बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

राशिअनुसार आजको आफ्नो भाग्य हेर्नुहोस्

शुक्रबार, ०८ भदौ २०७५, ०६ : ०२
शुक्रबार, ०८ भदौ २०७५

आजको राशिफल

वि.सं.२०७५ साल भाद्र ०८ गते । शुक्रबार । ईश्वी सन् २०१८ अगष्ट २४ तारिख । नेपाल सम्बत् ११३८ । बिरोधकृत् संवत्सर । उत्तरायणं । वर्षा ऋतु । श्रीशाके १९४० । श्रावण शुक्ल पक्ष । तिथि त्रयोदशी,१६ घडी ५८ पला,दिउँसो १२ बजेर २६ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र उत्तरषाडा,५ घडी बिहान ७ बजेर ४४ मिनेट उप्रान्त श्रवण । योग सौभाग्य ३८ घडि २३ पला,बेलुकी ०९ बजेर ०० मिनेट उप्रान्त शोभन । 

 

करण तैतिल,दिउँसो १२ बजेर २६ मिनेट उप्रान्त गर,रातको ०१ बजेर २७ मिनेट उप्रान्त वणिज  । आनन्दादीमा आनन्द योग । चन्द्रराशि मकर ।  

काठमाडौंमा सूर्योदय ५ बजेर ३९ मिनेट,सूर्यास्त बेलुकी ६ बजेर ३२ मिनेट । दिनमान ३२ घडी १२ पला । 

 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आज गरिएको लगानि फस्टाएरु जने हुँनाले व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ । नयाँ काम खोज्दै हुँनुहुँन्छ भने समयले रोजगार दिलाउँने तथा कामका बढुवा हुँने योग रहेकोछ । पढाई लेखाईमा तपाईको नाम अग्र स्थानमा आउँनेछ । माता पिताको सहयोगले राम्रा कामगरि समाजमा नाम तथा दाम दुवै कमाउँन सकिनेछ । गीत संगित क्षेत्रमा रुचि बढ्ने हुँदा केहि समय रमाईलोतिर पनि समय खर्च हुँनेछ । समयको गतिसँगै अगाडि बढ्न सकिने हुँनाले आर्थिक रुपमा सम्पन्न हुँन सकिनेछ ।

 

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) आफुले पाएको अधिकारलाई भरपुर प्रयोग गरि उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको तय गर्न सकिनेछ । धार्मिक स्थलको भ्रमण हुँनेछ भने आफ्नो सस्कार तथा रितिरिवाजमा जोगाउँन समय लगानि गर्नुपर्ने हुँन्छ । खोज तथा अनुशन्धानको क्षेत्रमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ भने दाम्पत्य जीवन खुसि रहनेछ ।

 

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) परिवार तथा आफन्तजन सँग मनमुटाब बढ्नेछ भने पति पत्नि तथा माया प्रेममा अबिस्वास सिर्जना हुँनेछ । सवारि साधन तथा यात्रा गर्दा बिषेश ध्यान दिनुहोला दुर्घटना तथा अप्रिय घटना घट्न सक्छ । बिद्या तथा प्रतिश्पर्धामा सफलता पाउँन निकैनै मेहनेत गर्नुपर्नेछ । स्वास्थ्य सम्बन्धि समस्याले सताउनेछ भने आफन्त तथा बिस्वास गरेकैहरुबाट धोका हुँनेछ । 

 

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यावसाय फस्टाएर जाने हुँनाले मनग्गे नाफा कमाउँन सकिने तथा थप लगानि गर्न सकिनेछ । लामो दुरिको व्यावसायिक यात्राको अधिक सम्भावना रहेकोछ । सवारि साधन तथा भौतिक सम्पति हात लागि हुँनेछ भने बिलाशि बस्तुहरुको प्रयोग मार्फत अरुको मन आफुतिर आकषित गर्न सकिनेछ । प्रेममा रमाउँन चाहनेहरुका लागि समयले साथ दिने हुँदा मन प्रसन्न रहनेछ ।

 

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) व्यापार व्यावसाय फस्टाएर जाने हुँनाले अन्य व्यावसायमा पनि लगानि गर्ने अवसर आउँनेछ । बिद्यार्थिहरुले पढाई लेखाईमा राम्रो नतिजा ल्याई पुरस्कार जित्न सक्नेछन् । प्रेममा सामिप्यता बढेर जानेछ मने दाम्पत्य जीवन सुखि रहनेछ । सत्रु परास्त हुँनेछन् भने कुनै पनि न्यालयबाट हुँने न्यायिक निर्णयहरु तपाईकै पक्षमा फैसला हुँने हुँदा मान सम्मानमा बृद्धि भएर जानेछ । सुख दुखमा साथ दिनेहरु भेटिने हुँदा मन प्रशन्न रहनेछ ।

 

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) पढाई लेखाईमा ध्यान जानेछ भने शिक्षा सँग सम्बन्धित व्यापार व्यावसायमा लगानि गरि प्रसस्त आम्दानि गर्न सकिनेछ । माया प्रेमका कोपिला फक्रनेछ भने छोरा छोरिको काम देखि प्रशन्न हुँने समय रहेकोछ । शेयर बजारमा लगानि गरि आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ भने चिठ्ठा पर्ने अधिक सम्भावना रहेकोछ । समुदायको हितको काम गरि समाजमा नाम कमाउँन सकिनेछ । बौद्धिकताको प्रयोग गरि बिशिष्ट व्याक्तिहरुलाई बसमा पार्न सकिनेछ ।

 

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) सामाजिक पद पतिष्ठा प्राप्त भएपनि भनेको समयमा काम गर्न नसक्दा आलोचना खेप्नुपर्नेछ । पढाई लेखाईमा समय दिएपनि चाहेजस्तो सफलता प्राप्त नहुँदा मन खिन्न हुँनेछ । आमा वा आमा सरहका मानिसबाट टाडिएर लामो दुरिको यात्रा हुँने अत्याधिक सम्भावना रहेकोछ । कृषि शहकारि व्यावसायलाई नयाँ तरिकाले बिस्तार गरि मनग्गे लाभ लिन सकिनेछ भने अन्य व्यावसाय मन्दी आउँनेछ ।

 

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) बिवादित बिषयहरुको निर्णय तपाईकै पक्षमा आउँने हुँनाले मन प्रशन्न हुँनेछ । व्यापार तथा उद्योगमा लगानि गरि रोजगारका अवसर सिर्जना गर्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जाने तथा छोटो दुरिको यात्राको तय गर्न सकिनेछ । दाजुभाई तथा छिमेकिसँग गरिने कुनै पनि पेशा व्यावसाय फस्टाएर जानेछ । पढाईमा मन जानेछ तथा लेखन कलाको बिकाश हुँनेछ ।

 

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्यापार व्यावसायमा समय थोरै दिएपनि मनग्गे आम्दानि हुँनेछ । प्रेममा रमाउँन चाहनेहरुका लागि समयले साथ दिनेछ भने परिवारका साथ रहेर मिष्टान्न भोजन गर्ने अवसर प्राप्त हुँनेछ । आट पराक्रम बढेर जाने हुँनाले जोसिलो काम गर्ने जागर आउँनेछ । राजनिति तथा समाजसेवामा समय लगानि गर्नेहरुले जनताको गतिलो समर्थन पाउँने तथा पद प्रतिष्ठा पाउँने समय रहेकोछ । नयाँ काम गरि मनग्गे आम्दानि बढाउँन सकिनेछ । 

 

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) परिवार तथा आफन्तजनमा आत्मियताको भाव बढ्नेछ भने माया प्रेममा नजिक हुँने समय रहेकोछ । व्यापार बिस्तार गरि भनेजस्तो लाभ लिन सकिने तथा बिभिन्न क्षेत्रमा लगानि गरि आम्दानिका स्रोतहरु बिस्तार गर्न सकिनेछ । पढाई लेखाईमा मन जाने हुँनाले अन्य प्रतिष्पर्धिहरुलाई टप्न सकिनेछ भने सबैको धन्यवादको पात्र हुँदा मन प्रशन्न रहनेछ । राजनिति तथा समाजसेवामा समय दिनेहरुले राज्यबाट सेवा सुबिधा प्राप्त गर्न सक्नेछन् ।

 

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) स्वास्थ्य सम्बन्धि समस्या आउँने तथा उपचार खर्च बढेर जानेछ । गलत कामहरु भुलेर पनि नगनुहोला तुरुन्तै दण्ड तथा जरिवाना तिर्नुपर्नेछ । पढाई लेखाईमा समय दिएपनि अपेक्षित नतिजा ल्याउँन मुस्किल रहेकोछ । माया प्रेममा आजको दिन भेट नहुँदा नै राम्रो रहेकोछ भेटमा एक अर्कालाई अबिश्वास गर्नाले नचाहादा नचाहादै छुट्टिनु पर्ने हुँनसक्छ । व्यापार व्यावसाय खस्केर जाने ग्रहयोग रहेकोछ ।

 

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) राम्रा तथा परिणाम मुखि काम गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । व्यापार व्यावसायमा लगानि गरि आम्दानिका स्रोत बढाउँन सकिनेछ । आफन्त तथा दाजुभाईको सहयोगले उत्पादन मुखि व्यावसायमा लगानि गरि रोजगारिका अवसर सिर्जना गर्न सकिनेछ । माया प्रेमको गाठो कसिलो हुँने तथा जीवन साथिको सहयोग पाईने हुँदा मन प्रशन्न रहनेछ । शिक्षा तथा बैकिङ क्षेत्रको लगानिमा सुधार आउँने तथा प्राकृतिक स्रोत साधनको प्रयोग भरपुर मात्रामा गर्न सकिनेछ । 

 

तपाईको दिन शुभ रहोस् । 

यूवा ज्योतिषि डिपि भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र

काठमाडौं फोन न.९८०८३०७२७५

नोट : चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप