बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

राशिअनुसार आज प्रयोग गर्नुहोस् यी रङ र अंक

शनिबार, १९ साउन २०७५, ०९ : ४६
शनिबार, १९ साउन २०७५

कुन राशि भएका व्याक्तिहरुले आज (२०७५-०४-१९) कस्तो रङ र अंक प्रयोग गर्ने ? 

मेष राशि हुनेहरुका लागि समय राम्रो रहेकोले व्यापार व्यावसायबाट मनग्गे आर्जन गर्ने योग रहेकोछ । राजनितिकर्मी,पत्रकार,गीत सँगीत तथा मोडलिङको क्षेत्रमा समय लगानि गर्नेहरुका लागि समय फलदायि रहेकोछ । आजको लागि शुभ कफि रहेकोछ । आजको लराागि शुभ अंक २ र ४ रहेकोछ भने ऊँ प्रथमाय नम मन्त्रको १०८ पल्ट जप गर्नुभयो भने आजको दिन फलदायि रहनेछ । 

बृष राशि भएका व्याक्तिहरुका लागि विदेश भावमा गोचर गर्ने चन्द्रमाले कुटनितिको क्षेत्रमा रही काम गर्नेहरुका लागि समय उत्तम रहेकोछ । विदेश तथा बिदेशी सस्थासँग मिलेर काम गर्नेहरुका लागि समयले साथ दिनेछ । मेनपावर,कन्सल्टेन्सि,तथा बिदेस यात्रा सँग सम्बन्धित काम गर्नेहरुका लागि समयले साथ दिनेछ । सेतो रङको प्रयोग गर्नुहोला ।  आजको लागि शुभ अंक २ र ५ रहेकोछ भने ॐ दीपायै नम मन्त्रको १०८ पल्ट जप गर्नुभयो भने आजको दिन फलदायि रहनेछ । 

मिथुन राशि भएका व्याक्तिहरुका लागि आए भावमा गोचर गर्ने चन्द्रमाले व्यापार व्यावसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । प्राकृतिक स्रोत साधनको प्रयोग तथा परिचालन गर्ने, पैत्रिक सम्पतिको प्रयोग गर्ने तथा शिक्षा क्षेत्र सँग सम्बन्धित काम गर्नेहरुका लागि समयले साथ दिनेछ ।  निलो रङ प्रयोग गर्नुहोला । ॐ कान्तायै नम मन्त्रको १०८ पल्ट जप गर्नुभयो भने आजको दिन फलदायि रहनेछ भने ३ र ९ अंकको प्रयोग गर्नुभयो भने आजको दिन शुभ रहनेछ । 

कर्कट राशि भएका व्याक्तिहरुका लागि समय मध्ययम रहेकोछ । राजनिति तथा समाजसेवामा काम गर्दा ध्यान दिनुहोलो आलोचनाको शिकार हुनुपर्ला । प्रयत्न गर्दा व्यापार व्यावसाय,पढाई लेखाई तथा कृषि तथा पशुपालनमा सन्तोष जनक सुधार गर्दै अगाडि बढ्न सकिनेछ । खरानि रङको प्रयोग गर्नुहोला । ॐ दिगम्बराय नम मन्त्रको १०८ पल्ट जप गर्नुभयो भने आजको दिन फलदायि रहनेछ भने १ र ४ अंकको प्रयोगले आजको दिन शुभ रहनेछ । 

सिंह राशि भएका व्याक्तिहरुका लागि भाग्य भावमा गोचर गर्ने चन्द्रमाले सानो प्रयत्नले राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रका समय लगानि गर्नेहरुका लागि समयले साथ दिनेछ । धार्मिक तथा शैक्षिक यात्रा गरि लाभ लिन सकिने समय रहेकोछ । समयले रमाईलो यात्राको तय गराउँनेछ ।  कफि रङको प्रयोग गर्नुहोला ।  ॐ शिपिबिष्टाय नम मन्त्रको १०८ पल्ट जप गर्नुहोला आजको दिन फलदायि रहनेछ भने २ र ५ अंकको प्रयोगले आजको दिन शुभ रहेकोछ । 

कन्या राशि भएका व्याक्तिहरुका लागि कष्ट भावमो गोचर गर्ने चन्द्रमाले व्यापार व्यावसायमा बढिनै समय लगानि गर्दा मात्र लाभ लिन सकिनेछ । समुन्द्रपारको यात्रा, खोज तथा अनुशन्धान र बैकिङ क्षेत्रमा काम गर्नेहरुका लागि समय फलदायि रहनेछ । हरियो रङको प्रयोग गर्नुहोला । ॐ चन्द्ररुपायै नम मन्त्रको १०८ पल्ट जप गर्नुहोला आजको दिन फलदायि रहनेछ  । ३ र ६ अंक प्रयोगले आजको दिन फलदायि रहनेछ ।

तुला राशि भएका व्याक्तिहरुका लागि व्यापार भावमा गोचर गर्ने शुभ चन्द्रमाले व्यापार व्यावसाय बाट मनग्गे धन आर्जन गर्न सकिनेछ । व्यापारी,बिद्यार्थी,राज्यको संयन्त्रको नजिक रहेर काम गर्नेहरुका लागि समय फलदायि रहनेछ । प्रेम गर्नेहरुका लागि समय उत्तम रहेकोछ । प्याजी रङ प्रयोग गर्नुहोला । आजको लागि ॐ धन्यायै नम मन्त्रको १०८ पल्ट जप गर्नुहोला आजको दिन फलदायि रहनेछ । ४ र ७ अंकको प्रयोगले आजको दिन फलदायि रहनेछ । 

बृश्चिक राशि भएका व्याक्तिहरुको लागि समय मध्यमय रहेकोछ । बिद्या तथा प्रतिष्पर्धामा भनेजस्तो नतिजा आउँने छैन । प्रयत्न गर्दा न्यालय सँग सम्बन्धित काम बाट सन्तोष जनक लाभ लिन सकिनेछ । मुद्दा मामिला तथा बिावदित बिषयमा आज भाग नलिनुहोला ।  आज रातो रङको प्रयोग गर्नुहोला । ॐ महेशाय नम मन्त्रको १०८ पल्ट जप गर्नुहोला आजको दिन फलदायि रहनेछ । २ र ९ अंकको प्रयोगले आजको दिन फलदायि रहनेछ । 

धनु राशि भएका व्याक्तिहरुका लागि समय उत्तम रहेकोछ । राज्य संयन्त्रको नजिक रहेर काम गर्नेहरुले राज्यबाट पद प्राप्त गर्ने योग रहेकोछ । व्यापारी,नोकरि,बिद्यार्थी तथा खोज तथा अनुशन्धानको क्षेत्रमा समय दिनेहरुका लागि समय उत्तम रहेकोछ ।  पहेलो रङ प्रयोग गर्नुहोला । ॐ अनिश्वराय नम मन्त्रको जप १०८ पल्ट गर्नाले आजको दिन फलदायि रहनेछ ।  ३ र ६ अंकको प्रयोगले आजको दिन फलदायि रहनेछ । 

मकर राशि भएका व्याक्तिहरुका लागि आमा तथा अग्रजहरुले देखाएको बाटो पहिल्याउँदै अगाडि बढ्नु होला । राजनिति कर्मि,समाजसेवी,सवारि साधन तथा घर जग्गाको कारोबार गर्दै हुनुहुन्छ भने ध्यान दिनुहोला । तापनि बिद्यार्थीहरुका लागि समय राम्रो रहेकोछ ।  खरानि रङ प्रयोग गर्नुहोला । ॐ अष्टमुर्तय नम मन्त्रको प्रयोग गर्नाले आजको दिन फलदायि रहनेछ । २ र ४ अंकको प्रयोगले आजको दिन फलदायि रहनेछ । 

कुम्भ राशि भएका महानुभावहरुले न्यायिक क्षेत्र सँग सम्बन्धित निर्णयहरु पछि  सार्नु राम्रो रहनेछ । प्रयन्त गर्दा यात्रा सँग सम्बन्धित काम गर्नेहरुका लागि केहि मात्रामा लाभ हुनेछ भने अन्य व्यावसायमा समय गर्नेहरुका लागि समय मध्ययम रहेकोछ । ॐ सदाशिवाय नम  मन्त्रको जप १०८ पल्ट गर्नाले आजको दिन फलदायि रहनेछ ।  निलो रंगको प्रयोग गर्नुहोला २ र ३ अंकको प्रयोगले आजको दिन फलदायि रहनेछ । 

मिन राशि भएका व्याक्तिहरुका लागि धनस्थानमा गोचर गर्ने चन्द्रमाले सानो लगानि बाट  पनि मनग्गे धन सम्पति कमाउँन सकिने समय रहेकोछ । होटल रेष्टुरेन्ट,बोलेर गर्ने कुनै पनि कामबाट मनग्गे धन लाभ हुनेछ । मोटिभेटर,पत्रकार,बिद्यार्थी र राजनितिकर्मीको लागि समय उत्तम रहेकोछ ।  सुन्तला रङको प्रयोग गर्नुहोला । ॐ वीरभद्राय नम मन्त्रको जप १०८ पल्ट गर्नाले आजको दिन फलदायि हुनेछ । ३ र ४ अंकको प्रयोगले गर्नुहोला ।

 

ज्योतिषी डिपी भण्डारि 

फोन नं.९८०८३७२०७५

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप