मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

चार हजारको केन्द्रीय समिति विघटन गर्न माओवादी नेताहरुको माग

मङ्गलबार, ०३ साउन २०७४, १५ : ५४
मङ्गलबार, ०३ साउन २०७४

काठमाडौ– माओवादी केन्द्रको कार्यलय पेरिसडाँडामा जारी सचिवालयको विस्तारित बैठकको दोस्रो दिन जिल्ला इन्चार्जहरुले स्थानीय निर्वाचनमा पार्टीले हार्नु परेका कारणबारे रिर्पाेटिङ गरेका छन् ।

रिर्पाेटिङका क्रममा अधिकांशले चारहजार संख्याको केन्द्रीय समिति विघठन गर्न माग गर्दै चुस्त र दुरुस्त केन्द्रीय समिति गठन गर्न माग गरेका छन् । उनहिरुले संगठन विनाको जम्बो केन्द्रीय समतिको अर्थ नभएको भन्दै संगठन अभावकै कारण स्थानीय तह चुनाव हार्नुपरेको गुनासो गरे ।

मंगलबार जनार्दन शर्मा, उर्मीला अर्याल, टेकहादुर बस्नेत, रामराज रेग्मी, जीवन बुढा, रामदीप आचार्य, पूर्ण सुवेदी, रमेश मल्ल, कमला रोक्का, डिलाराम आचार्य, देवी खड्का, दधिराम न्यौपाने, प्रलाद र देवेन्द्र लगायतले बोलेका छन् । 

मंगलबार बोल्ने जिल्ला इन्चार्ज तथा संयोजकहरुले संगठन, श्रोत साधनको अभाव, भएको स्रोत साधन र आर्थिक परिचालन सन्तुलित ढंगले गर्न नसकेकै कारण पार्टीले हार व्यहोर्नु परेको रिपोर्ट पेश गर्ने क्रममा जिल्लाभर एउटै पनि स्थानीय प्रमुख नजितेको धनकुटा जिल्लाका इन्चार्ज हेमराज भण्डारीले अन्य इन्चार्जको भन्दा अलि फरक रिर्पोटिङ गरेका छन् । 

उनले स्थानीय चुनावमा धनकुटाबाट एक स्थानीय तह पनि नजितेपछि पार्टीको जिम्मेवारीबाट राजिनामा दिएका थिए । भण्डारीले लिखित रुपमै १७ वटा बुद्धामा विस्तारित बैठकमा पराजयका कारण यसरी पेश गरेका छन् । 

यस्ता छन् भण्डारीले पेश गरेका कारणहरु 
–गुटबन्दी र स्वार्थ समुहको झुण्ड पाटीभित्र रुखको टुप्पोमा बसेर फेद गिड्ने आधुनिक कालिदास प्रवृति ।
–पाटीीभत्र साधनश्रोतको बाँडफाँड , आर्थिक परिचालन नीति सन्तुलित पारदर्शी र न्यायचित नहुनु ।
–चुनावी अनुभव कमजोर हुनु, संसदीय चलखेल सामदाम दण्डभेद नीतिलाई प्रयोग गर्न नसक्नु ।
–एमालेको माओवादीप्रतिको आक्रामक रणनीतिलाई बुझ्न नसक्नु ।
–राष्ट्रियताको विषयमा एमालेले ‘इमोस्नल व्ल्याकमेल’ गरेको कुरा जनतामाझ प्रश्ट पार्न नसक्नु । 
–कार्यकर्ता व्यवस्थपन अभावको कारणले आफ्नै कार्यकर्ता आर्थिक प्रलोभनमा पर्नु ।
–पार्टी संगठन भद्रगोल हुनु ।
–उम्मेदवारी दिदा नै पैसा र साधनश्रोत भएकालाई प्राथमिकता दिइरहेको, आधारभुत बर्गका कार्यकर्ताको मनोवल गिर्नु । 
– ठुला र प्रभावकारी नेता र मन्त्री भएका ठाउँमा बढि खर्च, साधन श्रोत पुग्ने तर अन्यत्र आकासको फल आँखातरी मर भन्ने हालत हुनु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण गिरी
कृष्ण गिरी

कृष्ण गिरी रातोपाटीका लागि राजनीति क्षेत्रको रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप