सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कलर्स मोबाइलले ल्यायो प्राइड ५सी र प्राइड ५ई एण्ड्रोइड गोे

मङ्गलबार, १२ भदौ २०७५, १९ : १७
मङ्गलबार, १२ भदौ २०७५

काठमाडौं – कलर्स मोबाइलले प्राइड सिरिज अन्तर्गत आफ्नो नयाँ शृँखला प्राइड ५सी र प्राइड ५ई प्रस्तुत गरेको छ । नयाँ प्राइड ५सी र प्राइड ५ईमा एण्ड्रोइड गोे को नयाँ सुविधा छ जसले एपको साइज ५० प्रतिशतले कम गरिदिन्छ भनें स्टोरेज क्षमता समेत वृद्धि गरिदिन्छ र राम्रो दृश्य देखिनका लागि १८ः९ को फुल भ्यू डिस्प्ले छ ।

१८ः९ को अनुपातीय डिस्प्ले र नवीनतम् एण्ड्रोइड गोे भर्सन ओरियोयुक्त परिचयात्मक स्मार्टफोनले सबैलाई मोहित पार्ने कम्पनीको दावी छ । साथै यसमा एनसेलको ३००० एमबी एनसेल डाटा पनि सित्तैमा पाइनेछ ।

कलर्स मोबाईलको आधिकारिक विक्रेता टेलिटकका प्रबन्ध निर्देशक प्रतिक जलानले बिक्री शुभारम्भ गर्दै भने, “परिचयात्मक खण्डको स्मार्टफोनलाई प्रायजसो मोबाइलका पारखीहरुले अधिक रुचाउने गर्दछन् र धेरै मोबाइल निर्माताहरु यसतर्फ अग्रसर छन् । प्रतिस्पर्धा कडा छ । हामीपनि सोही प्रतिस्पर्धामा छौं तर एण्ड्रोइड गो र १८ः९ फुल भ्यू डिस्प्ले देखिने स्क्रिनको विशेषताहरुका साथ, जसले ग्राहकहरुलाई ठूलो चौडा आकारको डिस्प्लेमा हेर्नुको आनन्दायक अनुभूति प्रदान गर्नेछ ।”

नयाँ प्राइड ५ सिरिजमा १.३ गिगाहर्ज प्रोसेसरको पावर्ड छ भनें फोटो, गीतसंगीत र भिडियोहरु स्टोरेज गर्न १जीबी ¥याम÷८जीबी रोमको क्षमता छ, यस्तै नवीनतम् एण्ड्रोइड गोे भर्सन ओरियोद्वारा साथ दिइएको एपहरु यसमा जडित छन् जसले फोनको कार्य क्षमता अभिवृद्धि गर्न खासमा मद्दत गर्दछ ।

प्राइड ५ई फोर जी र प्राइड ५सी थ्रीजीलाई साथदिने  खालका छन् र यी फोनहरुमा ५ इन्च एवं १८ः९ अनुपातीय २.५ डि डिस्प्ले रहेको छ । यी फोनहरु मध्ये प्राइड ५सीको मूल्य ७,५९५ रुपैंया र प्राइड ५ ईको मूल्य ८,९९५ रुपैयाँ कायम गरिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप