कमल थापाको मुद्दा खोसेर लोहनी सडकमा ( फोटोफिचर)
मङ्गलबार, ०३ साउन २०७४, १६ : २५
काठमाडौं– एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रबादीले हिन्दु राष्ट्र र संवैधानिक राजतन्त्रको माग गर्दै प्रदर्शन गरेको छ । एकीकृत राप्रपा राष्ट्रबादीले मंगलबार काठमाडौको बबरमहलबाट र्यालि निकाल्दै माइतीघर मण्डलामा पुगेर सभा गरेको थियो ।
सभालाई सम्बोधन गर्दै एकीकृत राप्रपा राष्ट्रबादीका नेता डा प्रकासचन्द्र लोहनी, नेता केशरबहादुर विष्ट, तारानाथ लुइटेल लगायतले सम्बोधन थिए ।
पूर्व राजा ज्ञानेन्द्र शाह र कमल थापाबीचको सम्बन्ध चिसिएको समाचार बाहिरआइरहेको बेला लोहनी नेतृत्वको पार्टीले यसअघि थापाले उठाउँदै आएको मुद्दा लिएर सडकमा निस्किएका हुन् ।