मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

राशिअनुसार आजको आफ्नो भाग्य हेर्नुहोस्

शुक्रबार, १५ भदौ २०७५, ०५ : ३२
शुक्रबार, १५ भदौ २०७५

आजको राशिफल

वि.सं.२०७५ साल भाद्र १५ गते । शुक्रबार । ईश्वी सन् २०१८ अगष्ट ३१ तारिख । नेपाल सम्बत् ११३८ । बिरोधकृत् संवत्सर । उत्तरायणं । वर्षा ऋतु । श्रीशाके १९४० । भाद्र कृष्ण पक्ष । तिथि पंचमी,३४ घडी ०३ पला,बेलुकी ०७ बजेर १९ मिनेट उप्रान्त षष्ठि । नक्षत्र अश्विनी,३३ घडी ५२ पला,बेलुकी ०७  बजेर १५ मिनेट उप्रान्त भरणी । योग वृद्धि ३३ घडि ४१ पला,बेलुकी ०७ बजेर ११ मिनेट उप्रान्त धु्रब । करण कौलव,बिहान ०७ बजेर ३४ मिनेट उप्रान्त तैतिल,बेलुकी ०७ बजेर १९ मिनेट उप्रान्त गर । 

 

आनन्दादीमा वज्र योग । चन्द्रराशि मेष । बिरुडा पञ्चमी। डाँछीस्थित कोलमती घाटमा स्नान। ललितपुरमा नृसिंह यात्रा।

काठमाडौंमा सूर्योदय ५ बजेर ४२ मिनेट,सूर्यास्त बेलुकी ६ बजेर २४ मिनेट । दिनमान ३१  घडी ४५ पला ।

 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आफुसँग भएका स्रोत साधनहरुलाई सहि रुपमा परिचालन गरि आम्दानि बढाउँन सकिनेछ । पुराना लगानिबाट भनेजस्तो प्रतिफल प्राप्त हुँनेछ । पढाई लेखाईमा मन जाने हुँनाले राम्रो अंक ल्याई सफलता हात पार्न सकिनेछ । कुनै पनि बिषयमा समयमा निर्णय लिन सक्दा मानसम्मानमा बृद्धि भएर जानेछ । प्रेममा आत्मियताको भाव झल्कनेछ भने साथिभाईहरु सँगै रहेर मिठो खाना खाने तथा रमाईले गर्ने अवसर जुर्नेछ ।

 

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) अनाबस्यक ठाउँमा श्रम तथा शक्ति खर्च हुँन सक्छ ध्यान दिनुहोला । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ख्याल गर्नुहोला । भुलेर गलत काम नगर्नुहोला तुरुन्त दण्ड तथा सजाय हुँन सक्छ । लामो दुरिको बिदेश यात्राको प्रशस्त सम्भावना रहेकोछ भने बिदेशि सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । माया प्रेममा धोका तथा मनमुटाव हुँनेछ ।

 

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) तपाईले सुरु गर्नु भएको व्यापार व्यावसायमा सबैको सहयोग पाईने हुँदा मनग्गे आम्दानि गर्न सकिनेछ । बिशेष गरि खनिज पदार्थ तथा पानि सँग सम्बन्धित व्यपारबाट मनग्गे लाभ लिन सकिनेछ । दाजुभाईको सहयोगले उपलब्धिमुलक कामहरु हुँनेछन् । माया प्रेममा नजिक हुने तथा जीवन साथिको सहयोग पाईने हुँनाले मन प्रशन्न हुनेछ । राज्यबाट धन प्राप्ती हुने प्रसस्त सम्भावना रहेकोछ । 

 

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यावसायमा लगानि गर्नुभन्दा पहिला बजारको राम्रो सँग अध्ययन गर्नुहोला व्यापारको लागि समय मध्ययम रहेकोछ । ध्यान अन्यत्रै मोडिदा पढाई लेखाईमा अरु भन्दा पछि परिनेछ । सरकारि तथा प्रशासनिक काममा सेवा प्रबाह गर्नेहरुले समयमा काम नगर्दिनाले महत्वपुर्ण कामहरु गुम्न सक्छन् ध्यान दिनुहोला । साथिभाई तथा परिवारकै मानिसबाट असहयोग हुँनेछ भने काम गर्दा ध्यान दिनुहोला खुट्टा तान्नेहरु सक्रिय रहनेछन् । 

 

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) अध्ययनको शिलशिलामा लामो दुरिको यात्रा गर्न सकिनेछ । धर्म कर्ममा मन जाने हुँनाले दिनभर जसो मन शान्त रहनेछ । सरकारि तथा प्रशासनि क्षेत्रमा सेवा प्रभाह गर्नेहरुलाई रिजाएरु महत्वपुर्ण काम दिन सकिनेछ । पढाई लेखाईमा सुधार भएर जानेछ भने नतिजाको आफैतिर ल्याउँन सकिनेछ । माया प्रेममा नजिक हुँने समय रहेकोछ भने एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकिनेछ । व्यापारमा थोरै लगानि र थोरै समय दिएपनि मनग्गे नाँफा कमाउँन सकिनेछ ।

 

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) बाटो हिड्दा वा सवारि चलाउँदा ख्याल गर्नुहोला समय मध्ययम रहेकोछ । पानिसँग सम्बन्धित व्यावसाय खस्केर जाने योग रहेकोछ । स्वास्थ्यमा समस्या देखापर्ने तथा औषधि उपचार खर्च बढ्ने योग रहेकोछ । मन कमजोर हुँने हुँदा पढाई लेखाईमा मन जाने छैन भने अरुभन्दा पछि परिनेछ । परिस्थितिले ऋण लगाउँने तथा बिभिन्न समस्याहरुको सामना गर्नुपर्नेछ । घर परिवारमा आफन्तबिच मनमुटाव बढ्ने तथा माया प्रेममा गलत बुझाईले समस्या निम्त्याउँन सक्छ सचेर रहनुहोला ।

 

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) अध्ययन अध्यापनमा अरुलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । माया प्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय ब्यातित गर्दा खुसि भएको महशुस गर्नेछन् । रमाईलो यात्राको तय हुँने तथा व्यापारबाट मनग्गे नाँफा कमाउँन सकिनेछ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै अगि बढ्न सकिनेछ । भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको गतिलो सम्भावना रहकोछ ।

 

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) बिभिन्न समस्याहरुको सामना गर्नुपर्नेछ भने बादबिवादमा तपाईको प्रश्तुति कमजोर रहनाले सत्रुहरु हावि हुँनेछन् । अदालति निर्णयहरु तपाईको पक्षमा नआउँने हुँनाले मानशिक तनाब बढ्नेछ । व्यापार व्यावसायमा लगानि गरेपनि भनेजस्तो आम्दानि हुँनेछैन । ऋण,रोग तथा संकटको सामना गर्नु पर्नेछ भने आफन्तहरुले नै तपाईसँग सत्रुतापुर्ण व्याबहार गर्नेछन् । अध्ययनमा मन नजादा अरुभन्दा पछि परिनेछ ।

 

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) बिद्या भावमा गोचर गर्ने चन्द्रमाले अध्ययन अध्यापनमा भनेजस्तो नतिजा ल्याई आफन्त तथा गुरुजनहरुको मन खुसि पार्न सकिनेछ भने अध्ययनकै शिलशिलामा लामो दुरिको यात्रा हुनेछ । व्यापारमा एक्कासी आम्दानि बढ्ने हुनाले थप लगानि गर्ने बाताबरण बनाउँन सकिनेछ । माया प्रेममा नजिक हुने तथा लामो समय देखि ब्रेक भएका प्रेम सम्बन्धहरु पुनह सुचारु हुनेछ । भौतिक सम्पती तथा उपाहार प्राप्तीको गतिलो योग रहेकोछ । 

 

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)  पढाई लेखाईमा मन नजादा पुरस्कार तथा प्रशंसा पत्र अरुकै हातमा जानेछ । घर परिवार तथा आमा सँग टाडिएर परदेशको यात्रा गर्नु पर्दा मन खिन्न हुँनेछ । माया प्रेममा नचाहादा नचाहादै छुट्टिनुपर्दा मनमा नरमाईलो महशुष हुँनेछ । राजनिति तथा समाजसेवामा जनतसँग सन्तुलिन व्यावहार गर्नुहोला काम बिग्रने हुँदा मान सम्मानमा कमि हुँनेछ । कृषि तथा सहकारि व्यावसायबाट मनग्गे लाभ लिन सकिने समय रहेकोछ । 

 

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) बादबिवाद तथा प्रतिस्पर्धामा तपाईकै जित हुँनेछ भने मुद्दा मामिला तथा न्यालयबाट हुँने न्याय सम्पादन तपाईकै पक्षमा हुँनेछन् । दाजुभाई तथा छिमेकिसँगको सम्बन्ध सुदृड भएर जानेछ । बिद्या बिद्यार्थीहरुले सफलता प्राप्त गर्न सक्नेछन् । छोटो तथा रमाईलो यात्राको तय हुँनेछ । माया प्रेम तथा पति पत्नि बिच बिश्वासको बाताबरणमा थप प्रगाडता आउनेछ । जिवन शैलिमा सुधार हुनुको साथै समयको महत्व बुझ्दा अगाडि बढ्न सहज हुँनेछ ।

 

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) सामाजिक काम गरि नाम तथा दाम कमाउँन सकिनेछ भने समाजमा सम्मानित हुँने योग रहेकोछ । पढन पाढनमा मन जाने हुँनाले स्कुल तथा कलेजमा तपाईको नाम अग्र स्थानमा आउँनेछ ।  शुभ समाचारले मनमा थप उत्साह जगाउँनेछ भने नयाँ काम थालनि गर्दा भबिश्यमा मनग्गे धन लाभ लिन सकिनेछ । प्रेममा रमाउँन चाहनेहरुले भरपुर रमाईलो गर्न सक्नेछन् । पारिवारिक माहोलमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ ।

 

तपाईको दिन शुभ रहोस् । 

यूवा ज्योतिषि डिपि भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र

काठमाडौं फोन न.९८०८३०७२७५

नोट : चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप