सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अन्तराष्ट्रिय च्याम्पियन खेलाडी आर्थिक संकटमा

मङ्गलबार, १५ साउन २०७५, १२ : ४०
मङ्गलबार, १५ साउन २०७५

 गुल्मी– आईटीएफ तेक्वान्दोका सेकेन्ड डन (गुरु) हुन्, उनी । बिहान खेलाडीहरुलाई खेल सिकाउँदै हुन्छन् त  दिउँसो विभिन्न घरमा पुगेर रंग रोगन गर्दै गरेको भेटिन्छन् । उनी अर्थात गुल्मी सदरमुकाम तम्घासका २० वर्षीय वीरेन्द्र कुँवर ।

केहि दिनअघि काठमाडौंमा सम्पन्न छैटौं दक्षिण एशियाली आईटीएफ तेक्वान्दो प्रतियोगितामा स्वर्णपदक जितेका थिए, कुँवरले । 

सात वर्षदेखि देशमा भएका प्रतियोगिताहरुमा थुप्रै स्वर्ण र अन्य पदकहरु जित्न सफल कुँवरले गुल्मीको शान राख्दै आएका छन् ।  भन्छन्, ‘अरु धेरै गर्नु थियो तर आर्थिक समस्या तगारो बनेर आइदियो ।’

‘खेललाई अगाडी बढाउने निकै रहर छ, तर दैनिक गुजरा चलाउन खेल खेलौं कि काम गर्न जाउँ ? समस्यामा परेको छु’ उनले दुखेसो गरे ।  बुढाबुढी बाबुआमा उनकै पाखुराको भरमा तम्घासको एक कच्चीघरमा बस्दै आएका छन् ।

 उनका गुरु नवराज खरेल र भीम ज्ञवाली भन्छन्–‘ खेलप्रेमीहरुले उनको क्षमता बृद्धिका लागि आर्थिक सहयोग गरे उनले गुल्मीको शान उचाईमा पुराउने थिए, यसर्थ हामी सहयोगको अपिल गर्दछौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप