सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

भारतीय पर्यटक बोकेर काठमाडौं आएको यति एयरलाइन्सको जहाज रनवेबाट चिप्लियो

शनिबार, १६ भदौ २०७५, २१ : २१
शनिबार, १६ भदौ २०७५

काठमाडौं । यति एयरलाइन्सको जहाज दुर्घटना भएको छ । नेपालगञ्जबाट काठमाडौं आएको जहाज दुर्घटनामा परेको हो ।

‘नेपालगञ्जबाट चालक दलसहित २१ जना भारतीय पर्यटक लिएर आएको जहाज दुर्घटनामा परेको छ,’ यति एयरलाइन्सका बजार प्रमुख भीम राईले भने, ‘अत्याधिक वर्षाको कारण जहाज चिप्लिएर दुर्घटनामा परेको हुनसक्छ ।’

उनका अनुसार अवतरणको क्रममा जहाज रनवेबाट चिप्लिएर घाँसे मैदानमा पुगेको छ । जहाजमा सवार यात्रु सबै सकुशल रहेका उनले रातोपाटीलाई जानकारी दिए । 

विमान दुर्घटना लगत्तै अहिले विमानस्थल बन्द भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप