत्रमा समय लगानि गर्नेहरुका लागि समय उत्तम रहेकोछ । ॐ विजयायै नम मन्त्रको १०८ पल्ट जप गर्नुभयो भने आजको दिन फलदायि रहनेछ भने ३ र ९ अंकको प्रयोग गर्नुभयो भने आजको दिन शुभ रहनेछ । 

कर्कट राशि भएका व्याक्तिहरुका लागि अष्टम भावमा गोतन गर्ने चन्द्रमाले भौतिक सम्पतिको प्रयोग गर्दा ध्यान दिनुहोला । समुद्रपारको यात्रा गर्ने यात्रीको लागि समय उत्तम रहेकोछ । खोज तथा अनुशन्धानको क्षेत्रमा भनेजस्तो नतिजा हात लागि हुनेछ । खरानि रङको प्रयोग गर्नुहोला । ॐ वामदेवाय नम मन्त्रको १०८ पल्ट जप गर्नुभयो भने आजको दिन फलदायि रहनेछ भने १ र ४ अंकको प्रयोगले आजको दिन शुभ रहनेछ । 

सिंह राशि भएका व्याक्तिहरुका लागि समय उत्तम रहेकोछ । भौतिक तथा विलाशी बस्तुको व्यापारमा लगानि गरि मनग्गे धन तथा सम्पति जोड्न सकिनेछ । शैक्षिक तथा व्यापारकै शिलशिलामा लामो दुरिको यत्राको तय गर्न सकिनेछ । व्यापारी,बिद्यार्थी तथा फेशस डिजाईनिङ जस्ता क्षेत्रमा काम गर्नेहरुका लागि समय उत्तम रहेकोछ । कफि रङको प्रयोग गर्नुहोला ।  ॐ विरुपाक्षय नम मन्त्रको १०८ पल्ट जप गर्नुहोला आजको दिन फलदायि रहनेछ भने २ र ५ अंकको प्रयोगले आजको दिन शुभ रहेकोछ । 

कन्या राशि भएका व्याक्तिहरुका लागि छैटौ भावमा गोचर गर्ने चन्द्रमाले मौसमी रोगको प्रकोप देखिन सक्छ । मामा तथा आफन्त सँग मनमुटाब सिर्जना हुनेछ । प्रयन्न गर्दा वकालत, बिद्यार्थी तथा न्यालयको क्षेत्रमा काम गर्नेहरुका लागि समय उत्तम रहेकोछ । आजको लागि ॐ त्रिपदायै नम मन्त्रको १०८ पल्ट जप गर्नुहोला आजको दिन फलदायि रहनेछ  । निलो हरियो रङको प्रयोग गर्नुहोला । ३ र ६ अंक प्रयोगले आजको दिन फलदायि रहनेछ ।

तुला राशि भएका व्याक्तिहरुका लागि सन्तान भावमा गोचर गर्ने चन्द्रमाले सन्तानको प्रगतिमा मन रमाउँनेछ भने  बंश बृद्धिको गतिलो योग रहेकोछ । शिक्षा,बैक तथा ईन्सुरेन्सको क्षेत्रमा काम गर्नेहरुका लागि समय उत्तम रहेकोछ ।  शेयर बजारमा लगानि गर्नुहोला मनग्गे आम्दानि हुनेछ । आजको लागि ॐ पुष्करायै नम मन्त्रको १०८ पल्ट जप गर्नुहोला आजको दिन फलदायि रहनेछ । सेतो रङ प्रयोग गर्नुहोला । ४ र ७ अंकको प्रयोगले आजको दिन फलदायि रहनेछ । 

बृश्चिक राशि भएका व्याक्तिहरुको लागि सुख भावमा गोचर गर्ने चन्द्रमाले कृषि तथा पशुपालन व्यापारमा लागनि गर्नेहरुका लागि समय राम्रो रहेकोछ भने अन्य व्यावसायमा समय दिनेहरुले सन्तोष जनक नाँफा कमाउँन सक्नेछन् । राजनितिक बिश्लेषक,पत्रकार तथा सामाजिक क्षेत्रमा काम गर्नेहरुका लागि समय उत्तम रहेकोछ । आज रातो रङको प्रयोग गर्नुहोला । ॐ श्री विजयप्रदाय नम मन्त्रको १०८ पल्ट जप गर्नुहोला आजको दिन फलदायि रहनेछ । ४ र ८ अंकको प्रयोगले आजको दिन फलदायि रहनेछ । 

धनु राशि भएका व्याक्तिहरुले आफन्त तथा दाजुभाई सँग कुने पनि काम गर्दा ख्याल गर्नुहोला मनमुटाब सिर्जना हुन सक्छ । छोटो यात्रा गर्दा ध्यान दिनुहोला कष्टकर हुन सक्छ । साहित्य लेखन तथा सामाजिक सञ्जालको क्षेत्रको क्षेत्रमा काम गर्नेहरुका लागि समय उत्तम रहेकोछ ।  पहेलो रङ प्रयोग गर्नुहोला । ॐ कालकालाय नम मन्त्रको जप १०८ पल्ट गर्नाले आजको दिन फलदायि रहनेछ ।  ३ र ६ अंकको प्रयोगले आजको दिन फलदायि रहनेछ । 

मकर राशि भएका व्याक्तिहरुका लागि धन स्थानमा गोचर गर्ने चन्द्रमाले व्यापारमा लगानि गरि मनग्गे धन तथ सम्पति जोड्न सकिनेछ । व्यापारी,खनिज पदार्थको काम गर्ने तथा पत्रकारिताको क्षेत्रमा काम गर्नेहरुका लागि समय राम्रो रहेकोछ । अध्ययनमा एक कदम अगाडि बढ्न नतिजा आफ्नो पक्षमा पार्न सकिनेछ । सेतो रङ प्रयोग गर्नुहोला । ॐ कृपानिधये नम मन्त्रको प्रयोग गर्नाले आजको दिन फलदायि रहनेछ । १ र २ अंकको प्रयोगले आजको दिन फलदायि रहनेछ । 

कुम्भ राशि भएका व्याक्तिहरुका आजको समय राम्रो रहेकोले राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन पाईने योग रहेकोछ । राजनिति, समाजसेवा,व्यापारी लगाएत बिद्यार्थीहरुका लाग समयले साथ दिनेछ । ॐ परशुहस्ताय नम  मन्त्रको जप १०८ पल्ट गर्नाले आजको दिन फलदायि रहनेछ ।  निलो रंगको प्रयोग गर्नुहोला ३ र ७ अंकको प्रयोगले आजको दिन फलदायि रहनेछ । 

मिन राशि भएका व्याक्तिहरुका लागि विदेश भावमा गोचर गर्ने चन्द्रमाले खर्च बढेपनि उपलब्धिमुलक काम गर्न सकिने समय रहेकोछ । स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला । बिदेशी भाषा, तथा कुटनितिको क्षेत्रमा काम गर्नेहरुका लागि समय राम्रो रहेकोछ । प्याजी रङको प्रयोग गर्नुहोला । ॐ महादेवाय नम मन्त्रको जप १०८ पल्ट गर्नाले आजको दिन फलदायि हुनेछ । ३ र ४ अंकको प्रयोगले आजको दिन फलदायि रहनेछ ।

ज्योतिषी डिपी भण्डारि 

फोन नं.९८०८३७२०७५

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप