सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

पहिरोका कारण पूर्वी रुकुममा यातायात अवरुद्ध

शुक्रबार, १५ भदौ २०७५, ११ : २८
शुक्रबार, १५ भदौ २०७५

बुटवल–  दुई सातादेखि परेको अविरल बर्षासँगै ठाउँ ठाउँमा गएको पहिरोका कारण यातायात अवरुद्ध बन्दा पूर्वी रुकुमका वासिन्दालाई आवत जावतमा समस्या परेको छ ।  

मध्यपहाडी लोकमार्गमा पर्ने रुकुम पूर्वको विभिन्न स्थानमा पहिरो जाँदा यातायात सेवा अवरुद्ध भएको हो ।

मध्यपहाडी लोकमार्गमा पर्ने सिस्ने गाउँपालिकाको पाखागाउँ र खोपिचारमा पहिरो गएको छ । त्यस्तै अन्य स्थानमा सडक खाल्डाखुल्डी र हिलाम्मे हुँदा यातायात सेवा अबरुद्ध भएको स्थानीय चन्द्रबहादुर थापाले बताए  ।

उनका अनुसार पहिरो तथा सडक खाल्डाखुल्डी हुँदा रुकुम पूर्वको सदरमुकाम रुकुमकोटबाट रुकुम पश्चिमको सदरमुकाम मुसिकोट पुग्न तीनवटा गाडी फेर्नुपर्ने अवस्था छ । मध्यपहाडी लोकमार्गका धेरै ठाउँहरुमा पहिरो गएर यातायात सेवा अबरुद्ध हुँदा समेत स्थानीय सरकारले कुनै पनि ध्यान नदिएको भन्दै रुकुमपूर्वका बासिन्दाले गुनासो गरेका छन् ।

सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालले भने सिस्ने गाउँपालिकाको जेसिबी र टिपरले हिलाम्मे सडक सुधार्ने काम गरिरहेको बताईन् ।

पहिरो पन्छाउन लोकमार्ग निर्माण गर्ने जिम्मा पाएको कालिका कन्ट्रक्सनलाई तत्काल पहिरो पन्छाएर नियमितरूपमा यातायातका साधनहरु चल्ने वातावरण बताउन आग्रह गरेपनि उसले चासो नदिएको उनको भनाई छ ।

कालिका कन्ट्रक्सनले भने अविरल बर्षा संगैको पहिरो आउने क्रम नरोकिएकाले पहिरो हटाउन नसकिएको बताएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप