बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

राशिअनुसार आजको आफ्नो भाग्य हेर्नुहोस्

बिहीबार, ०७ भदौ २०७५, ०५ : २९
बिहीबार, ०७ भदौ २०७५

आजको राशिफल

वि.सं.२०७५ साल भाद्र ०७ गते । बिहिबार । ईश्वी सन् २०१८ अगष्ट २३ तारिख । नेपाल सम्बत् ११३८ । बिरोधकृत् संवत्सर । उत्तरायणं । वर्षा ऋतु । श्रीशाके १९४० । श्रावण शुक्ल पक्ष । तिथि दुवादशी,११ घडी ५६ पला,बिहान १० बजेर २५ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र उत्तरषाडा अहोरात्र  । योग आयूष्मान ३६ घडि ४७ पला,बेलुकी ०८ बजेर २१ मिनेट उप्रान्त सौभाग्य । 

 

करण वालव,बिहान १० बजेर २५ मिनेट उप्रान्त कौलव,बेलुकी ११ बजेर २५ मिनेट उप्रान्त  तैतिल । आनन्दादीमा सौम्य योग । चन्द्रराशि धनु,बिहान ११ बजेर ४७ मिनेट उप्रान्त मकर । 

 

काठमाडौंमा सूर्योदय ५ बजेर ३८ मिनेट,सूर्यास्त बेलुकी ६ बजेर ३३ मिनेट । दिनमान ३२ घडी १५ पला । 

 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) लामो समयदेखि रोकिएर बसेका कामहरु बन्नेछन् भने तपाईको काममा प्रतिष्पर्धा गर्नेहरु आफै किनारा लाग्नेछन् । पढाई लेखाईमा प्रसस्त समय दिन सकिने हुँदा भनेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ । नयाँ काम पाउँन तथा नोकरिका बढोत्तरिको गतिलो योग रहेकोछ । लगनशिल तथा ईमान्दारिताले समाजका मान सम्मानमा बृद्धि भएर जानेछ । प्रेम प्रशङको गाठो कसिलो भएर जानेछ भने नया ठाउँबाट प्रेम प्रस्ताब आउँने अधिक सम्भावना रहेकोछ ।

 

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) लामो दुरिको शैक्षिक तथा धार्मिक यात्रा हुँने प्रशस्त सम्भावना रहेकोछ । सामाजिक कामहरु गर्न सकिने हुँनाले मान मर्यादामा बृद्धि हुनेछ । सामाजिक उत्तरदायित्वमा बहन गर्नुपर्ने समय रहेकोछ । व्यापार व्यावसायमा सोचेजस्तै नाँफा कमाउँन सकिनेछ । बिद्या तथा प्रतिश्पर्धामा तपाई अरुभन्दा अब्बल  हुँनुहुँनेछ । बिहानको समय मध्यम रहेकोले स्वास्थ्य सम्बन्धि सामान्य समस्या देखिन सक्छ सजक रहनुहोला । 

 

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) बिहानको समय राम्रो रहेकोले व्यापारकै शिलशिलामा लामो दुरिको यात्रा हुँनेछ । अथितिको रुपमा सत्कार पाईनेछ भने आफन्तको समयोगले राम्रा काम गर्न सकिनेछ । अध्ययनमा मन जाने तथा खोज तथा अनुशन्धानको क्षेत्र बलियो रहेकोछ । मध्यान्हबाट समय मध्ययम रहेकोले स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढेर जानेछ । फलाम तथा हार्डवयेर सँग सम्बन्धित काम गर्दा ध्यान दिनुहोला । माया प्रेममा मनमुटाबको सिर्जना नहोला भन्न सकिन्न । 

 

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) काममा अनयासै हस्तक्षेप गर्नेहरुलाई किनारा लगाउँदै अगाडि बढ्न सकिनेछ । अदालति निर्णयहरु तपाईकै पक्षमा आउँनेछन् भने बिवादित बिषयहरु आफ्नै पक्षमा फैसला गराउँन सकिनेछ । अध्ययनमा प्रगति भई भनेजस्तो नतिजा हात लगाउँन सकिनेछ । व्यवसाय फस्टाएर जानेछ भने आम्दानिका स्रोतहरु फराकिला हुदै जानेछन् । प्रेम तथा मित्रताको बन्धन कसिलो हुँनेको साथै जीवनसाथिको हरेका पाईलामा समर्थन पाईने योग रहेकोछ ।

 

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) अध्ययनमा मन जानेछ भने सफल हुँने सुत्र पत्ता लगाउँन सकिने हुँदा नतिजा आफैतिर ल्याउँन सकिनेछ । व्यापार व्यावसायमा लगानि गरि मनग्गे धन तथा सम्पति कमाउँन सकिनेछ भने स्कुल कलेजमा गरिएको लगानिबाट प्रशस्त आम्दानि हुँनेछ । माया प्रेमका कोपिलाहरु फक्रियर जानेछन् भने नयाँ ठाउँबाट प्रेम प्रस्ताब आउँनेछ । आकस्मिक धन तथा सम्पति हात लागि हुँने योग रहेकोछ । आष मारेको काम बन्नाले मन प्रशन्न हुँनेछ ।

 

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) बिहानको समय मध्यमय रहेकोले खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । मध्यान्हबाट बिद्यामा गरिएको लगानि बाट सकारात्मक नतिजाको अपेक्ष गर्न सकिनेछ । शिक्षा क्षेत्रमा गरिएको लगानिबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने लगानि बढाउँने बाताबरण बन्नेछ । भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको गतिलो सम्भावना रहेकोछ भने शेयर बजार तथा सट्टाको व्यावसाय फस्टाएर जानेछ । प्रेमको डोरो कसिने तथा घर परिवारमा सबैसँगको सम्बन्धमा सुमधुरता बढेर जानेछ ।

 

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) बिभिन्न अवसरहरुको उपयोग गरि यथेष्ट धन तथा सम्पति कमाउँन सकिनेछ । आफन्त तथा दाजुभाईहरुको सहयोगमा सामाजिक काम गरि नाम तथा दाम कमाउँन सकिनेछ । मनोबल मजभुत हुँने हुँनाले शाहशिलो काम गर्न सकिने तथा खेलकुद तथा यस्तै गतिबिधिमा सम्लग्न भई अगाढि बढ्न सकिनेछ । माया प्रेममा नजिकिने समय रहेकोछ भने जीवनसाथिको सहयोगले नयाँ कामको थालनि गर्न सकिनेछ । पढाई लेखाईमा सुधार भएर जानेछ । राजनिति तथा समाजसेवामा काम गर्दा ध्यान दिनुहोला मान सम्मानमा आघात लाग्न सक्छ । 

 

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) साथिभाई तथा आफन्तसँग सँगै रहेर स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा पहिले गरेका लगानिबाट मनग्गे भन लाभ हुँने योग रहेकोछ । दमदार बोलिको प्रभावले नसोचेको कामहरु हुँने तथा सबैले तपाईको तारिफ गर्नेछन् । न्यून श्रमबाट मनग्गे आम्दानि गर्न सकिने समय रहेकोछ । पढाई लेखाईमा राम्रो प्रगति गर्न सकिने समय रहेकोछ । प्रेममा सफलता प्राप्त हुँने तथा नया योजनाका साथ अगाडि बढ्न सकिनेछ । 

 

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) राजनिति तथा समाजसेवा फाप्ने हुँनाले आजको दिन पद प्राप्तिको गतिलो सम्भावना रहेकोछ । पढाई लेखाईमा मन जानाले भनेजस्तो नतिजा ल्याउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने घर परिवारका सदस्यहरु बिच घनिष्टता बढेर जानेछ । दिगो फाईदा हुँने व्यावसायमा लगानि गरि आम्दानिका स्रोतहरु थप्न सकिनेछ । कला तथा साहित्य क्षेत्रमा पनि राम्रो प्रगति हुँने योग रहेकोछ ।

 

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) बिहानको समयम मध्ययम रहकोले खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या बढ्नेछ । निति नियम सँगत काम नगर्दा जरिवाना तिर्नुपर्नेछ । मध्यान्हबाट समय राम्रो रहेकोले व्यापार व्यावसाय फस्टाएर जानेछ । पढाई लेखाईमा अरुभन्दा अग्र स्थानमा तपाईको नाम आउँनेछ । माया प्रेममा नजिक हुँन सकिनेछ भने जीवन साथिको सहयोगले राम्रा तथा उपलब्धिमुलक काम गर्न सकिनेछ । राज्यबाट पद प्रााप्तीको गतिलो योग रहेकोछ । 

 

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) स्वास्थ्य सबल हुँने हुँदा परिणाम मुखि काम गरि समाजमा नाम कमाउँन सकिनेछ । पढाई लेखाईमा सुधार भएर जानेछ भने प्रेममा रमाउँन चाहनेहरुका लागि समयले साथ दिनेछ । मध्यान्हबाट बिदेशबाट सञ्चालित सस्थामा काम पाउँने तथा पदोन्नतिको गतिलो सम्भावना रहेकोछ । लामो दुरिको बिदेश यात्रा हुँनेछ भने बिदेशमा बसेर काम गर्नेहरुले मनग्गे धन सम्पति जोड्न सकिने समय रहेकोछ ।

 

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आउने आम्दानिले उत्साह जगाउनेछ । पानी तथा खनिज पदार्थको व्यावसायबाट मोटो रकम हात लागि हुने योग रहेकोछ । प्राकृतिक स्रोत तथा पैत्रिक सम्पतिको प्रयोग गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । पढाई लेखाईमा अरुभन्दा अग्र स्थानमा तपाईको नाम आउनेछ भने शिक्षा क्षेत्रसँग सम्बन्धित काममा बिषेश रुचि बढ्नेछ । 

 

तपाईको दिन शुभ रहोस् । 

यूवा ज्योतिषि डिपि भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र

काठमाडौं फोन न.९८०८३०७२७५

नोट : चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप