सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

ओपो एफनाइन भाद्र १३ गते सार्वजनिक हुने

बिहीबार, ०७ भदौ २०७५, १४ : ४५
बिहीबार, ०७ भदौ २०७५

काठमाडौं । ओपोले नयाँ सेल्फी एक्स्पर्ट एण्ड लिडर ओपो एफ नाइन भाद्र १३ गते नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ । सार्वजनिकको तयारीमा रहेको नयाँ ओपो एफ नाइन वाटरड्रप स्क्रिन डिजाइन सहितको उद्योगकै पहिलो ह्याण्डसेट हुनेछ ।

फोनको अघिल्लो भागमा रहेको टप नोचमा रिसिभर, क्यामेरा र लाइट सेन्सरको प्रयोग गरिएको छ । यसले फोनलाई कम्प्याक्ट आकर्षक लेआउट प्रदान गर्नुका साथै प्रयोगकर्तालाई ठूलो स्क्रिनको मज्जा दिने कम्पनीको भनाइ छ ।

ओपो एफनाइनमा रहेको ९०.८ रेसियो सहितको १९.५ः९ वाटरड्रप स्क्रिनले फोनको अघिल्लो भागलाई निकै सुन्दर र आकर्षक देखाउँछ । वाटरड्रप डिजाइनको अवधारणालाई थप जीवन्तता प्रदान गर्न फोनमा क्यामेरा र फ्ल्याश लाइट एकै साथ उपलब्ध गरिएको छ ।

यसलाई झट्ट हेर्दा एक अर्कामा आकर्षित भइरहेका पानीका दूई थोपा झैँ देखिन्छ । नयाँ फोनकै माध्यमबाट ओपोले कम्प्याक्ट स्पेशियल स्ट्रक्चरको सुनिश्चितता प्रदान गर्दै प्राकृतिक आवाज प्रदान गर्न नयाँ च्यानल साउण्ड कन्डक्सन पनि उपलब्ध गराएको छ । 

वाटरड्रप स्क्रिनलाई जीवन्तता प्रदान गर्न फोनको स्क्रिन डिजाइनमा विस्तारित राउण्डेड कर्नरहरुको प्रयोग गरिएका छन् । यसले फोन समाउँदा सहजताको अनुभव प्रदान गर्नुका साथै फोनलाई थप आकर्षक रुप प्रदान गरेको छ ।

स्क्रिनसंग समायोजना गरिएको क्यामेरालाई कम्पनीले फ्रण्ट कोटिङ फिल्म सहित कालो रंगमा पेण्ट गरेको छ । यसले फोनको अघिल्लो भागको ईण्टिग्रिटी झल्काउन समेत उल्लेख्य भुमिका खेलेको छ । उद्योगकै अग्रगामी फ्लिप एलईडी प्रविधि, रिसिभर टप स्टेरिङ साउण्ड कन्डक्सन, लाइट सेन्सेसन हर्न सेप्ड लाइट कन्डक्सन, ग्याप एप्रोचिङ डिजाइन लगायत ४६ ओटा प्याटेन्ट सहित ओपो एफनाइनको डिजाइन आँखाका लागि आरामदायी र जीवन्त दृष्यानुभूति प्रदान गर्ने सोचका साथ गरिएको छ । 

नयाँ सेल्फी एक्स्पर्ट एफ नाइन सार्वजनिकका लागि आयोजना हुने बृहत्त समारोहमा आईएनटीएम (ईन्डियाज् नेक्स्ट टप मोडल) सुपर मोडल सबिता कार्की र बुगी वुगी नेपाल संस्करणकी विजेता कविता नेपाली लगायत अन्य लोकप्रिय कलाकारको समेत उपस्थिती रहने बताइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप