सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

प्रि वुकिङमै छायो सामसुङ नोट–९

शुक्रबार, १५ भदौ २०७५, १६ : १३
शुक्रबार, १५ भदौ २०७५

काठमाडौं । सामसुङले नोट–९ को प्रि वुकिङमा ग्राहकहरुबाट अभूतपूर्व प्रतिक्रिया प्राप्त गरेको छ । प्रि–वुकिङ अगष्ट १७ देखि ३० सम्म चलेको छ । नेपाली मोवाइल वजारमा प्रि–वुकिङमा देखिने औसत दरभन्दा नोट–९ को प्रि– वुकिङ झण्डै तीन गुणाले वढेको सामसुङले जनाएको छ । 

गत अगष्ट २२ मा नयाँ दिल्लीबाट दक्षिण एसियाली मुलुकहरुलाई लक्षित गरेर यो मोवाइलको शुरुवात गरिएको थियो ।  नेपालमा चाहि सामसुङले टुटफुटको विमासम्वन्धी र एनसेलको एकवर्षे १८ हजार एमवी डाटा सहितको प्रि–वुकिङ खुला गरेको थियो ।

त्यसैगरी एउटा छालाको वालेट, एडिएमआई एडप्टर अथवा थप १० हजार, एउटा एचडिएमआई एडप्टर र सामसुङ कर्भ मोनिटरको अफर समेत सार्वजनिक गरेको थियो । यस वाहेक, सामसुङको प्रि–वुकिङमा सहभागी हुनेहरु सामसुङको लक्डी ड्रमा समेत सहभागी हुन पाउने व्यवस्था गरिएको थियो ।

आइएमएस विजका प्रमुख रत्न स्थापितले भने, ‘हामी सामसुङमा रहेकाहरुले प्रि– वुकिङमा प्राप्त गरेको प्रतिक्रियाले एकदमै खुसी छौ । हामीले अपेक्षा गरेको भन्दा अध्याधिक धेरै प्रतिक्रया र अद्धितिय रेस्पोन्सप्रति हामी प्रि–वुकिङ गर्नुहुने सबैलाई धन्यवाद दिन चाहान्छौ । ’ 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप