सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

ग्यालेक्सी नोट–९ को विक्री शुरु, नेपाली वजारमा अगष्ट ३१ देखि

शुक्रबार, ०८ भदौ २०७५, १९ : ०२
शुक्रबार, ०८ भदौ २०७५

काठमाठौं । सामसुङले आफ्नो अहिलेसम्मै सबैभन्दा शक्तिहाली नोट ग्यालेक्सी नोट–९ सार्वजनिक गरेको छ । गुरुग्राम भारत–सामसुङ इलेक्ट्रोनिक्सका आइटी र मोवाइल कम्युनिकेसन विभागका ग्लोवल अध्यक्ष तथा कार्यकारी अधिकृत डिजे कोहद्धारा आयोजित समारोहकाबीच सामसुङले आफ्नो अहिलेसम्मकै सबैभन्दा शक्तिहाली नोट ग्यालेक्सी नोट–९ सार्वजनिक गरेको छ ।

मिडिया, आफ्ना साझेदार संस्था र ग्यालेक्सी–९ का प्रशसंकहरु सहभागी सो कार्यक्रममा पश्चिम एसियाली मुलुकहरुबाट छानिएका ९ जना सामसुङका निष्ठावान व्यक्तिहरुलाई कोहले नोट–९ को पहिलो लट प्रदान गरे ।  

ग्यालेक्सी नोट–९ सामसुङको अध्याधुनिक प्रविधीको पछिल्लो श्रंखला हो । ग्यालेक्सी–९ फोनमा व्लुटुथ सहितको नयाँ एस पेनको कनेक्टीभिटी राखिएको छ जसले सेल्फी लिन, रिमोटको जस्तै प्रस्तुतीकरण गर्न सहयोग गर्दछ । यसको क्यामरा अहिलेसम्मकै इन्टिलिजेन्स क्यामराको रुपमा स्थापित छ । साथै, यसका सम्पूर्ण रुपले नयाँ डेक्स मोड राखिएको छ जसले पिसिको जस्तै अनुभुति दिलाउँने कम्पनीले बताएको छ ।

सामसुङ इलेक्ट्रोनिक्सका आइटी र मोवाइल कम्युनिकेसन विभागका ग्लोवल अध्यक्ष तथा कार्यकारी अधिकृत डिजे कोहले सामसुङका दक्षिण पश्चिम एसिया क्षेत्रका ७०,००० कर्मचारीहरुको तर्फबाट ग्यालेक्सी नोट–९  प्रस्तुत गर्न पाउँदा खुसी लागेको बताए । उनले यस क्षेत्रमा सामसुङ सन् १९९५ मा प्रवेश गरेको र यो निकै प्रिय मोवाइल व्राण्ड वनेको बताए ।

व्याट्रीः 
यसमा रहेको ४,००० व्याट्री दिनभर कुरा गर्न, गेम खेल्न, विहानदेखि रातीसम्म फिल्म हेर्न पर्याप्त हुन्छ । दिनमा व्याट्री चार्च गर्नुपर्ने झन्झबाट मुक्ति हुन्छ ।

भण्डारण क्षमताः
नेपालमा विक्री हुने ग्यालेक्सी नोट–९ मा आन्तरीक भण्डारण क्षमता १२८ जिवी रहेको छ । यसका साथै माइक्रोएसडी कार्ड यसमा ५१२एमबी इन्सर्ट गर्न सक्ने क्षमता रहेको छ, यसको १ टिवी मा तपाईको आफ्नो मनपर्ने फोटो, भिडियो र एप्स राख्नका लागि पर्याप्त ठाउँ रहेको छ र तपाई एकदमै निर्धक्क भए हुन्छ । अर्थात, तपाईले आफूलाई आवश्यक पर्ने धेरै कुरा भण्डारण गर्न सक्नुहुन्छ, हटाउन आवश्यक छैन् ।

तिव्र गतिः
यो एकदमै शक्तिशाली स्मार्ट फोन हो जसमा अग्रणी १० एनएम प्रोसेसर र  नेटवर्कलाई अझ तिव्र वनाउने प्रविधी हुन्छ र जसमा वजारमा उपलब्ध भएको १.२ जिगावाइट्स छ जसले कुनै पनि कुरा डाउनलोड गर्नका लागि सहजीकरण गर्ने गर्दछ । यसमा उद्योगको उत्कृष्ट र सामसुङको कार्वन कुलिङ सिस्टम रहेको छ जसले गर्दा अहिलेसम्मकै सबैभन्दा स्थीर काम गर्ने खालको छ ।

रिमोटजस्तै एस पेनः 
एस पेन नोटका विभिन्न श्रंखलाहरुको सिग्नेचर विशेषता हो र उपभोक्ताले यसलाई पहिचान वनाउने विश्वास कम्पनीको छ । यसले एउटा रिमोटको जस्तै काम गर्नेछ जसले फोनलाई नियन्त्रण गर्न सहयोग गर्दछ ।

इन्टिलिजेन्स क्यामराः
कुनै पनि मान्छेलाई व्यवसायीक फोटो लिन गाह्रो पर्छ तर नोट ९ ले यसलाई सजिलो बनाइदिन्छ । सामसुङले यस उद्योगलाई नै नेतृत्व प्रदान गर्ने नयाँ क्षमता सहितको प्रविधीको विकास गरेको छ जसले पूर्णत सही तस्वीर खिच्न सकिन्छ ।

फलागसिपको मापकः  
सामसुङका प्रिमियम प्रविधीका मापदण्डहरु ग्यालेक्सी नोट–मा रहेका छन् । तिव्र तार रहित चार्जिङ, आइपि ६८ को पानी र धुलो प्रतिरोधक छ । यसमा हाइव्रिड दुईवटा सिम जसमा सामसुङ हेल्थ र सामसुङ पे रहेका छन् । यो विश्वासिलो, डिफेन्स ग्रेड नक्स सेक्युरिटी प्लेटफर्म, वायोमेट्रिक सेक्युरिटी प्लेफर्म, फिङगर प्रिन्ट स्क्यानिङ, आइआरआईस स्क्यानिङ, अनुहार चिन्ने क्षमता र महत्वपूर्ण सूचनालाई सुरक्षित राख्न सक्ने विशेषताहरु रहेका छन् ।

अफरः

लेक्सी नोट–९ नेपाली वजारमा अगष्ट ३१ देखि नेपाली वजारमा उपलब्ध हुनेछ । यसको मुल्य १ लाख ९ हजार, ९ सय रहेको छ जसमा १२८ जिवी हुनेछ । ग्यालेक्सी नोट–९ मिडनाइट कालो र मेटालिक कपर रंगमा उपलब्ध हुनेछ , साथै मिल्ने एस पेन पनि उपलब्ध गराइने छ । ओसियन निलो कलर चाहि पहँलो एस पेनसँग आउने छ ।
यसका साथै अन्य अतिरिक्त अफरहरु पनि छन् । ग्यालेक्सी नोट–९ को खरिदमा एनसेलको १८ हजार एमवीको डाटा प्याक सित्तैमा पाईनेछ । त्यसैगरी शिखर इन्स्योरेन्समा एक वर्षको टुटफुटको विमा सुविधा र सजिलो इएमआइएस विभिन्न वैङकबाट प्राप्त हुनेछ ।

प्रिवुक अफर:

प्रि वुकिङको समयमा प्रयोगकर्ताले एउटा एचडीएमआई एडप्टर र एउटा छालाको कभर अथवा १० हजार अतिरित्त र एचडिएमआई एडप्टर र एउटा २४ सामसुङ करर्भ मोनिटर प्राप्त गर्नेछन् । यसका अलावा टर्किस एयरलाइन्सको टिकटमा १० प्रतिशत इकोनोमी र १५ प्रतिशत विजनेस क्लासमा डिसकाउन्ट पनि पाउन सकिनेछ । पहिला नै वुकिङ गर्नेहरुको विचमा लक्की ड्र गरी पहिलो हुनेलाई टर्किश एयरलाइन्सको आतेजाते टिकट उसले चाहेको गन्तव्यको प्राप्त गर्ने कम्पनीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप