सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

५ मिनेटको चार्ज, २ घण्टा टक टाइम : यस्ता छन् ओपो एफ नाइनका विशेषताहरु

बिहीबार, १४ भदौ २०७५, ०९ : ४९
बिहीबार, १४ भदौ २०७५

काठमाडौँ ।  ओपोले आफ्नो लोकप्रीय एफ सिरिज अन्तर्गत नयाँ ओपो एफनाइन सार्वजनिक गरेको छ । 

मात्र ५ मिनेट चार्ज गर्दा २ घण्टाको टक टाइम दिने, भोक फ्ल्याश चार्जिङसहित उपलब्ध यो फोन बुधबार काठमाडौँमा आयोजित एक भव्य कार्यक्रमबीच सार्वजनिक गरिएको हो ।

उद्योगकै पहिलो ग्राडियण्ट कलर डिजाइन रहेको यो फोन सनराइज रेड, ट्वाइलाइट ब्ल्यू र स्टारी पर्पल गरी तीनभिन्न ग्राडियण्ट कलर कम्बिनेसनमा उपलब्ध गरिने कम्पनीले जनाएको छ । यी मध्य सनराइज रेड र ट्वाइलाइट ब्ल्यू देशभरका अफलाइन स्टोर मार्फत भदौ १४ गतेदेखि विक्रिआरम्भर गरिने छ भने स्टारी पर्पलकालागिभने उपभोक्ताले केही समय थप कुर्नु पर्ने कम्पनीले जानकारी दिएको छ । 

यसमा ६.३ ईञ्च ‘वाटरड्रप स्क्रिन’ डिजाइन, ९०.८% स्क्रिन टू बडी रेसियो, पृथक ग्राडियण्ट कलर र ३५०० एमएएच ब्याट्री रहेको छ ।

सार्वजनिक समारोहमा ओपोका ब्राण्ड एम्ब्यासेडर दिपिका पाडुकोण र सिद्धार्थ मल्होत्रा अभिनित नयाँ टीभीसी पनि सार्वजनिक गरिएको थियो । ‘५ मिनेट चार्ज, २ आवर टक’ शीर्षक दिइएको टीभीसीमा ओपो एफनाइनको भोक फ्ल्याशचार्जिङ क्षमतालाई विशेष प्राथमिकताका साथ प्रस्तुत गरिएको छ । 

भोक मार्फत तीब्र गतिको चार्ज

ब्याट्रीको आयू नेपाली प्रयोगकर्ताहरुका लागि एक प्रमुख समस्याका रुपमा रहेको छ । यही समस्यालाई दृष्टिगत गर्र्दै ओपो एफनाइनमा भोक फ्ल्यास चार्जको ब्यवास्था गरिएको छ ।

ओपोद्वारा विकसित, लो भोल्टेज चार्जिङ प्रविधिउपयोग गर्ने यस प्रविधिले साधारण ५भी÷१ए साधारण चार्जिङका तुलनामाचार गुणा तिब्र चार्जिङ गतिक्षमताप्रदान गर्छ । साथै हतार भएको अवस्थामामात्र ५ मिनेट चार्ज गरी २ घण्टाको समयका लागिपर्याप्त टक टाइम प्राप्तगर्न सकिन्छ ।

चार गुणा तिब्र गतिको चार्जिङ क्षमताका साथै भोकमा एडेप्टरदेखि पोर्ट हँुदै फोनसम्म पुग्नु अगाडी ५ तहको सुरक्षा प्रणाली पनि जडान गरिएको छ । भोक प्रयोग गर्दा चार्जिङ गरिरहेकै अवस्थामा फोनको प्रयोग गर्दा पनि कुनै असर पर्दैन । यो सुविधा हाई भोल्टेज फास्ट चार्जले दिन सक्दैन ।

ब्याट्रीका सवालमा एफ नाइनमा ३५०० एमएएच ब्याट्री र अप्टिमाइज्ड एआई ब्याट्री म्यानेजमेण्टको ब्यवस्था गरिएको छ ।

‘मात्र ५ मिनेटको चार्जमा २ घण्टाको टक टाइम उपलब्ध गराउने क्षमता सहितको भोक फ्ल्यास चार्जमार्फत ब्याट्री सम्बन्धि उपभोक्ताको चिन्ता निवारणमा हामी सफल हुनेमा हामी आशावादी छौँ,’ ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने, ‘साथै, आकर्षक डिजाइनमा उपलब्ध गरिएको फोन मार्फत विगतमाझैँ उपभोक्ताको निरन्तर माया र सहयोग प्राप्त हुनेम हामी विश्वस्त छौँ ।’

ग्राडियण्टकलर्स सहित वाटरड्रप स्क्रिन

युवामाझ अत्यधिक लोकप्रिय स्मार्टफोन ब्राण्ड ओपोले तिनको फेसन र स्टाइलप्रतिको रुचिलाई विशेष प्राथमिकतामा राख्दै आकर्षक उत्पादन दिने प्रयास गरेको छ । 

फोनमाप्रयोग गरिएको ग्राडियण्ट स्प्रेयिङ प्रविधि र फ्रेम ग्राडियण्ट प्रविधिमार्फत कम्पनीले ग्राडियण्ट डिजाइन सहितको ब्याकका साथै यूनिफाइड भ्यूइङ अनुभव प्रदान गर्छ । 

एफनाइनमा १०८० बाई २३४० रेजोल्यूशन सहितको आकर्षक ६.३ ईञ्च बेजल–लेस स्क्रिन जडान गरिएको छ । १९.५ः९ एस्पेकट रेसियो र ९०.८% सुपर हाई स्क्रिन टू बडी रेसियोपनिउपलब्धगरिएको छ । 

 फोटोग्राफी : सेल्फी एक्स्पर्टबाट पोर्टेट आर्टिष्ट

ओपोको सटिक फोटोग्राफी, एफनाइनमा अझ परिस्कृत गरिएको छ । नयाँ फोनको माध्यमबाट आफ्नो विशेषतालाई सेल्फी एकस्पर्टबाट थप विस्तारित गर्दै अब पोटे«ट फोटोग्राफीमा पनि थप सुविधा गरेको छ । 


यसका लागि ओपोले एफसिरिजमा पहिलो पटक डुअल रियर क्यामेरा (१६एमपी+२एमपी) को प्रयोग गरेको छ । मोबाइलबाट खिचिएका तस्विरमा धमिलो र अप्राकृतिक लाग्ने बोके ईफेक्ट, कम वा अत्यधिक प्रकाश हुनु प्रयोगकर्ताका लागि टाउको दुखाइको विषय हुने गरेको छ । यसको समाधानका लागि ओपोले एफनाइनको प्रमुख क्यामेराका रुपमाएफ/१.८ एपर्चर लेन्स सहित १६ एमपीको क्यामेरा उपलब्ध गराएको छ । साथै, यसमा रहेको सेकेण्डरी क्यामेराले उत्कृष्ट बोके ईफेक्टका लागि डेफ्ट अफ फिल्डको गणना समेत गर्ने क्षमता राख्छ ।

पोेटे«ट मोडले डेफ्ट सूचनाकै आधारमा प्रकाश थप्ने, एआई ब्यूटीफिकेशन लागु गरी उत्कृष्ट पोट्रेट लाइटनिङ स्टाइल प्रदान गर्ने कम्पनीले जनाएको छ ।

यसमा रहेका फिल्म लाइट, प्राकृतिक लाइट र रिम लाइटको प्रयोग गरी अदृतियफोटोग्राफीअनुभवलिन सक्छन् । साथै यसमा रहेको एआई सिन रिकग्निसनले १६ ईन्डिपेन्डेन्ट र ८ सय संयुक्तसिनको पहिचानगर्ने क्षमता राख्छ ।

ओपो एफनाइनमा रहेको २५ मेगापिक्सेल क्षमताको क्यामेराले हरेक विषयको २९६ फिचर पोइन्टहरु सटिक रुपमा संकलन गरी मुहार चित्रको बृहत्त डाटाबेससंग तुलना गरी विषयगत रुपमा परिमार्जन सुविधाउपलब्ध गराउँछ । ओपोले उपलब्ध गराएको एआई ब्यूटी २.१ ले प्रयोगकर्तालाई ८० लाख भिन्न ब्यक्तिगत ब्यूटीफिकेशन ईफेक्ट उपलब्ध गराउँछ । यसले गर्दा प्रयोगकर्ताका तस्विरहरुमाप्राकृतिकलुक्स कायम राख्दै उत्कृष्ट र गुणस्तरिय देखाउन सकिन्छ । यसका साथै, एफनाइनमाएआर स्टिकर्स, सुपर भिभिड मोड र स्लो मोसन भिडियो जस्ता रमाइला क्यामेरा फिचरहरु पनि उपलब्ध छन् । 

कलरओएस ५.२ एआई प्रणाली

यस फोनमा एण्ड्रोइड ८.१मा आधारित कलरओएस ५.२ सञ्चालन प्रणाली उपलब्ध गराएको छ । एफनाइनमा गुगल लेन्स पनि उपलब्ध छ । यसले बस्तुको सटिक पहिचान गरी आवश्यकनतिजातथा सूचना प्रस्तुत गर्न सहज हुन्छ ।

हार्डवेयरको सवालमा एफनाइनमा ४जीबी÷६जीबी+ ६४ जीबी सञ्चय क्षमता रहेको छ । साथै, प्रयोगकर्तालाई अतिरिक्त सञ्चयक्षमताको आवश्यकता परेमायसलाई २ सय ५६ जीबी सम्म बढाउन पनि सकिने सुविधा पनि फोनमा उपलब्ध रहेको छ । ओपो एफनाइनमा एकै पटक २ ओटा सिमकार्ड र एउटा मेमोरी कार्ड प्रयोग गर्न सकियोस् भन्ने सोचका साथतीनओटा कार्ड स्लट सहितको डिजाइन अवधारणा अपनाइएको छ । 

४ जीबी र्याम रहेको फोनको मूल्य ४१ हजार ५९० तथा ६ जीबी र्याम रहेको फोनको मूल्य ४५५९० तय गरिएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप