मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

राशिअनुसार आजको आफ्नो भाग्य हेर्नुहोस्

सोमबार, ११ भदौ २०७५, ०६ : ०६
सोमबार, ११ भदौ २०७५

आजको राशिफल

वि.सं.२०७५ साल भाद्र ११ गते । सोमबार । ईश्वी सन् २०१८ अगष्ट २७ तारिख । नेपाल सम्बत् ११३८ । बिरोधकृत् संवत्सर । उत्तरायणं । वर्षा ऋतु । श्रीशाके १९४० । भाद्र कृष्ण पक्ष । तिथि प्रतिपदा,३० घडी २४ पला,बेलुकी ०५ बजेर ५० मिनेट उप्रान्त द्धितिया । नक्षत्र शतभिषा,२३ घडी १८ पला,दिउँसो ०३ बजेर ०० मिनेट उप्रान्त पूर्वाभाद्रपदा । योग सुकर्मा ४९ घडि १९ पला,बेलुकी १० बजेर १२ मिनेट उप्रान्त धृति । 

 

करण कौलव,बेलुकी ०५ बजेर ५० मिनेट उप्रान्त तैतिल । आनन्दादीमा अमृत योग । चन्द्रराशि कुम्भ ।  पञ्चक। गाईजात्रा ।

काठमाडौंमा सूर्योदय ५ बजेर ४० मिनेट,सूर्यास्त बेलुकी ६ बजेर २८ मिनेट । दिनमान ३२ घडी ०० पला । 

 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)  व्यापार व्यावसायबाट प्रशस्त आम्दानि हुँनेछ । बिशेष गरि हाईड्रो पावर,पानि तथा औषधि सँग सम्बन्धित ब्याबसायबाट प्रशस्त लाभ लिन सकिनेछ । बिद्यामा सोचेअनुरुपनै प्रगति हुँनेछ । परिवार तथा आफन्तहरु तपाईको कामदेखि प्रशन्न हुँनेछन् । सवारि साधन प्राप्त हुँने योग रहेको छ । दाजुभाई बाट राम्रै सहयोग प्राप्त हुँनेछ । माया प्रेममा बिश्वासको बाताबरण झन कसिलो भएर जानेछ । 

 

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) काम गर्ने सवालमा  शक्तिशालि व्याक्तिहरुसँग प्रतिष्पर्धा गर्नुपदा आफु कमजोर भईनेछ । नोकरिमा झै झमेलाको सामना गर्नुपर्नेछ भने तपाईको खुट्टा तान्नेहरु सक्रिय लाग्नेछन् ध्यान दिनुहोला । व्यापारमा प्रशस्त समय खर्चिए पनि भनेजस्तो आम्दानि नहुँदा चिताएको काम सम्पादन गर्न सकिनेछैन । माया प्रेममा आफ्नो मायालुसँग दुरि बढ्ने योग रहेकोछ । अध्ययनमा मन नजादा अरु भन्दा पछि परिने सम्भावना रहेकोछ भने बिवादित बिषयहरु तपाईको पक्षमा सुनुवाई नहुँदा मन खिन्न हुँनेछ ।

 

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) महत्वपुर्ण जिम्मेवारि सम्पादन गर्नको लागि अवसर जुर्नेछ । राज्य तथा राजनितिमा सम्मानजनक उपश्थिति रहने हुनाले जनताको काम गरि नाम तथा दाम दुवै कमाउन सकिनेछ । अध्यात्म तथा धार्मिक क्षेत्रमा रुचि बढ्नेछ भने धार्मिक प्रतिष्ठान तथा मन्दिर तिर गई टिका तथा प्रशाद ग्रहण गर्ने अवसर जुर्नेछ । यात्रा सँग सम्बन्धित व्यावसाय फस्टाएर जानेछ भने आर्थिक अवस्थामा सुधार भएर जानेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेकोछ । 

 

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यापार ब्याबसायमा आजको दिन लगानि नगर्नुनै राम्रो हुँनेछ । बैक तथा बित्तिय सस्थामा गरिएको लगानि बाट सन्तोषजनक नाँफा हुँनेछ । स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ । बिद्यामा सफलता पाउँन मेहनेत गर्नुपर्ला । दिदि बहिनि बाट सहयोगको आश्वासन मात्र प्राप्त हुँनेछ । भौतिक सम्पति तथा रुपैया पैसा हराउन तथा लुटिन सक्छ ध्यान दिनुहोला । भ्रष्टचार सम्बन्धि मुद्धा मामिला आई लाग्न सक्छ काम गर्दा ध्यान दिनु जरुरि देखिन्छ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) व्यावसायिक यात्रा हुँने भएपनि उपलब्धि भने न्युन हुँनेछ । माया प्रेममा अबिश्वास बढ्नेछ भने जीवन साथि सँग असमजदारि बढ्ने हुँनाले कामहरु समयमा गर्न सकिनेछैन । व्यापार व्यापारमा लगानि गरेपनि आम्दानि कम हुँने हुँदा दैनिकी चलाउँन हम्मे हम्मे पर्नेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्या आउँने तथा कामहरु प्रभावित हुँनेछन् । अध्ययनमा मन नजाने हुँनाले अरुभन्दा पछि परिनेछ ।

 

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) साना तिना काममा समय व्यातित हुदा महत्वपुर्ण कामहरु थाति रहनेछन् । बिवाद,झगडा तथा बावविवादमा सामेल नहुनुहो समय मध्ययम रहेकोछ । काम गर्दा ख्याल गर्नुहोला काम बिग्रने तथा आलोचना गर्नेहरु प्रशस्त भेटिनेछ । प्रेमम एक अर्कालाई बिश्वास गर्न नसक्दा टाडिनु पर्ने बाध्यता आउन सक्छ । न्यायिक निर्णयहरु तपाईको पक्षमा नआउने हुनाले केहि दिनको लागि पछि सार्नु उपयूक्त हुनेछ । पढाई लेखाईमा समय दिएपनि भनेजस्तो आउने छैन  । 

 

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) बौद्धिकताको लडाईमा तपाईकै नाम उच्च स्थानमा आउँने हुँनाले मन प्रशन्न हुँनेछ । शिक्षा तथा शेयर बजारमा गरिएको लगानिबाट भनेजस्तो प्रतिफल प्राप्त हुँने हुँनाले दैनिकी सहज हुँनेछ । अध्ययनमा मन जाने हुँनाले नतिजाको अपेक्षा गर्न सकिनेछ । आकस्मिक धन तथा सम्पति लाभ हुँनेछ भने उपाहार पाईने तथा चिठ्ठा प्राप्तिको प्रशस्त सम्भावना रहेकोछ । मनग्गे धन आर्जन गर्न सकिने हुँनाले ईच्छित कामनाहरु पुरा हुँनेछन् ।

 

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) समयमा काम गर्न सकिने तथा जनताको काम समयमा सम्पन्न हुँने हुँदा सामाजिक पद प्रतिष्ठा पाईने योग रहेकोछ । अध्ययन अध्यापनमा समय दिए अनुशार राम्रो नतिजाको अपेक्षा गर्न सकिनेछ । आमा वा अग्रजको सुझाबलाई मनन गर्दै अगाडि बढ्दा गन्तब्य पहिल्याउँन सहज हुँनेछ । घर जग्गा तथा सवारि साधनको खरिद बिक्रिबाट मनग्गे धन लाभ हुँनेछ भने माया प्रेममा सामिप्यता बढेर जाने योग रहेकोछ ।

 

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) दिनभर परिश्रम गरेपनि न्यून कमाई हुँने हुँदा दैनिक गुजारा गर्न असजिलो महशुष हुँनेछ । बिद्यार्थिहरुले पढ्न लेख्न मन नगर्दा पढाई बिग्रने अधिक सम्भावना रहेकोछ । यात्रा गर्ने अवसर आएपनि गन्तब्यमा पुग्न जटिल परिस्थितिहरुको सामना गर्नुपर्नेछ । व्यापार व्यावसायमा सोचेजस्तो आम्दानि नहुँदा थप लगानि गर्ने बाताबरण गुम्नेछ । माया प्रेममा सामान्य मनमुटाव सिर्जना हुँन योग रहेकोछ ।

 

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) समाजमा बोलिको प्रभाव बढ्ने हुँनाले बोलेरै थेरै कामहरु गर्न सकिनेछ । व्यापारमा बढोत्तरिको योग रहेकोछ भने नयाँ व्यावसाय सुरु गर्न सकिनेछ । कुटुम्बसँगको सम्बन्धमा सुधार हुँनेछ भने आफन्तको सहयोगले कामहरु समयमा नै सकाउँन सकिनेछ । पारिवारिक जमघटमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ । माया प्रेममा रमाउँन चाहनेहरुलाई समयले साथ दिनेछ भने जीवन साथिसँग थप आत्मियता बढ्नेछ ।

 

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) राम्रा तथा सामाजिक काम गरि अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ । सानो प्रयत्नले ठुलो काम बन्ने हुँदा आर्थिक रुपमा सबल होईनेछ । थोरै स्रोत साधन प्रयोग गरि असिमित आवस्यक्ता हरु पुरा गर्न सकिनेछ । प्रेम प्रशङमा रमाउँन चाहानेहरुका लागि दिनले साथ दिने हुँदा मिठा मिठा कुरा गरि समय व्यातित गर्न सकिनेछ । पढाईमा प्रगति हुँने तथा नतिजा तपाई आफ्नै पोल्टोमा पर्नेछ ।

 

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्यापार व्यावसायमा प्रसस्त समय दिएपनि आम्दानि थोरैनै हुँनेछ । कामगर्दा ख्याल गर्नु जरुरि देखिन्छ समयमा कामहरु सम्पन्न नहुँदा मान सम्मानमा आघात पर्न सक्छ । पढाई लेखाई तपाई आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनु होला । बिदेश यात्राको गतिलो सम्भावना रहेको छ भने बिदेशि सामानको व्यापार फस्टाएर जानेछ । माया प्रममा अबिश्वास बढ्नेछ भने सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँने योग रहेकोछ । 

 

तपाईको दिन शुभ रहोस् । 

यूवा ज्योतिषि डिपि भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र

काठमाडौं फोन न.९८०८३०७२७५

नोट : चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप