अग्नि ग्रुपको ईटहरीमा क्षेत्रीय कार्यालय, शोरुम तथा सर्भिस सेन्टरको स्थापना
काठमाडौं – महिन्द्राका युटिलिटि भेइकल्स तथा ट्राक्टरहरुको लागि अग्नि ग्रुपले आफ्नो क्षेत्रीय शाखा कार्यालय विराटनगर लाइन, ईटहरीमा शुभारम्भ गरेको छ ।
महिन्द्राका युटिलिटि भेइकल्स तथा ट्र्याक्टरहरुका लागि पूर्वाञ्चलमा स्थापना गरिएको सो शाखाले आफ्ना डिलर एवम् ग्राहकहरुलाई नजिक ल्याई सरल एवं सहज सुविधा प्रदान गर्ने विश्वास कम्पनीले जनाएको छ ।
स्थापना गरिएको शोरुमबाट आफ्ना सम्पूर्ण रेन्जका टु ह्वीलर सवारी, सर्भिसिङ्ग तथा जेन्यून स्पेयर पार्ट उपलब्ध हुने छन् । ईटहरी स्थित नयाँ क्षेत्रीय कार्यालय, शोरुम तथा सर्भिस सेन्टरले ईटहरी तथा आसपासका वासिन्दाहरुलाई न्यूनतम मूल्यमा कम्पनीको गुणस्तरीय सेवा तथा सुविधा पाउनुहुने विश्वास कम्पनीले लिएको छ ।
शाखाको शुभारम्भ अग्नि ग्रुपका अध्यक्ष अर्जुन शर्माले श्रावण २ गते गरेको थियो ।
अर्जुन शर्माले ‘कम्पनी केवल सवारी विक्री गर्न तर्फमात्र केन्द्रित नभई ग्राहमुखी सेवा, चुस्त सर्भिस तथा स्पेयर पार्टहरुको सर्वसुलभता तर्फ पनि विशेष ध्यान केन्द्र्रित रहेको कुरा’ उल्लेख गरे । चाहिएको वेला सर्वसुलभ तरिकाबाट समयमै ग्राहकरुलाई स्पेयरपार्टहरु उपलब्ध गराई ग्राहकलाई सन्तुष्टि दिनु कम्पनीको प्रमुख उद्देश्य रहदैं आएको जानकारी दिए ।