सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अदालतमा सम्बन्ध बिच्छेद गराउने पुरुषहरुको भीडः एकै दिन एउटै अदालतमा पाँच मुद्दा

शुक्रबार, ०८ भदौ २०७५, १२ : ४४
शुक्रबार, ०८ भदौ २०७५

बुटवल– श्रीमति न घर आउने,  न  त सम्बन्ध विच्छेदको मुद्दा दिन अदालत नै जाने ? प्रहरीमा उजुरी दियो मेलमिलाप गरेर घर जानुपर्ने । फेरि एक डेढ महिना नपुग्दै बिनासल्लाह शहरतिर गएर हराउने !
हो, यहि समस्याबाट गत चार वर्षदेखि  पीडित बनेका गुल्मी बडागाउँका २८ वर्षीय अर्जुन सर्तुङ्ग विहिवार जिल्ला अदालत गुल्मीमा सम्वन्ध विच्छेदको मुद्दा दायर गर्न पुगे । उनीसहित एकै दिन पाँचजना पत्नी पीडितहरु सम्बन्ध विच्छेदको मुद्दा दर्ता गर्न गुल्मी अदालत पुगेका ह्ुन् ।

श्रेस्तेदार दुर्गाप्रसाद पौड्यालका अनुसार तीन जना पुरुषको मुद्दा बिहीबार मध्यान्ह नै दर्ता भइसकेको छ । अन्य दुई जनाले मुद्दा लेखाउँदैछन् । गुल्मीमा  सम्वन्ध विच्छेदको मुद्दा दर्ता गराउने पहिलो पुरुष हुन्– ईस्मा गाउँपालिका वडा नम्वर–५ ईस्मारजस्थलका  लक्ष्मण ज्ञवाली  ।

लक्ष्मणको पीडा उनकै शव्दमा 

२०६१ सालमा हाम्रो विवाह भएको हो । अहिले १४ वर्षकी छोरी र ९ वर्षको छोरा छ । २०६६ सालमा हामी बुटवल झरियो । कस्तुरी फिजी घरमा मैले काम गर्नथाले । पछि गाउँको मोटरबाटोमा रहेको घडेरी बेचेर श्रीमतिका नाममा बुटवलमा १३ लाखमा घडेरी किँने ।

बिस्तारै श्रीमतिको ब्यवहारमा परिवर्तन आउँदै थियो । १० लाख लागतको एउटा फेन्सी पसल पनि श्रीमतिकै नाममा खोल्यौं । उक्त घडेरी मलाई थाहै नदिई बेचिसकेकी रहिछन् । एक बर्षअघि यहीँ अदालतमा आएर उल्टै अंश दावी गर्दै मुद्दा हालिछन् । केहिदिन अघि त्यो फेन्सी पसल पनि बेचीछन् । 

मुद्दा हालेर गएदेखि मलाई त्यस फेन्सी फसलमा छिर्न पनि दिईनन् । गत चार वर्षदेखि हामी बुटवलमै अलग्गै बस्दै आएका छौं । सम्पत्ति कति उडाईन् भन्ने त लेखाजोखा नै छैन ।

कुरा गरेरै साध्य छैन

म प्रहरीमा जागिर खाएको मान्छे हुँ । मेरो नाम विवरण गोप्य राख्नुुहोला । उनका पनि दुई वटा सन्तान छन् ।  के के गरिन् श्रीमतिले भनेर कसरी भनुँ तपाईलाई ? यति मात्र भन्छु उनको कुरा गरेरै साध्य छैन ।  नत्र किन धाउनुपथ्र्याे अदालतमा ?

श्रीमान हिँडेपछि शहरतिर टाप

हालको मुसिकोट नगरपालिका–४ बडागाउँबाट सम्वन्ध विच्छेदको मुद्दा दिन आएका सर्तुङ्गे भन्छन् –म विदेश हिडोकी कहिले श्रीमति वुटवल त कहिले काठमाडौ गर्न थाल्नु नै सम्वन्ध विच्छेद गर्नुको मेरो बाध्यता हो । उनले भने, ‘२०६९ सालमा छिमेकी गाउँ ताल्तुङ्गमा मैले उनलाई प्रेम विवाह गरेका हुँ ।  विवाहको करिव डेढ वर्ष सम्म घरै बसे । त्यसपछि म मलेसिया गएँ ।  म हिडेपछि कहिले कहिले बुटवल त कहिले काठमाडौ श्रीमति हिड्छे भन्ने घरबाट खवर आउने गर्दथ्यो । तरपनि मेरी श्रीमति प्रति म बिश्वस्त थिएँ ।

त्यसपछि घर आएँ । श्रीमति बुटवलतिर गएर बसेकी रहिछन् । नआएपछि जिल्ला प्रहरी कार्यालयमा उजुरी हाँले । मेलमिलाप गरेर घर लागे । म फेरी विदेश हिँडे । डेड महिना पछि फेरी उनि वुटवल तिरै गइछन् । फेरी पनि प्रहरीमा उजुरी दिएँ । अहिले तेश्रो पटक यस्तो कानुन आएपछि अदालतमा सम्वन्ध विच्छेदको मुद्दा दिन आएको हुँ ।

१३ लाखमा एक लाख फिर्ता 

बिहीबारै अदालतमा  मेलमिलापमा श्रीमतिबाट सम्वन्ध विच्छेद गरेका  रेसुङ्गा नगरपालिका–६ का फर्शबहादुर पुन मगर पनि बैदेशिक रोजगारमै थिए । बाबुको काजक्रिया गर्न बैशाखमा घर आएको एक महिनापछि जेठमा घरबाट श्रीमति बेबत्ता भईन् । हुर्के बढेका चार छोरा छोरी र नातीकी हजुरआमा समेत रहेकी उनी कतै जालिन् भनेर त कल्पना नै गर्न सकेको थिएन । उनले भने अहिले पो थाहा भयो उनि ईस्मा गाउँपालिका ३, दर्लामचौरमा सौता माथि अर्को विवाह गरेर गएकी रहिछन् । १२ वर्षसम्म बैदेशिक रोजगारबाट कमाएको करिव १३ लाख हिनामिना गरेपनि एक लाख पाउने र दुई तोला सुन फिर्ता गरेर सम्वन्ध विच्छेद गरिदैछ ।

श्रीमति अदालत नजिकै हुनुहुन्छ

बिहीबार अदालत परिसरमा सम्वन्ध विच्छेदको मुद्दा लेखाउँदै गरेका रेसुङ्गा नगरपालिका–४ का ३५ वािषर््ाय राजेन्द्र क्षेत्री पनि श्रीमतिसँग सम्वन्ध विच्छेद गर्नु बाध्यता भएको सुनाउँछन् ।उनी भन्छन्–‘५ बर्षको छोरा छाडेर हिडेको श्रीमति धेरै भयो । बेला बेलामा केटाहरुको फोन आउँछ । सुन्छु यसै अदालत नजिकै पर्ने बसपार्कमा छन् । कसैसँग दोश्रो विवाह गरेर गईन् भन्न त सक्दिँन विना प्रमाण । तर वसपार्कको पाउरोटीवालाकहाँ छ भन्ने सुनेको छु । देखेको छैन ।’

यसरी एउटै जिल्ला गुल्मीमा एकै दिनमा पाँच जनाले सम्वन्ध विच्छेदको मुद्दा दिने पुरुषहरुको पीडा जस्तै अन्य जिल्लाका पुरुषको पीडा पनि त्यस्तै पाईएको छ ।

अन्य जिल्लाका पुरुष यसरी पोख्छन् पीडा

मकवानपुरबाट गंगाप्रसाद सापकोटा भन्छन् –‘ मेरा दुई छोरीहरु छन् । एउटीको उमेर ४ र अर्की ६ वर्षकी छ । श्रीमति सम्पर्कविहिन भएको डेढ बर्ष भयो । म दुवईको बैदेशिक रोजगारीमा थिएँ ।  मैले श्रीमतिलाई पनि दुवई बोलाएँ । दुई महिनापछि झगडा गरेर तँ सँग म बस्दै बस्दिन भनि । म घर फर्के ।  करिव तीन महिनापछि उनले दुवईबाट फोन गरेर मैले गल्ती गरें भनेर भनिन् । त्यो उनको भिसा बढाउने प्रयत्न थियो । त्यसपछि उनी नेपाल आईन् र मकवानपुर जिल्ला अदालतमा मुद्दा हालिन् । मुद्दा हालेको त्यस्तै डेढ वर्ष भयोहोला । उनि अदालतकै सम्पर्कमा समेत नभएपछि अल्लनमल्ल परेर बसेको छु । छोरीहरुलाई समेत जंगलमा लगेर कुटेर हिडेको सुन्छु । अव मैले के गनु पर्ला ।

 सामाजिक सञ्जालमा राहुल क्षेत्री लेख्छन लेख्छन –‘ अब केहि राहत मिल्छ कि ?  

रामजी पौड्लय लेख्छन– पीडित पुरुषका लागि मौका । 

अनमोल लिम्वुः म पनि गर्ने तयारीमा छु । मेरी श्रीमति म र मेरो परिवारको मञ्जुरी विना वा विना जानकारी एक्लै बसेको तीन वर्ष भयो । उ माईतीमा । 

पासाङ्ग तेञ्जिङ्ग शेर्पाः  अर्कोसँग लाग्यो कि नाई ? 
 

अमर गिरी : राम्रो कुरा हो । हक अधिकार बराबर हुनु प¥यो नि । 

टुक्रियको मुटुः म पनि पत्नी पीडित हुँ ।  म हाल सउँदी अरवमा छु । नेपाल फर्किएपछि  सम्वन्ध विच्छेद गर्छु । मेरो श्रीमति पनि माईतमा बसेको ३ वर्ष भयो । मेरो एउटा छोरी छ । मलाई पनि छोरीको माया लाग्छ । अनि घर जा भन्दा मान्दिँन । उल्टै मलाई गाली गर्ने, मेरो बाबु आमाको नाम जोडेर अश्लिल शब्दहरु प्रयोग गर्ने धम्की दिने गर्छिन् ।

शिवराम  सापकोटा : ढुक्क हुन है भन्दै समाचारदाताको सम्पर्क नम्वर माग्छन् । 
लक्ष्मण मल्ल र हरि बरालले संहितालाई धेरै राम्रो भनेका छन् ।

किशोर कार्कीः लुकाएर धेरै दिन सत्य लुक्दैन । म पनि पत्नी पीडित नै हो । भएको सम्पत्ति बुढीकै नाममा जोडियो ।  तर लास्टमा घर न घाटको भईएको छ । दुई छोरीहरुमध्ये एउटा छोरी तोरो होईन भनिसकेकी छ । कोही नभई त्यो पक्कै बोलेकी छैन । डिभोर्स त मैले नि लिनुछ ।  बाँकी जिग्दगी आफ्नो लागि ज्युँनु छ ।

खिम भण्डारीः मुखले भन्दा यस विषयमा सरकारले ताली नै पायो । 

खिम गुरुङ्ग : नारी पुरुष बराबरी, समानताको हक बल्ल जस्तो लाग्यो । राज दर्लामी उनको समर्थन जनाउँदै लेख्छन् ‘सहि कुरो ।’  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप