सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

प्रदेश ५ मा बलात्कारका घटना बढ्दै : २० वर्षीय युवकद्वारा  ६ वर्षीया बालिका बलात्कृत

आइतबार, १० भदौ २०७५, ०९ : ५८
आइतबार, १० भदौ २०७५

बुटवल ।  प्रदेश–५ का केही जिल्लाहरुमा बलात्कारका घटना बढेका छन् । यस प्रदेशको राजधानी मानिने रुपन्देहीमा मात्र पछिल्लो पाँच दिनको अन्तरालमा ६ वर्षीया बालिकासहित ३ वटा बलात्कार घटना भएको रुपन्देही जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  
केही महिना अघि ज्युँदै जलाएर हत्या गरिएकी किशोरीकै गाउँ कञ्चन गाउँपालिकामा फेरी अर्को जघन्य अपराध भएको छ । सो गाउँपालिका वडा नम्वर ३ धमिनापालमा भदौ ६ गते राती करिब ११ बजेको समयमा स्थानीय २० वर्षीय विकल्प पुनले ६ वर्षिया बालिकालाई बारीमा लगेर मुख थुन्दै बलात्कार गरेको सालझण्डी ईलाका प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक दिपेश वस्यालले जानकारी दिए ।
उनले भने– ‘त्यस दिन राती त्यहाँको एक घरमा तिज गीत नाचगानको कार्यक्रम रहेछ । त्यहाँबाट करिब डेढ सय मिटर पर मकैवारीमा लगेर निज पुनले ति बालिकालाई बलात्कार गरेका थिए । उनी विरुद्ध अदालतमा म्याद थप गरी मुद्दा अगाडी बढाईको छ ।’
उनका अनुसार उनले ति वालिकालाई बलात्कार गरिरहेको अवस्थामा त्यही घरमा आएकाहरुले छुटाएर पिडकलाई प्रहरीमा बुझाएका हुन् । त्यस दिन ती बालिकाकी आमा भने बुटवलतिर गएकी थिइन् । धादिङ्ग घर भएकी उनी श्रीमानसँग अलग भई माईती मै दुई सन्तानसहित बस्दै आएकी थिइन् ।
यता वुटवल ईलाका प्रहरी कार्यालयमा पनि एक हप्ताको अन्तरालमा दुई वटा वलात्कार घटनाका मुद्दा दायर भएको त्यहाँका प्रहरी प्रमुख डिल्ली मल्लले जानकारी दिए । मल्लका अनुसार बुटवाल उपमहानगरपालिका वडा नम्वर ११ कालिका नगरस्थित चिप्स फ्याक्टरीको गोदामभित्रै भदौ ७ गते साढे १२ वजेको समयमा एउटी कामदार महिला बलात्कृत भएकी छिन् ।
त्यस्तै, ३३ वर्षिया मुसिकोट ए (नाम परिवर्तित) महिलालाई सोही वडाका गोपाल भन्ने ४८ वर्षीय मेकबहादुर कौशलले बलात्कार गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरी मुद्दा दायर गरेको छ ।
त्यस्तै भदौ ४ गते साढे सात बजेको समयमा तिलोत्तमा नगरपालिका–६, मणिग्राममा वर्ष १६ की किशोरीलाई सोही वडामा दुई  जना पुरुषहरुले सामुहिक वलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरी मुद्दा चलान गरेको छ । पक्राउ पर्नेहरुमा रुपन्देही तिलोत्तममा–६ का ४९ वर्षीय देवेन्द्र नारायण चौथरी र सप्तरी जिल्ला सोम नगरपालिका–६ भई सोही स्थानमा बस्दै आएका वर्ष १९ का सन्तोष चौधरी रहेका छन् ।उनीहरुलाई अदालतमा म्याद थप गरी मुद्दा अगाडी बढाईएको डिएसपी मल्ले जानकारी दिए ।  
उता  पहाडी जिल्ला पूर्वी रुकुम र गुल्मीमा पनि यस हप्ता भित्र दुई वलात्कार घटना घटेका छन् । रुकुममा १६ वर्षीया किशोरीलाई १८ वर्षीय युवाले बलात्कार गरेको त्यहाँका प्रहरी प्रमुख डिएसपी लोकनाथ तिम्लिसेनाले जानकारी दिए ।  
गुल्मीको ईस्मागाउँपालिका वडा नम्वर–५ म्याला विसौनाका ५६ वर्षिय ८ सन्तानका बाबु धनबहादुर चुँदराले स्थानीय मानसिक सन्तुलन ठीक नभएकी ४६ वर्षीया महिलालाई भदौ ७ गते साढे दश बजेको सयममा एउटा कयरोमा लगेर बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता डिएसपी रोशन खड्काले जानकारी दिए । त्यस कार्यालय मुद्दाफाँटका सई शेरबहादुर खत्रीले निजलाई अदालतबाट ७ दिन म्याद थपेर कारवाही प्रकृया अगाडी बढाइएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप