सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बाँकेमा ६ वर्षीया बालिका बलात्कृत

शुक्रबार, १५ भदौ २०७५, १४ : १४
शुक्रबार, १५ भदौ २०७५

बुटवल–१५ ।   प्रदेश ५ को रुपन्देहीमा ६ वर्षीया बालिकामाथि बलात्कार भएको एक हप्ता नबित्दै यसै प्रदेशको बाँके जिल्लामा अर्की ६ वर्षीया बालिाका बलात्कृत भएको समाचार प्राप्त भएको छ । 
कोहलपुरर ईलाका प्रहरी कार्यालय प्रमुख डिएसपी रमेशबहादुर सिंहका अनुसार मंलवार दिउँसो कोहलपुर नगरपालिका–१ की ६ वर्षीया वालिका बलात्कृत भएकी हुन् । 

भारत उत्तर प्रदेश रायबरेली घर भई हाल कोहलपुर नगरपालिका ४ मदनचोक बस्दै आएका १९ वर्षीय हारुन खानले ती बालिकालाई बलात्कार गरेको डिएसपी सिंहले बताए । 

कोहलपुर– ३ मा घुम्तीमा किराना पसल गर्दै बालिकाकी आमासँग रहेकी बालिकालाई घरमा पुर्याइदिने बहानामा खानले साइकलमा राखेर आफ्नो घरमा लगेर बलात्कार गरेको उनको भनाई छ ।

बलात्कारमा परेकी बालिकाको योनीबाट रगत बगेकोले उपचारका लागि कोहलपुरस्थित मेडिकल कलेजमा भर्ना गरिएको छ ।

बलात्कारका आरोपी खानलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको डिएसपी  सिंहले जनाएका छन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप