मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

राजधानीमा तीन पार्टीको ब्यालेन्स सिट : ७० र ७४ को चुनावमा कसको कति मत ? (विवरण)

बुधबार, ०४ साउन २०७४, ११ : ०६
बुधबार, ०४ साउन २०७४

२०७० सालको दोस्रो संविधान सभाको चुनाव र भर्खरै भएको २०७४ सालको स्थानीय निर्वाचनमा राजधानीमा एमालेले राम्रै प्रगति गरेको छ ।  काठमाडौँमा एमालेले अघिल्लो निर्वाचनको तुलनामा नेपाली काङ्ग्रेस र माओवादी केन्द्रले पाएको मतका आधारमा १२ प्रतिशत मत बढी ल्याएको छ  । यस्तै भक्तपुर र लतिलपुरमा पनि एमालेले प्रगति गरेको छ । भक्तपुरमा कूल मत सङ्ख्याका आधारमा पहिलो रहेको नेपाल मजदुर किसान पार्टी दोस्रो स्थानमा पुगेको छ । भक्तपुरमा माओवादी केन्द्रले झन्डै १० प्रतिशत मत गुमाएको छ । 
 
काठमाडौँ :
७० सालमा भएको चुनावमा काठमाडौँमा रहेका १० निर्वाचन क्षेत्रमध्ये नेपाली काङ्ग्रेसले ७ क्षेत्रमा चुनाव जितेको थियो भने नेकपा एमालेले ३ क्षेत्रमा विजयी हासिल गरेको थियो । संसदीय चुनावमा काठमाडौँमा पहिलो दल बनेको नेपाली काङ्ग्रेसले कूल १ लाख ५३ हजार ६ सय ४८ मत पाएको थियो ।  
यस्तै दोस्रो पार्टी बनेको नेकपा एमालले १ लाख २१ हजार ४ सय ६० मत पाएको थियो भने प्रत्यक्ष प्रणालीतर्फ एक क्षेत्रमा पनि जित निकाल्न नसकेको माओवादी केन्द्रले कूल ६१ हजार ४ सय २६ मत पाएको थियो । 


२०७० सालमा भएको चुनावमा कूल मतदाता ५ लाख २७ हजार ४ सय ९४ थिए भने खसेको मतको ३ लाख ९९ हजार ९ सय ४९ मत सदर मत थियो ।

२०७० सालमा भएको संविधान सभा निर्वाचनमा प्राप्त परिणाम 
नेपाली काङ्ग्रेस : १,५३,६४८ (४५.६५%) 
नेकपा एमाले : १,२१,४६० (३६.०९%)
माओवादी केन्द्र : ६१,४२६ (१८.२५%)
(काठमाडौँ क्षेत्र नं. २ मा उपनिर्वाचन भएको थियो, जसमा नेपाली काङ्ग्रेसका नेता दीपक कुइँकेल विजयी भएका थिए । उक्त आँकडालाई यहाँ समावेश गर्न सकिएको छैन) 

२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा काठमाडौँमा रहेका ११ स्थानीय तहमध्ये ७ स्थानीय तहमा एमालेले जित हासिल गरेको छ भने नेपाली काङ्ग्रेसले ३ स्थानीय तह जितेको छ । स्थानीय तहको निर्वाचनबाट एमाले काठमाडौँमा प्रमुख दल बनेको छ । उसले यो निर्वाचनमा कूल १ लाख ४६ हजार ५ सय ८७ मत प्राप्त गरेको छ । 


यस्तै दोस्रो स्थानमा झरेको नेपाली काङ्ग्रेसले १ लाख २१ हजार ४ सय ९७ मत प्राप्त गरेको छ । एउटा पनि स्थानीय तहमा जित निकाल्न नसकेको माओवादी केन्द्रले कूल ३६ हजार १ सय ३४ मत ल्याएको छ । यो निर्वाचनका लागि ५ लाख ५९ हजार ४ सय मतदाता रहेका थिए, जुन अघिल्लो निर्वाचनको भन्दा ३१ हजार ९ सय ६ ले बढी हो । 

स्थानीय तहको निर्वाचन २०७४ मा प्राप्त परिणाम 
नेकपा एमाले : १,४६, ५८७ (४८.१८%) 
नेपाली काङ्ग्रेस : १,२१,४९७ (३९.९३%)
माओवादी केन्द्र : ३६,१३४ (११.८७%)


भक्तपुर 
भक्तपुरमा २०७० मा तेस्रो स्थानमा रहेको नेकपा एमाले कुल प्राप्त मतका आधारमा पहिलो पार्टी बनेको छ । अघिल्लो चुनावको तुलनामा उसले १३ प्रतिशत मत बढाएको छ । पहिलो स्थानमा रहेको नेपाल मजदुर किसान पार्टी दोस्रो स्थानमा झरेको छ भने दोस्रो स्थानमा रहेको नेपाली काङ्ग्रेस तेस्रो स्थानमा पुगेको छ । 
भक्तपुरमा अघिल्लो चुनावको तुलनामा नेपाल मजदुर किसान पार्टीको ४ प्रतिशत मत घटेको छ, नेपाली काङ्ग्रेसको ३ प्रतिशत र माओवादी केन्द्रको सबैभन्दा बढी ९ प्रतिशत मत गुमाएको छ । 

दुई निर्वाचन क्षेत्र रहेको भक्तपुरमा २०७० सालमा भएको दोस्रो संविधान सभा निर्वाचनमा क्षेत्र नं. २ मा नेपाली काङ्ग्रेसले जितेको थियो भने क्षेत्र नं. १ मा नेपाल मजदुर किसान पार्टी विजयी भएको थियो । उक्त चुनावमा भक्तपुरको दुई चुनाव क्षेत्रमा कूल ३७ हजार ८ सय ५७ मत ल्याएर नेपाल मजुदर किसान पार्टी पहिलो बनेको थियो । नेपाली काङ्ग्रेसले कूल ३३ हजार ९ सय ४७ मत पाएको थियो भने तेस्रो स्थानमा रहेको नेकपा एमालेले २१ हजार ६ सय ९७ मत ल्याएको थियो । 
यस्तै पाँचौँ स्थानमा रहेको माओवादी केन्द्रले १२ हजार ७ मत ल्याएको थियो । निर्वाचनका लागि कूल मतदाता १ लाख ४९ हजार ५ सय ५८ थिए तर खसेको सदर मत कूल १ लाख २२ हजार ७ सय ५५ थियो ।   

२०७० सालमा भएको संविधान सभा निर्वाचनमा प्राप्त परिणाम 
नेपाल मजदुर किसान पार्टी : ३७,८५७ (३५%)
नेपाली काङ्ग्रेस : ३३,९४७ (३२.१७%)
नेकपा एमाले : २१,६९७ (२०.५६%)
माओवादी केन्द्र : १२,००७ (११.३८%) 

यस्तै स्थानीय तहको निर्वाचनमा भक्तपुरका ४ स्थानीय तहमध्ये ३ वटामा नेकपा एमाले विजयी भएको छ भने नेपाल मजदुर किसान पार्टीले एउटा तहमा जित दर्ता गरेको छ । स्थानीय तहको निर्वाचनमा भक्तपुर जिल्लामा दलहरूले पाएको कूल मतअनुसार सबैभन्दा बढी नेकपा एमालेले ३८ हजार ८ सय ६५ मत प्राप्त गरेको छ । यस्तै दोस्रो स्थानमा नेपाल मजदुर किसान पार्टीले ३६ हजार ७ सय ९४ मत पाएको छ । तेस्रो स्थानमा नेपाली काङ्ग्रेसले कूल ३४ हजार ४ सय ४० मत ल्याएको छ भने माओवादी केन्द्रले ५ हजार ६ सय ३५ मत ल्याएको छ । 
यो निर्वाचनमा भक्तपुरमा १ लाख ६१ हजार ५ सय २९ मतदाता सङ्ख्या  रहेको थियो, जुन २०७० सालमा भएको चुनावको तुलनमा ११ हजार ९ सय ७१ ले बढी हो ।  

स्थानीय तहको निर्वाचन २०७४ मा प्राप्त परिणाम 
नेकपा एमाले : ३८, ८६५ (३३.५८%)
नेमकिपा : ३६, ७९४ (३१.७९%)
काङ्ग्रेस : ३४, ४४० (२९.७५%)
माओवादी : ५, ६३५ (४.८६%)

ललितपुर 
ललितपुरमा २०७० मा भएको चुनाव र अहिले भएको चुनावको प्रतिशतका आधारमा तुलना गर्दा पहिलो पार्टी बनेको काङ्ग्रेस अहिले दोस्रो पार्टी बनेको छ । नेपाली काङ्ग्रेसले अघिल्लो चुनावको तुलनामा १० प्रतिशत मत गुमाएको छ । यस्तै नेकपा एमालेले भने १३ प्रतिशत मत बढाएर कूल मत सङ्ख्याका आधारमा पहिलो पार्टी बनेको हो । यस्तै माओवादी केन्द्रले अघिल्लो चुनावको तुलनामा ३ प्रतिशत मत कम ल्याएको छ । ललितपुरमा अघिल्लो निर्वाचनको तुलनामा नेपाली काङ्ग्रेस माओवादी केन्द्रभन्दा बढी कमजोर बनेको छ । 

३ क्षेत्र रहेको ललितपुरमा २०७० सालमा भएको दोस्रो संविधान सभाको निर्वाचनमा नेपाली काङ्ग्रेसले ३ वटै निर्वाचन क्षेत्रमा विजय हासिल गरेको थियो । ललितपुरमा उक्त निर्वाचलनमा नेपाली काङ्ग्रेसले कूल ६५ हजार ३ सय ५७ मत ल्याएर पहिलो पार्टी बनेको थियो भने कूल मतका आधारमा नेकपा एमाले दोस्रो बनेको थियो । एमालेले ललितपुरमा  कूल मत ३२ हजार ९८ पाएको थियो । यस्तै तेस्रो दल बनेको माओवादी केन्द्रले २९ हजार ६ सय ९६ मत पाएको थियो । उक्त निर्वाचनमा ललितपुरमा २ लाख २ सय ४ कूल मतदाता थिए भने खसेको मतको १ लाख ५७ हजार ५ सय ३९ मत सदर मत थियो । 

२०७० सालमा भएको संविधान सभा निर्वाचनमा प्राप्त परिणाम 
नेपाली काङ्ग्रेस : ६५,३५७ (५१.४०%)
नेकपा एमाले : ३२,०९८ (२५.२४%)
माओवादी केन्द्र : २९,६९६ (२३.३५%) 

यस वर्ष भएको स्थानीय तहको निर्वाचनमा ललितपुर जिल्लामा रहेका ६ वटा स्थानीय तहमध्ये ३ तहमा नेपाली काङ्ग्रेस, २ तहमा नेकपा एमाले र १ तहमा माओवादी केन्द्र विजयी भएको छ । 


ललितपुरमा यो चुनावमा दलहरूले पाएको कूल मत आँकडा हेर्दा सबैभन्दा बढी नेपाली काङ्ग्रेसले ५२ हजार १ सय ९ मत पाएको छ । दोस्रो स्थानमा रहेको नेकपा एमालेले ४८ हजार ९ सय ७७ मत ल्याएको छ । यस्तै माओवादी केन्द्रले २४ हजार ९ सय ९९ मत ल्याएको छ । यो निर्वाचनमा ललितपुरमा कुल मतदाता सङ्ख्या २ लाख १३ हजार ३७ थिए, जुन अघिल्लो चुनावको भन्दा १२ हजार ८ सय ६९ ले बढी हो ।  

स्थानीय तहको निर्वाचन २०७४ मा प्राप्त परिणाम 
नेपाली काङ्ग्रेस : ५२,१०९ (४१.३२%) 
एमाले : ४८,९७७ (३८.८४%)
माओवादी : २४,९९९ (१९.८२%)


२०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा प्रत्यक्ष प्रणालीतर्फ काठमाडौँमा दलहरूले पाएको मत यसप्रकार छ :  
 

काठमाडौँ क्षेत्र नं. १
मतदाता : ३९,१६४, खसेको मत :  ३००२६, सदर मत : २८,९३४ बदर मत : १०९२
नेपाली काङ्ग्रेस : १५१३८
माओवादी केन्द्र : ४०६४
राप्रपा : ३७३२ र १२५
एमाले : ३५०१

काठमाडौँ क्षेत्र नं. २
मतदाता : ६३८७३, खसेको मत :  ५१६३१, सदर मत : ४९४१५ बदर मत : २२१६
एमाले : २१,७४८
नेपाली काङ्ग्रेस : १२,४७५
माओवादी केन्द्र : ७१५४
राप्रपा : ५३५८ र ४८६
(काठमाडौँ क्षेत्र नं. २ मा उपनिर्वाचन भएको थियो, जसमा नेपाली काङ्ग्रेसका नेता दीपक कुँइकेल विजयी भएका थिए । उक्त आँकडालाई यहाँ समावेश गर्न सकिएको छैन ।) 

काठमाडौँ क्षेत्र नं ३
मतदाता : ४५,९०५, खसेको मत :  ३७१५१, सदर मत : ३५५३२ बदर मत : १६१९
एमाले : १३,१०४
नेपाली काङ्ग्रेस : १२,२४६
माओवादी केन्द्र : ४,८३८
राप्रपा : १,८३९ र ४२३

काठमाडौँ क्षेत्र नं. ४
मतदाता : ५६,८८७, खसेको मत :  ४५,५२४, सदर मतः ४३, ५३१ बदर मत : १,९९३
नेपाली काङ्ग्रेस : २२,३३६
एमाले : ९,१३५
माओवादी केन्द्र : ६,४६२
राप्रपा : ३,२६३ र २५३

काठमाडौँ क्षेत्र नं. ५
मतदाता : ५५,३७७, खसेको मत :  ४३,९१२, सदर मत : ४१,९३८ बदर मत : १,९४४
नेपाली काङ्ग्रेस : १५,३६४
एमाले : १४,७२३
राप्रपा : ४,३५९ र २३६
माओवादी केन्द्र : ३,६५५

काठमाडौँ क्षेत्र नं, ६
मतदाता : ५०,८५४, खसेको मत :  ४१,०५६, सदर मत : ३९,२२६ बदर मत : १८३०
नेपाली काङ्ग्रेस : १४१५१
एमाले : १२८७४
माओवादी केन्द्र : ५९४५
राप्रपा : २३८५ र ३५८

काठमाडौँ, क्षेत्र नं. ७
मतदाता : ५३,०९०, खसेको मत :  ४१,७३०, सदर मत : ३९,६७८ बदर मत : २०५२
एमाले : १३,२८९
नेपाली काङ्ग्रेस : १०,४८६
माओवादी केन्द्र : ७,०१५
राप्रपा : ४,१८० र ४५०

काठमाडौँ क्षेत्र नं. ८
मतदाता : ४६,४३०, खसेको मत :  ३६,०४२, सदर मत : ३४,२८३ बदर मत : १७५९
नेपाली काङ्ग्रेस : १३,७७४
एमाले : ६,३६७
राप्रपा : ४,९३८ र ३७५
माओवादी केन्द्र : २,७६५

काठमाडौं क्षेत्र नं. ९
मतदाता : ५७,९५७, खसेको मत :  ४६११५, सदर मत : ४३७०६ बदर मत : २४०९
नेपाली काङ्ग्रेस : १४४८३
एमाले : १३१००
माओवादी केन्द्र : ६६६९
राप्रपा : ४४९० र २४५
 

काठमाडौं क्षेत्र नं १०
मतदाता : ५७९५७, खसेको मत :  ४६११५, सदर मत : ४३७०६ बदर मत : २४०९
नेपाली काङ्ग्रेस : २०३९२
एमाले : १३६१९
माओवादी केन्द्र : १२८५९
राप्रपा : २०२९ र ३५८

कूल 
नेपाली काङ्ग्रेस : १,५३,६४८
एमाले : १,२१,४६०
माओवादी केन्द्र : ६१,४२६
मतदाता : ५ लाख २७ हजार ४ सय ९४ 

२०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा प्रत्यक्ष प्रणालीतर्फ भक्तपुरमा दलहरूले पाएको मत यसप्रकार छ :  

भक्तपुर क्षेत्र नं. १
मतदाता : ६७३४०, खसेको मतः ५६५२९, सदर मत : ५४६२० बदर मत : १९०९
नेमकिपा : २०४४६
नेपाली काङ्ग्रेस : १२८२६
एमाले : ५६६८
माओवादी केन्द्र : ६२१६
राप्रपा : ४४५८ र २६४३

भक्तपुर क्षेत्र नं. २
मतदाता : ८२२१८, खसेको मत : ७०३८७, सदर मत : ६८१३५ बदर मत : २२५२
नेपाली काङ्ग्रेस : २११२१
नेमकिपा : १७४११
एमाले : १६०२९
माओवादी केन्द्र : ५७९१
राप्रपा : २६३२ र १७६१
 

कूल
नेमकिपा : ३७,८५७
नेपाली काङ्ग्रेस : ३३, ९४७
एमाले : २१,६९७
माओवादी केन्द्र : १२,००७
मतदाता : १,४९,५५८
खसेको सदर मत : १,२२,७५५

२०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा प्रत्यक्ष प्रणालीतर्फ ललितपुरमा दलहरूले पाएको मत यसप्रकार छ :  

ललितपुर क्षेत्र नं. १
मतदाता : ५५११९, खसेको मत : ४५६५९, सदर मतः ४४०७८ बदर मतः १५८१
नेपाली काङ्ग्रेस : १८५६०
एमाले : १०६८२
माओवादी केन्द्र : ६१९६
राप्रपा : ६००७ र ६३५

ललितपुर क्षेत्र नं.२
मतदाता : ६७१९३, खसेको मत : ५६३६३, सदर मत : ५४३०१ बदर मत : २०६२
नेपाली काङ्ग्रेस : २३२३१
माओवादी केन्द्र : १२०५९
एमाले : ९१०८
राप्रपा : ४७२७ र ४६०

ललितपुर क्षेत्र नं. ३
मतदाता : ७७८९२, खसेको मत : ६१५३५, सदर मत : ५९१६० बदर मत : २३७५
नेपाली काङ्ग्रेस : २३५६६
एमाले : १२३०८
माओवादी केन्द्र : ११४४१
राप्रपा : ६८६७ र ३४३
कूल
नेपाली काङ्ग्रेस : ६५,३५७
नेकपा एमाले : ३२,०९८ 
माओवादी केन्द्र : २९,६९६

स्थानीय तहको निर्वाचनअन्तर्गत काठमाडौँका स्थानीय तहको मत परिणाम  

दक्षिणकाली नगरपालिका
नेपाली काङ्ग्रेस : ४६९८
एमाले : ४२६८
माओवादी : २४८१
राप्रपा : ३४५

नागार्जुन नगरपालिका 
नेपाली काङ्ग्रेस : ६९६१
एमाले : ६७२६
माओवादी : १६१९
राप्रपा : २४९४
 

शङ्खरापुर नगरपालिका 
एमाले : ४८६९
काङ्ग्रेस : २९४७
राप्रपा : २४६१
माओवादी : २४३६

कागेश्वरी मनहरा : 
एमाले : ८९६९
काग्रेस : ८४८७
माओवादी : २५६७
राप्रपा : ७३९

चन्द्रागिरी नगरपालिका 
काङ्ग्रेस : १३३०९
एमाले : १०४२१
माओवादी : ३६८७
राप्रपा : ६४२ 

काठमाडौँ महानगरपालिका 
एमाले : ६४९१३
काङ्ग्रेस : ४५२६९
माओवादी : ७९०६
राप्रपा : ३४८५४

टोखा नगरपालिका : 
एमाले : ८८९४
काङ्ग्रेस : ७५१४
माओवादी : २३९२
राप्रपा : ५६८

तारकेश्वर नगरपालिका  
एमाले : ९३२६
काङ्ग्रेस : ७७५७
माओवादी : ३२२१
राप्रपा : 

कीर्तिपुर नगरपालिका 
एमाले : ७३६०
काङ्ग्रेस : ६६१६
माओवादी : ४००९
राप्रपा : २७१

बूढानीलकण्ठ नगरपालिका 
एमाले : १३२४६
काङ्ग्रेस : ८९२७
माओवादी : ३७९०
राप्रपा : १४४५

गोकर्णेश्वर नगरपालिका :
काङ्ग्रेस : ९००९
एमाले : ७५९५
माओवादी : २०२६
राप्रपा : ७८५

कूल : 
नेपाली काङ्ग्रेस : १,२१,४९७
नेकपा एमाले : १, ४६, ५८७
माओवादी केन्द्र : ३६,१३४

स्थानीय तहको निर्वाचनअन्तर्गत भक्तपुरका स्थानीय तहको मत परिणाम  
भक्तपुर 
सूर्यविनायक नगरपालिका : 
एमाले : १२१३५
काङ्ग्रेस : १०१६५
नेमकिपा : २२८०
माओवादी केन्द्र : १३८४
राप्रपा : २१६९

मध्यपुर थिमी नगरपालिका 
एमाले : १४०००
काङ्ग्रेस : १०,८४६
नेमकिपा : ४,३४२
माओवादी केन्द्र : १, २३२
राप्रपा : ४२८

चाँगुनारायण नगरपालिका : 
एमाले : ८५१२
काङ्ग्रेस : ६८६९
राप्रपा : ५१९८
नेमकिपा : ४४४२
माओवादी केन्द्र : ७०६

भक्तपुर नगरपालिका 
नेपाल मजदुर किसान पार्टी : २५७३०
काङ्ग्रेस : ६५६०
एमाले : ४२१८
माओवादी केन्द्र : २३१३
राप्रपा ९१५

कूल : 
एमाले : ३८,८६५
काङ्ग्रेस : ३४,४४०
माओवादी : ५,६३५
नेमकिपा : ३६,७९४


स्थानीय तहको निर्वाचनअन्तर्गत ललितपुरका स्थानीय तहको मत परिणाम  
 

कोन्ज्योसोम गाउँपालिका 
माओवादी केन्द्र : १७९८
काङ्ग्रेस : १७३२
एमाले : १४७८
राप्रपा : १३०

महालक्ष्मी नगरपालिका 
एमाले : ७७६४
काङ्ग्रेस : ६८०५
माओवादी केन्द्र : ४३००
राप्रपा : १५५७

बागमती गाउँपालिका 
काङ्ग्रेस : ३३८८
एमाले : २२५२
माओवादी केन्द्र : १६४२
 

गोदावरी नगरपालिका : 
नेपाली काङ्ग्रेस : १३८२०
एमाले : ११०८७
माओवादी : ५६७०
राप्रपा : ३१२७

ललितपुर महानगरपालिका 
काङ्ग्रेस : २४६४२
एमाले : २४३१६
माओवादी : १०६६१

राप्रपा  
महाङ्काल गाउँपालिका 
एमाले : २०८०
काङ्ग्रेस : १७२२
माओवादी : ९२८
राप्रपा : ६५

कूल : 
नेपाली काङ्ग्रेस : ५२,१०९
एमाले : ४८,९७७
माओवादी : २४,९९९

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप