सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मुसिकोटले दियो नगरभित्रै अकर्षक रोजगारी

शनिबार, २६ साउन २०७५, ११ : २९
शनिबार, २६ साउन २०७५

गुल्मी– दुबईमा लामो समयदेखि कार्यरत रही छुटुटीमा घर आएका  महेश सुनार गाउँमै दिनको साढे सात  सय  कमाइने भएपछि फेरि विदेश फर्किएनन्  ।  गुल्मीको मुसिकोट नगरपालिकाले स्थानीय स्तरमै रोजगारीको सिर्जना गरिदिएपछि उनी   डकर्मी काममा लागेका छन् ।  

 यसैगरी  मुसिकोट नगरपालिका–३ का कमल सुनार पनि ऋण खोजेर कि विदेश जाने कि त भारततिर जाने तर्खरमा थिए ।  यो थाहा पाएका जनप्रतिनिधीहरुले बाहिर जानुको साटो यतै डकर्मी सिकर्मी वा रोजेको तालिम लिई यही काम गर्न सुझाएपछि उनी पनि रोकिए ।  अहिले सिकर्मीको तालिम लिएर उनी घर निर्माणमा जुटेका छन् ।  ‘ तालिमपछि दैनिक साढे सात सयका दरले महिनाको बीस एक्काईस हजार सम्म   कमाउँछु, यसले राम्ररी घरखर्च चलेको छ।’
मुसिकोट नगरपालिका–३  वडाध्यक्ष कर्णध्वज जिसीले आफूहरु वडाभित्रै  रोजगारीको सिर्जना गरी स्थानीय स्तरमै युवाहरुलाई परिचालन गर्ने योजनाका साथ जुटेको बताए । 
उनले भने–‘नेपाल रेडक्रस सोसाईटीले पनि त्यहाँका २० जनालाई डकर्मी, सिकर्मी तालिम दिएर स्वरोजगार बनायो ।  गत वर्ष नगरपालिकाले करिव  पाँच सय   जनलाई एक हप्ते सिकर्मी डकर्मी र पलम्वरिङ्ग तालिम दिलायो र भुकम्पले क्षतिग्रस्त घर नगरपालिकाले बनाउने भौतिक पूर्वाधारमा लगाउने भएको छ ।’

     त्यसका अलवा   कार्यभार सम्हाल्न् साथ  नगरपालिकाले एक वडामा ६ जनाका दरल लेन्थ वर्कर राख्यो  । जसले गर्दा ९ वटा वडामा अति विपन्न परिवार छानेर ५४ जनालाई प्रत्यक्ष रोजगार दिलाइएको छ । उनीहरुले जनही मासिक १२ हजार तलव खान्छन् ।
  वडा नम्वर ७ का वडाध्यक्ष तथा  आर्थिक विकास समितिका  संयोजक प्रकाश काफ्लेका अनुसार यस चालु आर्थिक वर्षमा डकर्मी, सिकर्मी, वाईरिङ्ग, पलम्वीङ्ग र ड्राईभिङ्ग तालिम करिव हजार जनालाई दिलाउने गरी रकमको ब्यवस्था गरिएको छ ।

   नगर भित्र गरिने सवै प्रकारका कामदारहरु बाहिरबाट नल्याउने गरी नगर भित्र जनशक्ति विकास गर्ने नगर कार्य समितिले अवधारणा बनाएको छ । आगमी पाँच वर्ष भित्रमा रोजगारीका लागि कोही  बाहिरिन नपरोस भन्ने लक्ष्यका साथ आफुहरु अगाडी बढेको नगर प्रमुख सोमनाथ सापकोटाले बताए ।

   उनले कुनै किशान मजदुरहरु बेरोजगार बस्नु परेमा सिधै नगरपालिकामा  निवेदन दिन आए नगरपालिकाले नागरिकको अधिकारका रुपमा उजुरी ठानेर रोजगारी दिईने  प्रतिबद्धता जनाए ।  त्यस्तै किशानका लागि विउविजन, मल , तालिम र अनुदानको ब्यवस्था गरिएपछि त्यस नगरले भने झै पाँच वर्ष भित्रमा वैदेशिक रोजगारमा जानेहरुको संख्या कम हुने विस्वास लिइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप